फिल्मको गणित : ६९ लाख नाफा कमाउन १० करोडको व्यापार « Khabarhub

फिल्मको गणित : ६९ लाख नाफा कमाउन १० करोडको व्यापार


२० चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


396
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली फिल्म समग्रमा दुई-तीन करोड लगानीमा बन्छन्। विगतलाई हेर्ने हो भने १० प्रतिशतभन्दा कम फिल्मले मात्रै लगानी उठाउँछन्।

हुन त नेपाली सिनेमा क्षेत्र हल्लै हल्लामा सीमित छ। फिल्म कति लगानीमा बन्छ ? कति कमाउँछ यसको एकिन विवरण कुनै निकायसँग छैन।

यतिसम्म कि फिल्ममा कति लगानी भयो भन्ने कुरा त के कुन फिल्मले कति व्यापार गर्यो नेपाली चलचित्र क्षेत्रलाई नियमन गर्ने सर्वोच्च निकाय चलचित्र विकास बोर्डलाई समेत जानकारी छैन।

बोर्डका प्रवक्ता खेटुलाल बीसी भन्छन्, ‘लगानी कसले कति गर्यो, कुन कलाकारले कति लिए भन्ने कुरा त थाहै हुँदैन। बक्स अफिसमा जम्मा भयो भन्ने कुरा पनि हाम्रो सिस्टमले यकिन विवरण दिन सकेन। तर, बक्स अफिसको दैनिक अपडेट गराउने गरी सिस्टम ल्याउँदै छौं। तीव्र गृहकार्यमा छौं।’

बजारमा सुनिने यति लगानी र यति व्यापार भन्ने एउटा चलचित्रकर्मीको कुरालाई अर्काले ‘हावा गफ’ मान्छन्। अर्को कुरा, कुनै फिल्मले लगानी उठायो भन्दा धेरैले अविश्वास गर्ने चलन छ। कारण हो– ३ करोडमा बन्ने फिल्मको लगानी उठ्नै करिब १० करोडको व्यापार हुनुपर्छ।

सोही कारण धेरै चलचित्रकर्मीले भनिरहेका हुन्छन्, ‘फिल्मको गणित जटिल छ।’ के साँच्चै छ त फिल्मको गणित जटिल ?

चलचित्र विकास बोर्डका प्रवक्ता खेटुलाल बीसी

फिल्मको गणित
बोर्डका प्रवक्ता बीसीका अनुसार नेपाली फिल्मले जम्मा कमाइको १३ प्रतिशत भ्याट र पाँच प्रतिशत स्थानीय विकास कर तिर्नुपर्छ।

अर्थात् मानौं, कुनै फिल्मले १० करोडको कमायो भने त्यसको १३ प्रतिशत भ्याट र पाँच प्रतिशत स्थानीय विकास कर कटाउँदा ८ करोड २० लाख ‘नेट कलेक्सन’ बाँकी रहन्छ।

हलवाला र निर्माताबीच गत मंसिरमा भएको सहमतिअनुसार ‘नेट कलेक्सन’को ५० प्रतिशत सेयर हलवालाले पाउने व्यवस्था छ। अब बाँकी रह्यो ४ करोड १० लाख।

प्रवक्ता बीसीका अनुसार वितरक मार्फत् फिल्म प्रदर्शनमा लैजानुपर्ने बाध्यकारी व्यवस्था छ। उनी भन्छन्, ‘शोहरु बढी ल्याउने जिम्मा वितरककै हो। उनीहरुले ब्यानर हेरेर ५-१५ प्रतिशतसम्म लिएको सुनिन्छ।’

वितरकलाई १० प्रतिशतको मात्रै भाग लगाउने हो भने तीन करोड ६९ लाख बाँकी बस्छ। यो नै फिल्म निर्माताको हातमा पर्ने पैसा हो।

अर्थात् १० करोड व्यापार गरेको फिल्मका निर्माताको हातमा तीन करोड ६९ मात्रै पर्छ। त्यसमा तीन करोड लगानी राख्ने हो भने नाफा ६९ लाख मात्र रहन्छ।

सुनिँदा १० करोडको व्यापार तर यर्थाथमा नाफा ६९ लाखमै सीमित हुने भएकाले फिल्मको गणितलाई जटिल छ भन्दै चलचित्रकर्मीले कटाक्ष गरेका हुन्।

प्रकाशित मिति : २० चैत्र २०८०, मंगलबार  ७ : ०० बजे

गाजा र लेबनान युद्धविराम नहुँदासम्म वार्ता नगर्ने इरानको घोषणा

तेहरान – इरानले लेबनानमा इजरायलको कदमको विरोधमा संयुक्त राज्य अमेरिकासँग

मादीमा चार ‘लेन’ पुल निर्माण तीव्र गतिमा

तनहुँ – पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले मादीमा निर्माणाधीन चार लेनको

वैदेशिक रोजगार विभागद्वारा पुनः श्रम स्वीकृतिका लागि शर्त निर्धारण

काठमाडौं – वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरूका लागि पुनः श्रम

कांग्रेसले खोल्यो नयाँ क्रियाशील सदस्यताका लागि आवेदन

काठमाडौँ । नेपाली कांग्रेस नयाँ क्रियाशील सदस्यताका लागि आवेदन खुल्ला

कांग्रेसद्वारा नयाँ क्रियाशील सदस्यताका लागि आवेदन आह्वान

काठमाडौं – नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यताका लागि आवेदन आह्वान