अर्जुन कुमाललाई गर्‍याे आईसीसीले कारबाही « Khabarhub

अर्जुन कुमाललाई गर्‍याे आईसीसीले कारबाही


१९ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


7.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालको यू–१९ क्रिकेट टिमका ओपनर अर्जुन कुमाललाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले कारबाही गरेको छ ।

दक्षिण अफ्रिकामा जारी यू–१९ विश्वकपमा बंगलादेशविरुद्ध गरेको गल्तीको कारण उनी कारबाहीमा परेका हुन् ।

अर्जुनले आइसीसीको आचार संहिता–२ अनुसारको गल्ती गरेको आईसीसीले जनाएके छ । उनलाई १ निलम्बन (सस्पेन्सन) प्वाइन्ट र तीन डिमिरेट प्वाइन्ट दिइएको छ । उनको तीन डेमेरिट प्वाइन्ट आगामी २४ महिनासम्म लागु हुनेछ ।

सुपर सिक्सको पहिलो खेलमा नेपाल बुधबार बंगलादेशसँग ५ विकेटले पराजित भएको थियो । सोही खेलको छैटौं ओभरमा अर्जुनले रन लिनेक्रममा बंगलादेशका मरुफ मृधालाई क्रिजमा धक्का दिँदै रन जोडेका थिए । सोही गल्तीका कारण उनी कारबाहीमा परेका हुन् ।

अर्जुनले विश्वकपको पहिलो खेलमा न्युजिल्यान्डविरुद्ध ९० रन बनाएका थिए । त्यसपछिका तीन खेलमा भने उनको प्रदर्शन राम्रो हुन सकेको छैन् । विश्वकप क्रिकेटको अन्तिम खेलमा आज नेपालले भारतसँग खेल्दैछ ।

 

प्रकाशित मिति : १९ माघ २०८०, शुक्रबार  १ : ०० बजे

त्रिशूली ३ ‘ए’ मा छिचोलियो टनेल: अक्सिजन र लाइट पठाइयो, आज मानिस छिर्ने प्वाल बनाइँदै

काठमाडौँ – रसुवा र नुवाकोटको सीमामा रहेको त्रिशूली ३ ‘ए’

बाढीप्रभावित क्षेत्रमा अनुमतिविना ड्रोन उडाउन रोक, अटेर गरे कारबाही हुने

काठमाडौँ – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढीप्रभावित

कृष्णभीरमा बाटो भासिएपछि पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध

काठमाडौँ — धादिङको बेनीघाट रोराङ गाउँपालिका-७ स्थित कृष्णभीरमा बाढीका कारण

चीनले नेपाललाई राहत सामग्री पठायो, दुई सैन्य विमान काठमाडौँमा अवतरण

काठमाडौँ- रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित

मेसीको चार गोलमा मियामीको ऐतिहासिक जित, मोन्ट्रियल ७-१ ले पराजित

काठमाडौँ – लियोनेल मेसीको उत्कृष्ट चार गोलको मद्दतले इन्टर मियामीले