रुसी सेनामा कार्यरत नेपालीका आफन्तको माग- सकुशल घर फिर्ताको वातावरण बनाउनुपर्‍यो « Khabarhub

रुसी सेनामा कार्यरत नेपालीका आफन्तको माग- सकुशल घर फिर्ताको वातावरण बनाउनुपर्‍यो


१९ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- रुसी सेनामा भर्ना भएका नेपालीका परिवारहरुले सकुशल घर फिर्ताको वातावरण बनाइदिन सरकारसमक्ष आग्रह गरेका छन् ।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरुले रुसी सेनामा भर्ना भएका केही आफन्तहरु बेपता भएको र केहीको अवस्था नाजुक रहेको भन्दै सकुशल घर फिर्ताको वातावरण बनाइदिन सरकार समक्ष आग्रह गरेका हुन् । त्यस्तै, रुसी सेनाबाट भागेर आएकाहरुले पनि नेपालीहरुको अवस्था निकै नाजुक रहेको बताएका छन् ।

युद्धमा नेपालीहरुलाई अग्रपङ्तीमा पठाउने र भाषा समेत नबुझेका कारण ज्यान जाने गरेको उनीहरुको भनाइ छ । रुसी सेनामा भर्ती भएरपनि नेपाल आउन सफल युवा सुमन राईले रुसी सेनामा रहँदा तालिमबाटै नेपालीहरुमाथि अत्याचार हुने गरेको बताए ।

उनले अहिले पनि १४–१५ हजारको हाराहारीमा रुसी सेनामा रहेको र युद्धका क्रममा धेरै नेपालीले ज्यान गुमाएको हुनसक्ने बताए । युद्धमा भएको हताहतीका बारेमा पनि रुसी सेनाका अधिकारीले लुकाउने गरेको उनको भनाइ छ ।

रुसी सेनामा भर्ती भएर नेपाल फर्किएका युवाहरुले वैदेशिक रोजगारीका लाग दुबई कतारलगायतका देशमा गएका युवाहरु पनि उतैबाट रुसी सेनामा भर्ती हुन जाने गरेको बताएका छन् ।

प्रकाशित मिति : १९ माघ २०८०, शुक्रबार  ४ : १० बजे

मालवस्तु ‘कन्टेनर’ कोरलानाकातर्फ ‘डाईभर्ट’ हुँदै

मुस्ताङ– रसुवागढी–केरुङतर्फबाट पैठारी गरिने मालवस्तु र कन्टेनर धमाधम मुस्ताङको कोरलानाकातर्फ

रसुवाबाट पत्रकार आचार्यको हारगुहार : ‘एकपटक जंगल र खोल्साखोल्सीमा ड्रोनबाट हेरिदिनुस्’

काठमाडौँ– रसुवामा आएको विनाशकारी बाढीपछि बेपत्ता तथा सम्पर्कविहीन आफन्तको खोजी

खप्तडमा बिरामीको भरोसा बन्दै सेनाको मेडिकल

बझाङ– खप्तडमा स्वास्थ्योपचार पाउनु चुनौतीपूर्ण छ । समुद्री सतहबाट तीन

भोटेकोसी बाढीले सिकाएको पाठ : विकासको बाटो कि बिनासको निम्तो ?

भदौ १० गते बिहान ९ बजेको आसपास हालसम्म संसारभरि नै

ऊर्जा मन्त्रालयले खोज तथा उद्धार पुनर्निर्माण समन्वयका लागि ‘रियल टाइम अपडेट सिस्टम’ बनाउँदै

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले रसुवाको भोटेकोशी बाढी प्रभावित