पाँच सयबाट काम सुरु गरेका कपिल शर्मा अरबौँका मालिक | Khabarhub Khabarhub

पाँच सयबाट काम सुरु गरेका कपिल शर्मा अरबौँका मालिक


२० चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


543
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतीय हास्य कलाकार कपिल शर्माको कलाकारिता यात्रा ‘कमेडी नाइट्स विथ कपिल’, ‘द कपिल शर्मा शो’ हुँदै अहिले ‘द ग्रेट इन्डियन कपिल शो’ सम्म आइपुगेको छ । उनी भारतका सबैभन्दा चल्तीका कलाकारको सूचीको अग्रस्थानमा अटाउन सफल छन् ।

कपिल शर्माको वास्तविक नाम कपिल पुञ्ज हो । उनी सन् १९८१ मा पञ्जाबको अमृतसरमा जन्मिएका हुन् । मध्यम वर्गीय परिवारमा जन्मिएका कपिलका बुबा प्रहरी हवलदार थिए भने आमा गृहिणी थिइन् ।

सन् १९९७ बाट दुःखका दिन सुरु भएको कपिल बताउँछन् । बुबा क्यान्सरबाट पीडित भएपछि परिवारको जिम्मेवारी उनको काँधमा आइपर्‍यो । सन् २००४ मा बुबाको मृत्युपछि झनै सङ्घर्षका दिन सुरु भएको उनी सम्झन्छन् ।

एक अन्तर्वार्ता उनले जागिर खोज्ने क्रममा ५ सय मासिक तलबका लागि टेलिफोन बुथमा पनि काम गरेको खुलासा गरेका छन्  । त्यस्तै, मासिक ९ सय तलबमा कपडा मिलमा पनि उनले काम गर्न भ्याए ।

१० कक्षा पास हुने बित्तिकै काम सुरु गरे पनि बुबाको मृत्युपछि परिवार हेर्नुपर्ने जिम्मेवारी उनको काँधमा आइपर्‍यो । तिनै कपिल अहिले अरबौँका मालिक बनेका छन् ।  

अनि बने हास्य कलाकार …
परिवार हेर्नुपर्ने जिम्मेवारी सहित कपिला गायक बन्ने सङ्घर्षमा थिए । तर उनले त्यसलाई बीचैमा त्याग गरे । उनले एक अन्तर्वार्ता भनेका छन्, ‘म गायक बन्ने लक्ष्यमा थिए । प्रतिस्पर्धा कडा हुने रहेछ । त्यसपछि म जुन शो आए पनि अडिसन दिन लागेँ । मलाई थाह छैन किन त्यति धेरै अडिसन दिएँ मैले ।’

तर यसरी अडिसन दिने क्रममा उनी कमेडी रियालिटी शो ‘लाफ्टर च्यालेन्ज’को मञ्चमा पुगे  । अमृतसरमा दिएको त्यो अडिसनमा उनी अस्वीकार भए । उनी भन्छन्, ‘त्यही संस्करणका लागि साथीहरूले दिल्लीमा गएर पुनः अडिसन दिने सल्लाह दिए । अनि म दिल्ली गएको थिएँ ।’

दिल्लीमा उनी अडिसन पास भए । उनको सफलता यहीँबाट सुरु भएको हो । सो अडिसन पछि कपिलले अहिलेसम्म पछाडि फर्केर हेर्नु परेको छैन । उनी ‘लाफ्टर च्यालेन्ज’ विजेता घोषित भए । शो मा जितेको १० लाखले बहिनीको विवाह गरेको कपिलले विभिन्न सन्दर्भमा भन्दै आएका छन् ।

कपिल शर्मा गायक बन्न चाहन्थे तर कमेडियन बन्ने उनको भाग्यमा लेखिएको थियो । उनी लाफ्टर च्यालेन्जको विजेताको रूपमा उभिए । तर, यो शो को अडिसनमा उनलाई एकपटक रिजेक्ट गरिएको थियो भन्ने तपाईँलाई सायदै थाहा होला ।

लाफ्टर च्यालेन्ज जितेपछि उनी कमेडी सर्कसमा सहभागी भए । त्यसपछि आफ्नै प्रोडक्सन हाउस ‘के नाइन’ खोलेर उनले आफ्नै शो ‘कमेडी नाइट्स विथ कपिल’ सुरु गरे । उक्त शो अत्यधिक रुचाइएपछि कपिलको कलाकारिताको भारतभर चर्चा भयो । शो राम्रै चले पनि सन् २०१३ मा सेटमा आगो लागेपछि अर्कै टेलिभिजन च्यानलमा उनले ‘द कपिल शर्मा शो’ सञ्चालनमा ल्याए ।

यस शो को दौरानमा उनी भारतकै सबैभन्दा बढी कर तिर्ने कलाकारसमेत बन्न सफल भए । अहिले उनीसँग ३ सय करोड भारुको सम्पत्ति रहेको भारतीय मिडियाहरुको दाबी छ ।

अहिले भने टेलिभिजन कार्यक्रम छोडेर कपिलले ओटीटीका लागि ‘द ग्रेट इन्डियन कपिल शो’ ल्याएका छन् । जसका कारण उनी चर्चामा छन् ।

प्रकाशित मिति : २० चैत्र २०८०, मंगलबार  ६ : ४९ बजे

मधेश प्रदेश सरकारद्वारा चालु आवमा ७१ प्रतिशतभन्दा बढी रकम खर्च

जनकपुरधाम – मधेश प्रदेश सरकारले चालु आर्थिक वर्षमा कुल बजेटको

सभामुखले भने : लोकतन्त्रको विकल्प छैन

भक्तपुर – सभामुख देवराज घिमिरेले लोकतन्त्रको विकल्पमा अरू कुनै व्यवस्था

पूर्वनिर्वाचन आयुक्त इला शर्माको निधन

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त एवं पूर्वपत्रकार इला शर्माको हृदयाघातका कारण

स्थानीय उत्पादन प्रवर्द्धन गर्दै टीकापुर नगरपालिका

कैलाली – टीकापुर नगरपालिका नगरप्रमुखको कार्यकक्षमा प्रवेश गर्नेबित्तिकै देखिन्छन्, चिटिक्क

नेपालसँगको सम्बन्धलाई चीनले प्राथमिकतामा राखेको छ : झलनाथ खानाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं