वैदेशिक लगानीका लागि सरकारले सहजीकरण गर्ने छ : परराष्ट्रमन्त्री  | Khabarhub Khabarhub

वैदेशिक लगानीका लागि सरकारले सहजीकरण गर्ने छ : परराष्ट्रमन्त्री 


१७ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– परराष्ट्रमन्त्री एनपी साउदले वैदेशिक लगानीलाई सहजिकरणका लागि सरकारले कुनै कसर बाँकी नराख्ने बताएका छन्।

क्यानडा–नेपाल च्याम्बर अफ कमर्शक्यानेडिन हिन्दु च्याम्बर अफ कमर्शको संयुक्त प्रतिनिधि मण्डलसँगको अन्तरक्रियामा उनले यस्तो बताएका हुन्।

प्रतिनिधि मण्डलसँग मंगलबार मन्त्रालयमा भएको अन्तरक्रियाका क्रममा आगामी अप्रिलमा आयोजना हुन गइरहेको तेस्रो अन्तराष्ट्रिय लगानी सम्मेलनबारे चर्चा गर्दै परराष्ट्रमन्त्री साउदले भने, ‘वैदेशिक लगानीलाई सहजीकरण गर्ने सवालमा नेपाल सरकारले कुनै कसर बाँकी राख्दैन।’

अन्तरक्रियाका क्रममा क्यानडा र नेपालबीचको ब्यापार तथा लगानी सम्बन्धका बारेमा छलफल भएको थियो।  

क्यानेडिन हिन्दु च्याम्बर अफ कमर्शका अध्यक्ष नरेशकुमार चाव्दाले नेपालमा विशेष गरी कृषि तथा खाद्य, टक्सटायल र जलविद्युतका क्षेत्रमा क्यानेडियन निजी क्षेत्रले काम गर्न चाहेको बताए। 

क्यानडा–नेपाल च्याम्बर अफ कमर्शका अध्यक्ष विजय पौडेल र क्यानेडिन हिन्दु च्याम्बर अफ कमर्शका अध्यक्ष चाव्दाले प्रतिनिधि मण्डलको नेतृत्व गरेका थिए।

प्रकाशित मिति : १७ पुस २०८०, मंगलबार  ५ : १७ बजे

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले

‘कांग्रेसमा अनुशासनको कारबाही खोटपूर्ण र दोहोरो मापदण्डमा आधारित’ 

काठमाडौं– नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले कांग्रेसको केन्द्रीय अनुशासन समितिले