सुशासनका लागि अख्तियार अपरिहार्य संस्था हो : मुख्यमन्त्री कार्की « Khabarhub

सुशासनका लागि अख्तियार अपरिहार्य संस्था हो : मुख्यमन्त्री कार्की


१७ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

मोरङ – कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग मुलुकका लागि अपरिहार्य संस्था भएको धारणा राखेका छन् ।

आयोगको इटहरी प्रदेश कार्यालयद्वारा आज विराटनगरमा आयोजित भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धनसम्बन्धी प्रदेशस्तरीय अन्तक्र्रियामा उनले आयोग हामी सबैका लागि खबरदारी गर्ने सम्मानित संस्था भएकाले समय सान्दर्भिकरुपमा यसलाई परिस्कृत गर्दै लग्नुपर्नेमा भनाइ व्यक्त गरे।

मुख्यमन्त्री कार्कीले अख्तियार सबैको सहयोगी संस्था भएको सन्देश पालिकास्तरमा पु¥याउनुपर्नेमा जोड दिए । उनले नागरिकले प्रयोग गर्ने विकास निर्माणका काममा आयोगद्वारा दायर गरिने मुद्दाको समयमै अनुसन्धान गरी फछ्र्योट हुनुपर्ने बताए ।

आयोगका आयुक्त डा सुमित्रा श्रेष्ठ अमात्यले जनताको पैसाबाट सञ्चालन हुने विकास निर्माण गुणस्तरीय एवं समयमै प्रतिफल प्राप्त हुने खालका हुनुपर्नेमा जोड दिए । उनले सार्वजनिक खरिद ऐन कानुनको पूर्णपालना गर्नुपर्ने बताउँदै विकास निर्माणसम्बन्धी योजना ठेक्का लगाउँदा पूर्वतयारी गर्न आग्रह गरे।

प्रदेश सरकारका निमित्त प्रमुख सचिव ईश्वरकुमार गिरीले सुशासन प्रवद्धनमा लाग्न कर्मचारीलाई आग्रह गरे । आयोग प्रदेश कार्यालय इटहरीका प्रमुख सुरेश न्यौपाने र सहन्यायाधिवक्ता पूजा खत्रीले भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धन विषयसम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए।

अन्तरक्रियामा सङ्घीय तथा प्रदेश कार्यालयका कर्मचारी, विभिन्न पालिकाका प्रमुख तथा उपप्रमुख र स्थानीय निकायका कर्मचारी, भ्रष्टाचार नियन्त्रणमा क्रियाशील सङ्घसंस्थाका प्रतिनिधिको सहभागिता थियो ।

प्रदेश सरकार विभिन्न मन्त्रालयसम्बन्धी चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्ममा दुई सय ११ उजुरी दर्ता भएकामा ८० वटा फछ्र्योट भएको आयोगले जनाएको छ । यस्तै जिल्लागत रुपमा आयोगमा सोही अवधिमा सप्तरी जिल्लामा तीन सय नौ मुद्दा दर्ता भएको छ ।

प्रकाशित मिति : १७ पुस २०८०, मंगलबार  १० : ३८ बजे

विश्वकपमा जर्मनीको गोल वर्षा, कुरासाओ ७–१ ले पराजित

ह्युस्टन – चार पटकको विश्व च्याम्पियन जर्मनीले फिफा विश्वकप २०२६

टेम्पो भिरमा खसालिएको घटनामा १२ जना वन कर्मचारी प्रहरी नियन्त्रणमा

धनगढी – कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा वन अतिक्रमण हटाउने क्रममा

देशलाई सुधार गर्ने अनुकूल अवस्था आएको छ, यो अवसर चुकाउनु हुँदैन : गगन थापा

ललितपुर – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशलाई सुधार गर्ने

डोरी नबाँधी बन्जी जम्प गराउँदा २१ वर्षीय युवतीको मृत्यु

काठमाडाैं – ब्राजिलको साओ पाउलो राज्यमा बन्जी जम्पिङका क्रममा भएको

अनुमतिबिनै नेपाली आकाशमा उड्यो भारतीय सैनिक हेलिकोप्टर

धनगढी – भारतको इन्डो–टिबेटियन बोर्डर पुलिस (आईटीबीपी)का महानिर्देशक सत्रुजित कपुर