राष्ट्रियसभा निर्वाचन : प्रधानमन्त्री र देउवाबीचको भेटमा के भयो छलफल ?  « Khabarhub

राष्ट्रियसभा निर्वाचन : प्रधानमन्त्री र देउवाबीचको भेटमा के भयो छलफल ? 


१७ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाबीच राष्ट्रियसभा निर्वाचनबारे छलफल भएको छ । 

 मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरूबीच राष्ट्रियसभा निर्वाचनबारे भागबन्डा गर्न गठबन्धनमा पहिलो चरणको छलफल भएको हो । 

छलफलका लागि कांग्रेसका शीर्ष नेताहरू बालुवाटार पुगेका थिए । छलफलमा कुन पार्टीलाई कुन प्रदेशमा कति सिट दिने भन्ने कुरामा दुई नेताले कुराकानी गरेका थिए  । बिहान भएको भेटमा करिब २ घण्टा लामो कुराकानी भएको थियो । 

स्रोतका अनुसार कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा, प्रमुख सचेतक रमेश लेखक सहभागी थिए । माओवादीका तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहाल मात्र सहभागी थिए । 

राष्ट्रिय सभा सदस्यको चुनाव माघ ११ गते हुँदैछ । जसमा १९ सिटका लागि निर्वाचन हुनेछ । १ सिट भने मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने छन् । 

राष्ट्रिय सभा निर्वाचनमा सात दलीय गठबन्धनबीच तालमेल गर्ने सहमति भए पनि सिटका बारेमा कुनै टुंगो भएकाे छैन । 

प्रकाशित मिति : १७ पुस २०८०, मंगलबार  १२ : ३८ बजे

अब उपभोक्तालाई ग्यास दिएर मात्रै व्यावसायिक क्षेत्रलाई दिइने

काठमाडौं– अब उपभोक्तालाई ग्यास उपलब्ध गराएर मात्रै अन्य व्यावसायिक क्षेत्रलाई

बेपत्ताका आफन्तले सास नभए लास मागिरहेका छन्, प्रधानमन्त्रीले बुझ्नुपर्छ : प्रभु साह

काठमाडौं– आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले भोटेकोशीमा

‘प्रधानमन्त्री राष्ट्रसंघमा जाऊन्, विकसित देशले राहत होइन, कार्बन उत्सर्जनको क्षतिपूर्ति दिनुपर्छ’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले जलवायु

भोटेकोशी बाढीमा ३४ देशका ५९० विदेशी बेपत्ता

काठमाडौं– परराष्ट्र मन्त्रालयले भोटेकोशी बाढीका कारण हाल ३४ देशका करिब

चीनबाट तेस्रो चरणको राहत सामग्री र थप १० फरेन्सिक विज्ञ नेपाल आइपुगे

काठमाडौं– चीन सरकारले उपलब्ध गराएको आपत्कालीन राहत सामग्रीको तेस्रो चरण