काठमाडौंमा देखिएन उत्साह : कीर्तिपुरमा ०७९ भन्दा १२ प्रतिशत कम मत खस्यो « Khabarhub

काठमाडौंमा देखिएन उत्साह : कीर्तिपुरमा ०७९ भन्दा १२ प्रतिशत कम मत खस्यो


१६ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


807
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको कीर्तिपुर नगरपालिकामा ६७ प्रतिशत मतदान भएको छ । ०७९ को निर्वाचनमा यस नगरपालिकामा ७९.२४ प्रतिशत मतदान भएको थियो ।

यस पटकको उपनिर्वाचनमा यहाँ जम्मा ३१ हजार १ सय २२ मतदाता थिए । तर करिब २० हजार हाराहारीमा मात्र मत खसेको आयोगको प्रारम्भिक अनुमान छ ।

०७९ को निर्वाचनमा ३० हजार ३ सय २२ मतदाता थिए । त्यसमा २४ हजार ३२ ले मतदान गरेका थिए । ०७९ को भन्दा यहाँ १२ प्रतिशतले कम मतदान भएको हो ।

आयोगले अनुसार ६७ प्रतिशत मत खसेको अनुमान गरिएको जनाएको छ । आयोगका एक कर्मचारीले भने, ‘यो प्रारम्भिक विवरण हो । अहिले मतपेटिका सिल हुँदै छ पूर्ण विवरण आउन बाँकी छ ।’

कीर्तिपुरमा ११ जना स्वतन्त्र उम्मेदवार र ८ जना दलका उम्मेदवारले प्रतिस्पर्धा गरेका थिए । निर्वाचन आयोगका अनुसार स्थानीय तह निर्वाचन २०७९ मा कीर्तिपुरको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार राजकुमार नकर्मी ९ हजार ४३ मतसहित विजयी भएका थिए ।

उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टी एमाले उम्मेदवार केशरत्‍न बज्राचार्यलाई ३,५३६ मतान्तरले पराजित गरेका थिए ।

यस्तै काठमाडौं १६ नम्बर वडामा पनि करिब ५० प्रतिशत मात्रै मत खसेको निर्वाचन आयोगको प्रारम्भिक नतिजा छ । यहाँ ०७९ को निर्वाचनमा वडा अध्यक्ष पदको मत १० हजार ६० थियो । यो पटक कम मत खसेको हो ।

प्रकाशित मिति : १६ मंसिर २०८१, आइतबार  ६ : २५ बजे

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, १५औँ महाधिवेशनबारे छलफल हुने

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । बैठक

तनहुँमा मकै उत्पादन बढ्यो

तनहुँ– तनहुँको व्यास नगरपालिका–१० दुम्सीस्थित दरै सामुदायिक घरबास (होमस्टे) पुग्नेबित्तिकै

नारायणघाट–बुटवल खण्डको नारायणी पुल क्षेत्रमा राति गाडी सञ्चालनमा रोक

नवलपरासी– पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट बुटवल खण्डको नवलपुर र चितवन जोड्ने

लहानमा ‘स्मार्ट शौचालय’ निर्माण सुरु

सिरहा– सिरहाको लहान नगरपालिकाले मुख्य बजार क्षेत्र हुलाकचोकमा आधुनिक सार्वजनिक

मधेशमा एमालेको छवि सुधार गर्न नयाँ जिम्मेवारीका साथ जानुपर्छ : सचिव भट्टराई

काठमाडौं – नेकपा (एमाले)का सचिव योगेश भट्टराईले मधेशमा पार्टीको छविललााई