इलामको जौबारीमा पोथी रेडपान्डा मृत भेटियो « Khabarhub

इलामको जौबारीमा पोथी रेडपान्डा मृत भेटियो


१७ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


639
Shares
  • change font
  • change font
  • change font

इलाम– इलामको सन्दकपुर गाउँपालिका–५ जौबारीमा लोपोन्मुख वन्यजन्तु पोथी रेडपान्डा मृत अवस्थामा भेटिएको छ । स्थानीय  प्रज्वल भट्टराईका अनुसार गैरीबास रोड नजिक वृक्षारोपण गरिएको क्षेत्रमा तारबार गर्ने क्रममा पोथी रेडपान्डा मृत फेला परेको हो ।

सन्दकपुर गाउँपालिका पशु शाखाका प्रमुख सविन भट्टराईका अनुसार सो रेडपान्डालाई सन्दकपुर गाउँपालिका पशु सेवा शाखा, सन्दकपुर सव डिभिजन देउराली, चोयाटार सामुदायिक बन उपभोक्ता समिति, प्रहरी चौकी तथा स्थानीयको रोहबरमा के कारणले मरेको हो भन्ने परीक्षणका लागि भेटनरी अस्पताल तथा पशु सेवा केन्द्र इलाम पठाइएको छ ।

जौबारी भारत नजिक पर्दछ । खुला सिमानाका कारण रेडपान्डाको तस्करी हुँदै आएको स्थानीय बताउँछन् । को सन्दकपुर गाउँपालिकाको जौबारी, जमुना, चोयाटारलगायत स्थानमा रेडपान्डा पाइन्छन् ।

रेडपान्डा संरक्षणमा केही संस्था क्रियाशील रहे पनि लक्षित उद्देश्य हासिल नभएको उनीहरूको गुनासो छ । केही समय अघि पनि रेडपान्डा मृत फेला परेको थियो ।

प्रकाशित मिति : १७ पुस २०८०, मंगलबार  ७ : २४ बजे

एनपीएल : काठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल

बिहीबार भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६

आज २०८३ साल कात्तिक १२ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते