भारतमा चिनियाँ जासुस भएको आरोपमा 'पक्राउ परेको' परेवा रिहा | Khabarhub Khabarhub

भारतमा चिनियाँ जासुस भएको आरोपमा ‘पक्राउ परेको’ परेवा रिहा


१९ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.8k
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- चिनियाँ जासुस भएको आरोपमा ‘पक्राउ गरी’ भारतीय प्रहरी हिरासतमा आठ महिना राखिएको एउटा परेवालाई सिफाइपछि रिहा गरिएको छ । टाइम्स अफ इन्डियाका अनुसार मुम्बईको एक बन्दरगाहमा पखेटामा ‘चिनियाँजस्तो लिपिमा लेखिएको सन्देश’ सहित उक्त चरा समातिएको थियो ।

“सुरुमा प्रहरीले चराविरुद्ध जासुसी गरेको आरोपमा मुद्दा दर्ता गरेको थियो, तर अनुसन्धान पूरा भएपछि उनीहरूले आरोप फिर्ता लिएका थिए,” रिपोर्टमा भनिएको छ । अज्ञात चरालाई शहरको एक अस्पतालमा थुनेर राखिएको थियो भने प्रहरीले अनुसन्धान गरिरहेको थियो ।

पिपुल फर द एथिकल ट्रिटमेन्ट अफ एनिमल्स (पेटा) को भारतीय कार्यालयले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यो अनुसन्धानमा आश्चर्यजनक आठ महिना लागेको छ ।”

पेटा इन्डियाका अनुसार प्रहरीले बुधबार अस्पताललाई परेवा छोड्न औपचारिक अनुमति दिएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार उक्त चरा स्वस्थ अवस्थामा रिहा भएको छ ।

जासूसीको आरोपमा भारतीय अधिकारीहरूले हिरासतमा लिएका कयौंमध्ये यो पछिल्लो परेवा हो । सन् २०१६ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई धम्कीपूर्ण सन्देश बोकेको अवस्थामा फेला परेको परेवालाई सीमा सुरक्षा अधिकारीहरूले नियन्त्रणमा लिएका थिए ।

सन् २०१० मा अर्को परेवाको खुट्टामा औंठी र पाकिस्तानी फोन नम्बर र ठेगाना रातो मसीले टाँसिएको अवस्थामा फेला परेपछि सशस्त्र पहरामा राखिएको थियो ।

प्रकाशित मिति : १९ माघ २०८०, शुक्रबार  १ : ३२ बजे

मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

मनाङ– मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ

म्याग्दीको रुममा चारसय परिवारलाई खानेपानी

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–२ रुममा ‘एक घर, एक धारा’ सहितको

काठमाडौं उपत्यका : एकै दिन घुम्न सकिन्छ सात सम्पदा

काठमाडौं – खुला संग्रहालयको रुपमा विश्वसामु परिचित काठमाडौं उपत्यका जहाँ

तीन दशकपछि सडक कालोपत्र

तनहुँ– करिब तीन दशकअघि रेखाङ्कन गरिएको तनहुँको भानु नगरपालिकास्थित कालीमाटीदेखि

बागमतीसहित यी प्रदेशमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल