कालिकोटको तिलागुफामा माओवादीले जितेको वडा नेमकिपाले खोस्यो « Khabarhub

कालिकोटको तिलागुफामा माओवादीले जितेको वडा नेमकिपाले खोस्यो


१६ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कालिकोटको तिलागुफा नगरपालिका- ४ को वडाध्यक्षमा नेपाल मजदुर किसान पार्टीका खड्कराज शाही विजयी भएका छन् ।

उनी २०७४ को निर्वाचनमा पनि वडाध्यक्षमा विजयी भएका थिए । शाही नेमकिपा कालिकोट जिल्ला कमिटी अध्यक्ष पनि हुन् ।

नगर उपप्रमुख महेन्द्र बहादुर शाही अनुसार शाहीले १४३ मत ल्याएर जित पक्का गर्दा माओवादी उम्मेदवार नैशोभा शाहीले ११५ मत ल्याउँदै पराजित भएकी छन् ।

२०७९ मा एमाले र कांग्रेससँग गठबन्धन गरेर उठेका माओवादीका परबहादुर शाही विजयी भएका थिए । उनी मलामी गएका बेला २०७९ असोज २३ गतेको पहिरोले पुरेर बेपत्ता भएका थिए ।

यहाँ एमालेका ऐनबहादुर शाहीले ७८ मत ल्याएका छन्  । नेपाली कांग्रेसका पैलनबहादुर शाही ४९ मत मात्र ल्याउँदै चौथो भएका छन् ।

यहाँ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार गगन बम र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवारले समान १५/१५ मत ल्याएका छन् । यी दुवै उम्मेदवारको जमानत जफ भएको छ । यहाँको उपनिर्वाचनमा ४ मत बदर भएको छ ।

प्रकाशित मिति : १६ मंसिर २०८१, आइतबार  ८ : १९ बजे

फराह खान निर्देशनमा फिर्ता, शाहरुखसँग नयाँ फिल्मको तयारी

काठमाडौं– बलिउडकी चर्चित निर्देशक तथा कोरियोग्राफर फराह खानले लामो समयपछि

रुकुमपूर्व : रुकुमकोट प्रहरी चौकी कब्जा गरेको क्षेत्र घुम्दै प्रचण्डले सुरु गरे घरदैलो अभियान

रुकुम पूर्व – हिजो पूर्वी रुकुमबाट मनोनयन दर्ता गराएका नेपाली

पर्वतको बाँसखर्कमा ‘मुख्यमन्त्री नवप्रर्वतन’ कार्यक्रम

पर्वत– पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कमा ‘मुख्यमन्त्री नवप्रर्वतन’ कार्यक्रम सञ्चालन भएको

रातारात पार्टी फेरेर उम्मेदवार बनेका हुसेन टिकट खोसिएपछि भन्छन्- सक्नेले साथ दिन्छन् नसक्नेले पाठ

काठमाडौं– नेकपा एमालेले नेपाली कांग्रेसबाट एमालेमा प्रवेश गरेका डा. अबुल