मच्छिन्द्रले जित्यो ओली कपको उपाधि « Khabarhub

मच्छिन्द्रले जित्यो ओली कपको उपाधि


१९ फाल्गुन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दोस्रो संस्करणको केपी ओली फुटबल कपको उपाधि मच्छिन्द्र फुटबल क्लबले जितेको छ । आज यहाँस्थित दशरथ रङ्गशालामा भएको फाइनलमा न्यूरोड टीम (एनआरटी)लाई टाइब्रेकरमा पराजित गर्दै मच्छिन्द्रले लगातार दोस्रो पटक उपाधि चुमेको हो ।

निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा पुगेपछि विजेताको टुङ्गो टाइब्रेकरबाट लगाइएको थियो । टाइब्रेकरमा मच्छिन्द्रले ५–४ ले नतिजा आफ्नो पक्षमा पा-यो । एनआरटीका विवेक गुरुङको पेनाल्टी गोलपोस्टभन्दा परबाट बाहिरिएपछि एनआरटी उपविजेतामा चित्त बुझाउन बाध्य भयो ।

मच्छिन्द्रका लागि सनिश श्रेष्ठ, दिवाकर चौधरी, स्टेफन विनोङ, क्रिस्टोफर चिजोबा र देवेन्द्र तामाङले गोल गरे भने एनआरटीका लागि सरोज तामाङ, सञ्जीव विष्ट, अभिषेक लिम्बू र मोहित गुरुङले गोल गरेका थिए ।

उपाधि विजेता मच्छिन्द्रले रु ११ लाख र ट्रफी प्राप्त ग¥यो भने उपविजेता एनआरटीले रु पाँच लाख प्राप्त ग-यो । राष्ट्रिय युवा सङ्घ नेपालको आयोजनामा भएको प्रतियोगितामा १० टोली सहभागी थिए ।

प्रकाशित मिति : १९ फाल्गुन २०८०, शनिबार  ८ : १२ बजे

२६ तस्बिरमा कांग्रेस महाधिवेशनमा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिकका प्रश्न, असहमति

‘विचार, सङ्घर्ष र नेतृत्व’ पुस्तकले नेपालको राजनीतिक जीवनका पक्षलाई समेटेको छ’

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले ‘आनन्दप्रसाद पोखरेलः  विचार, सङ्घर्ष र नेतृत्व’ पुस्तकले

‘कांग्रेस २.०’ ले महाधिवेशमा के गर्दैछ नयाँ ?

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा विगतभन्दा भिन्न, भड्किलो प्रचारमुक्त

नेपाली क्रिकेटका ९ स्टारसँग एक्सट्रीमको ‘पावरफुल’ साझेदारी

काठमाडौं- नेपाली क्रिकेटको विकास, खेलाडीको प्रोत्साहन तथा युवा पुस्तामाझ खेलकुदप्रतिको