राष्ट्रियसभा निर्वाचनमा कोशी प्रदेशको नजिता स्वभाविक : एमाले उपाध्यक्ष पौडेल « Khabarhub

राष्ट्रियसभा निर्वाचनमा कोशी प्रदेशको नजिता स्वभाविक : एमाले उपाध्यक्ष पौडेल


१९ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

रुपन्देही- नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले राष्ट्रियसभा निर्वाचनमा कोशी प्रदेशको नजिता स्वभाविक भएको बताएका छन् ।

राष्ट्रिय युवा संघ नेपाल रुपन्देही जिल्ला कमिटीले शुक्रबार तिलोत्तमामा आयोजना गरेको स्वर्गीय परमानन्द खरेल स्मृति खुल्ला फुटसल प्रतियोगिता उद्घाटन गर्दै पौडेलले कोशीमा एमाले ठूलो पार्टी भएको र अन्य सदस्यहरुले पनि मत दिएका कारण कोशीको एक सिटमा एमालेले विजयी हासिल गरेको भन्दै उक्त नजिता स्वभाविक भएको बताएका हुन् ।

कोशी प्रदेश प्रदेशमात्रै नभइ अन्य प्रदेशमा समेत एमालेको मतभार धेरै देखिएकाले जनता र जनप्रतिनिधिहरुमाझ पनि एमालेको जनाधार बढ्दै गएको उनले बताए ।

त्यस्तै उनले वर्तमान सरकार समाजका लागि बोझ बनिसकेकाले बर्हिगमन अहिलको आवश्यकता भएको धारणा राखे । पौडेलले सरकार परिवर्तनका लागि अहिले नै एमालेले कुनै प्रयास नगरेको र मिशन ८४ बाट एमालेलाई बहुमतका साथ सरकारमा पु¥याउने दाबी गरे ।

खुल्ला फुटसल प्रतियोगीता शनिबार समापन हुने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : १९ माघ २०८०, शुक्रबार  २ : १३ बजे

उद्धारमा सात हजारभन्दा बढी प्रहरी परिचालन

काठमाडौँ – रसुवाको भोटेकोशी क्षेत्रमा गएको भीषण बाढीपछि नेपाल प्रहरीले

तीजका गीतमा भ्युजको भोक: कहाँ हरायो मौलिकता ?

रातो सारी, हरियो चुरा र माइतीको आँगनमा गुञ्जिने तीजका भाका-कुनै

बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन चिनियाँ ड्रोन (फिटो फिचर)

काठमाडौँ – बाढी प्रभावित दुर्गम क्षेत्रमा खाद्यान्न तथा आपत्कालीन राहत

जापानले एकै सातामा भारत, अफगानिस्तान र नेपालसँग टी-२० शृङ्खला खेल्ने

काठमाडौँ – जापानी क्रिकेट टोलीका लागि आगामी सेप्टेम्बर महिना निकै

ताप्लेजुङ गोल्डकपको उपाधि सलहेशलाई

ताप्लेजुङ – अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकपको उपाधि साविक विजेता