काठमाडौं – जापानको टोकियोमा भएको गृष्मकालीन ओलम्पिकमा ९३ देशले पदक जिते। सो ओलम्पिकमा अमेरिकाले ३९ स्वर्ण पदकसहित पहिलो स्थान बनायो। चीनले ३८ स्वर्णसहित अमेरिकालाई पछ्यायो। जुन प्रतियोगितामा संसारका एक सय जत्ति देशले पदक जित्ने गरेका छन्। तर त्यो प्रतियोगितामा नेपालले सहभागिताको योग्यता समेत पुरा गर्दैन। संसारका सबै देशलाई एउटा खेल महोत्सवमा सहभागी गराउने उद्देश्यका साथ दिइने वाइल्ड कार्डको प्रयोग गर्दै नेपाललाई सहभागी गराइयो। दुई जनाबाहेक अहिलेसम्म नेपालले यही पद्धतिमा सहभागीता जनाइरहेको छ।
विगतका धेरै ओलम्पिकमा नेपाल जुडो संघले त आफ्ना कुनै खेलाडीले पुरा पाँच मिनेटको समय रिङमा बिताए पुरस्कार दिने घोषणा समेत गरेको थियो। यसले नेपालको स्तरलाई प्रमाणित गरेको छ।
कुनै पनि बृहत् प्रतियोगितामा सबै भन्दा महत्त्वपूर्ण दुई खेल एथलेटिक्स र पौडी हुन्। यसमा त नेपालको अवस्था अझ खराब छ।
पछिल्लो दक्षिण एसियाली खेलकुदमा नेपालकी पौडी खेलाडीले चार स्वर्ण पदक जितेकी थिइन्। सो पदकको आँकडालाई मात्र आधार मान्दा उत्कृष्ट ठहरिएला। तर यसको पछि विश्व मानचित्रमा दक्षिण एसियाली पौडी नै एकदमै पछि रहेका कारण सो सफलता पाएको कुरा भने नकार्न मिल्दैन।
जारी २०२३/२४ को सिजनमा उत्कृष्ट दुई सय मिटरको सर्टकोर्षको समयमा बेलायतको फ्रेया एन्डरसनको हो। उनको यस वर्षको उत्कृष्ट समय एक मिनेट ४२ दशमलव १६ सेकेन्ड हो।
जारी २०२३/२४ को सिजनमा उत्कृष्ट दुई सय मिटरको सर्टकोर्षको समयमा बेलायतको फ्रेया एन्डरसनको हो। उनको यस वर्षको उत्कृष्ट समय एक मिनेट ४२ दशमलव १६ सेकेन्ड हो। काठमाडौँमा भएको दक्षिण एसियाली खेलकुदमा गौरीका मल्लको समय दुई मिनेट ५ दशमलव ०६ सेकेन्ड थियो। यसले नेपाली पौडी स्टार माथिल्लो तहमा रहेको तथा दक्षिण एसियामा पौडीमा अत्यन्त कमजोर भएका कारण नेपालले सफलता नपाएको प्रमाणित हुन्छ।
महिला दुई सय मिटर ब्याकस्ट्रोकमा गौरीकाले दुई मिनेट १७ दशमलव ७३ सेकेन्ड समयका साथ स्वर्ण पदक जितेकी थिइन्। संयोगवश अहिले जारी सिजनमा सो स्पर्धाको उत्कृष्ट समय पनि बेलायती पौडीबाज म्याडी ह्यारिसको नाममा छ। उनले दुई मिनेट २ दशमलव ४५ सेकेन्ड समयमा दुरी तय गरेकी थिइन्।
चार सय फ्रिस्टाइलमा पनि उनले स्वर्ण पदक जितेकी थिइन्। उनले चार मिनेट २८ दशमलव २८ सेकेन्ड समयका साथ स्वर्ण पदक जितेकी हुन्। सो स्पर्धामा यस सिजनको उत्कृष्ट समय ३ मिनेट ५९ दशमलव ५० सेकेन्ड समय हो। एक सय मिटर फ्रिस्टाइलमा गौरीकाले ५८ दशमलव १३ सेकेन्ड समयका साथ स्वर्ण जितेकी हुन्। यस सिजनको उत्कृष्ट समय अहिलेसम्म फ्रान्सकी गेरी गौसाटडेलोको नाममा छ। उनले डिसेम्बरमा नै ५१ दशमलव ४८ सेकेन्ड समयमा सो रेस पुरा गरेकी हुन्।
यो आँडकाले के प्रमाणित गरेको छ भने दक्षिण एसियाली पौडी धेरैपछि रहेका कारण बेलायतमा बसोबास गरेर उतै प्रशिक्षण गरी रहेकी गौरीका सिंहलाई लाभ भएको होला। परन्तु उनको स्तर दक्षिण एसिया भन्दा बाहिर प्रतिस्पर्धा गर्नका लागि लायक नै नभएको भने साँचो हो।
टोकियो ओलम्पिकमा संसारका शक्ति र धनी देशलाई छाड्ने हो भने मध्यम तथा निम्न आय भएका देश मध्ये सबै भन्दा माथिल्लो स्थानमा केन्या थियो। केन्याले ४ स्वर्ण, ४ रजत तथा दुई कास्य पदक जितेको थियो। केन्या १९ औं स्थानमा थियो। युद्धले ग्रस्त सिरियाले समेत एक कास्य पदक जितेको थियो। यस अघिको रियो ओलम्पिकमा पनि ८८ देशले पदक जितेका थिए।
