कांग्रेसद्वारा चितवन घटनाको अनुसन्धानको माग « Khabarhub

कांग्रेसद्वारा चितवन घटनाको अनुसन्धानको माग


१९ फाल्गुन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


486
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले चितवनको रत्ननगर नगरपालिका–१० स्थित शिशु निकेतन बोर्डिङ स्कुलकी १४ वर्षीया छात्रा शालीन पोखरेलको केही दिनअघि सोही स्कुलको होस्टलमा मृत्यु भएको घटना र त्यससँग जोडिएका शंकास्पद विवरणप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

कांग्रेसले आज विज्ञप्ति जारी गर्दै विद्यालयको अभिभावकत्वमा उज्यालो भविष्यका लागि अध्ययन गरिरहेकी एउटी बालिका झुन्डिएको अवस्थामा मृत भेटिनु र त्यसका पछाडि आत्महत्या दुरुत्साहन या हत्याको आशंकाको स्थिति पैदा हुनु अत्यन्तै गम्भीर रहेको उल्लेख गरेको छ ।

कांग्रेस यो घटनालाई निष्पक्ष ढंगले गहन अनुसन्धान गरी छिटोभन्दा छिटो सत्य, तथ्य बाहिर ल्याउन र दोषीलाई कारबाहीका लागि सरकारसँग माग गरेको छ ।

यो दुखद क्षणमा बालिका शालीन पोखरेलप्रति श्रद्धाञ्जली अर्पण गर्दै कांग्रेसले उनको परिवारजनप्रति समवेदना व्यक्त गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०८०, शनिबार  ५ : ४४ बजे

सरकारले निकाल्यो बन्द हड्ताल गर्न नपाइने क्षेत्रको सूची

काठमाडौं- सरकारले बन्द हड्ताल गर्न नपाइने क्षेत्रको सूची सार्वजनिक गरेको

स्वदेशी उत्पादनलाई राष्ट्रिय गौरवका रूपमा प्रवर्द्धन गर्न सरकारको अग्रसरता

काठमाडौं– स्वदेशी उत्पादनलाई राष्ट्रिय गौरवका रूपमा प्रवर्द्धन गर्न सरकारले विशेष

बहाव उच्च भएसँगै बिपी राजमार्गको रोशी क्षेत्रमा सवारी आवागमन बन्द

काभ्रेपलाञ्चोक– सम्भावित जोखिमलाई मध्यनजर गर्दै बिपी राजमार्गमा आज मध्याह्न १२:३० बजेदेखि

कङ्गोमा इबोलाबाट १०० जनाको मृत्यु

बुनिया (कङ्गो)- पूर्वी कङ्गोमा इबोला भाइरसको प्रकोप घोषणा भएको एक

१२ वर्षदेखि फरारसहित तीन प्रतिवादी पक्राउ

काभ्रेपलाञ्चोक– जिल्ला प्रहरी कार्यालय काभ्रेले १२ वर्षदेखि फरारसहित तीन प्रतिवादी पक्राउ