चर्चा विश्व च्याम्पियसिपको
हंगेरीको बुढा पेस्टमा भएको विश्व एथलेटिक्स च्याम्पियनसिपमा बिना छनोट नेपाली खेलाडी आयुश खत्रीलाई सहभागी गराइएको थियो। अमेरिकामा रहेका आयुश खत्रीले आफ्नो स्पर्धामा ८० जनामा ६५ औं स्थान पाए। उनी प्रिमीलीनरी चरण पार गरेर हिट चरणमा प्रवेश गर्न समेत सकेनन्।
नेपालकी गौरीका सिंहले सोही विश्व च्याम्पियनसिपमा एक सय मिटर ब्याकस्ट्रोकमा एक मिनेट ६ दशमलव ८० सेकेन्डमा दुरी तय गरिन्। सो स्पर्धाको विश्व कीर्तिमान ५७ दशमलव ४५ सेकेन्डको छ।
गत वर्ष जापानको फुकोआवामा भएको विश्व च्याम्पियनसिपमा नेपालमा नासेर हुसेनले दुई सय मिटर दुरी १ मिनेट ५७ दशमलव २६ सेकेन्डमा तय गरेका थिए। सोही स्पर्धामा स्वर्ण पदक जितेका रोमानीयाका डेभिड पोपोभोकीले एक मिनेट ४४ दशमलव ७० सेकेन्ड समयमा पुरा गरेका थिए। यो लगभग १३ सेकेन्डको समय यत्ति धेरै फरक हो कि यस बीचमा संसारमा हजारौँ पौडीबाज रहेका हुन्छन्।
नेपालकी गौरीका सिंहले सोही विश्व च्याम्पियनसिपमा एक सय मिटर ब्याकस्ट्रोकमा एक मिनेट ६ दशमलव ८० सेकेन्डमा दुरी तय गरिन्। सो स्पर्धाको विश्व कीर्तिमान पनि ५७ दशमलव ४५ सेकेन्डको छ।
संसारका दुई शीर्ष पौडीबाज केली म्याककोन र रेगन स्मिथ पछिल्ला केही वर्ष यता ठुला प्रतियोगितामा ५८ सेकेन्ड भन्दा कम समयमा नै पौडने गरेका छन्। नासेरले चार मिनेट ८ दशमलव २३ सेकेन्डमा चार सय मिटर पुरा गरेका थिए। जबकी सो स्पर्धामा पहिलो भएका अस्ट्रेलियाका साम सर्टले तीन मिनेट ४०.६८ सेकेन्ड समयमा दुरी तय गरेका थिए। यसले नेपाली पौडी पनि अन्तर्राष्ट्रिय तहमा प्रतिस्पर्धा गर्न लायक छैन भनेर प्रमाणित गरेको छ।
पौडीमा जस्तै अवस्था सुटिङ र भारोत्तोलन पनि छ। केही खेलाडी अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न लायक नै नभएको भन्ने चाहिँ होइन। टिम खेलमा क्रिकेटले आफ्नो अस्तित्व देखाइ सकेको छ।
पौडीमा जस्तै अवस्था सुटिङ र भारोत्तोलन पनि छ। केही खेलाडी अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न लायक नै नभएको भन्ने चाहिँ होइन। टिम खेलमा क्रिकेटले आफ्नो अस्तित्व देखाइ सकेको छ।
गएको दुई दशक नेपाली सामाजिक नेतृत्व, राजनीतिक नेतृत्व र खेलकुदमा सरोकार राख्ने सबै क्षेत्रले क्रिकेटलाई एकदमै बढी प्राथमिकतामा राखेको थियो। गत एसियाडमा नेपालकी एरिका गुरुङले रजत पदक जित्नु अगावै विश्व सितेरियो कराते च्याम्पियनसिपमा स्वर्ण पदक जितेकी थिइन्।
यसैगरी, गत मार्चमा भारतमा भएको विश्व महिला बक्सिङ च्याम्पियनसिपमा नेपालकी अञ्जना तेली क्वार्टर फाइनल प्रवेश गरेकी थिइन्। ‘ओलम्पिकमा पनि बक्सिङले कमसेकम ए फाइट जित्नुले अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न लायक नै छैन भन्ने होइन’, राखेपका तालिम तथा प्रशिक्षण विभागका निर्देशक प्रचण्ड शर्माले भने।
शर्मा पनि नेपाली खेलकुदमा बजेट अभावका साथै भएको बजेटको सही उपयोग नभएको कुरा स्वीकार गर्छन्। उनी भन्छन्, ‘जो जहाँ छ, त्यसले सही जिम्मेवारी पुरा नगरेपछि यो समस्या आएको हो।’ स्रोतः ओलम्पिक, वर्ल्ड एथलेटिक्स, वर्ल्ड एक्वेटिक्स, आइबा
प्रतिक्रिया