लागत घटाउन किसानलाई कृषि औजार वितरण « Khabarhub

लागत घटाउन किसानलाई कृषि औजार वितरण


२० चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले कृषि क्षेत्रलाई आधुनिकीकरण गर्दै लागत घटाउन कृषि औजार वितरण गर्न थालेको छ । परम्परागत खेती प्रणालीमा लागत बढी लाग्ने र किसानलाई लाभ नहुने भएपछि गाउँपालिकाले किसानलाई मागमा आधारित कृषि औजार तथा उपकरण वितरण गर्न थालेको हो । 

गाउँपालिकाले आठ किसानलाई मिनिटेलर हलो, एक जनालाई कोदो चुट्ने मिल, चार जनालाई पिस्ने मिल गरी १३ जनालाई कृषि उपकरण वितरण गरिएको कृषि शाखाका प्राविधिक सहायक हेमन्तबहादुर शाहीले जानकारी दिए। कृषि पेसालाई आधुनिकीरण गरी उत्पादन बढाउन रैथाने बाली प्रवद्र्धन कार्यक्रमअन्तर्गत उपकरण सहयोग गरिएको उनले बताए। 

गाउँपालिकाको केन्द्र पोखरेबगरमा एक कार्यक्रमबीच गाउँपालिकाका उपाध्यक्ष दिवाकुमारी तिलिजा पुन, प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदी लगायतले किसानलाई औजार र उपकरण वितरण गरेका हुन् । कृषिलाई आधुनिकीकरण गर्दै किसानको लागत घटाउन कृृषि उपकरण वितरण गरिएको गाउँपालिका उपाध्यक्ष पुनले बताए। 

गाउँपालिकाले रैथाने बाली प्रवद्र्धन कार्यक्रमअन्तर्गत किसानसँगको लागत सझेदारीमा छ लाख ३५ हजार बराबरका उपकरण हस्तान्तरण गरेको जनाएको छ । गाउँपालिकाले यसअघि ७५ प्रतिशत लागत साझेदारीमा गाउँपालिकाको रु चार लाख ५० हजार र साझेदारीमा किसानबाट रु एक लाख गरी कूल पाँच लाख ५० हजारको बजेटबाट मागअनुरुप कृषि यान्त्रीकरण सामग्री वितरण गरेको थियो । 

उक्त कार्यक्रममा पाँच मिनिटेलर, पाँच फलफूलको हाँगा काँटछाँट गर्ने सिकेचर, पाँच आरी, नौ भर्‍याङ र दुई तौल मेसिन वितरण गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवेदीले जानकारी दिए । कृषि उपकरणले उत्पादन लागत घटेर उत्पादकत्व बढ्ने तथा स्थानीय रैथाने बाली उत्पादन र संरक्षण गरी गाउँपालिकालाई आत्मनिर्भर बनाउन योगदान पुग्ने उनले बताए।

चालू आर्थिक वर्षमा पालिकाले किसान लक्षित विभिन्न कार्यक्रम सञ्चालनका लागि करिब डेढ करोड बराबरको बजेट विनियोजन गरेको जनाएको छ । परम्परागत रुपमा गोरुले खेतबारी जोत्नुपर्दा झन्झट हुने र लागत बढी लाग्ने गरेको सन्दर्भमा कृषि औजार उपकरणले राहत मिलेको अन्नपूर्ण–८ काफलडाँडाका सुकबहादुर चोचाङ्गीले बताए। 

‘गाउँमा गोरु पाल्ने चलन हराएर जान थालेको छ, गोरुले खेतबारी जोत्दा खर्च पनि बढी लाग्ने, मिनिटेलरले छोटो अवधिमै धेरै जोत्न सकिन्छ, काम गर्ने मान्छे पाउन मुस्किल पर्ने गरेको समयमा यसले किसानलाई राहत दिने आशा गरेका छौँ’, उनले भने। 

पछिल्लो समय जिल्लामा कृषि पेसामा आधुनिकीकरण बढेको छ । कृषि औजार र उपकरणका कारण खेतीमा लागत घटेर किसानलाई लाभ हुन थालेको छ । कृषिमा मेसिन उपकरणको प्रयोग बढ्न थालेपछि स्थानीय तहले कृषिजन्य मेसिन उपकरणको मर्मतसम्भार तालिम सञ्चालन गर्न थालेका छन् । 

प्रकाशित मिति : २० चैत्र २०८०, मंगलबार  १ : ४५ बजे

गगनले गरे कोशी र मधेसका नेता सांसदसँग छलफल

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले जुम बैठक र काठमाडौंमा

माइतीघर डुबानप्रति कार्यवाहक प्रमुख डङ्गोलको चासो

काठमाडौं– काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले माइतीघरमण्डला क्षेत्रमा वर्षायाममा

सुनचाँदीको मूल्य वृद्धि

काठमाडौं- स्थानीय बजारमा आज सुनको मूल्य केही बढेको छ ।

भाडा नतिरेपछि सार्वजनिक पुस्तकालयसहितका ‘स्टल’ बन्द

काठमाडौं– नेपाल सरकारको निर्णयअनुसार भृकुटीमण्डपस्थित काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालयसहित लामो

मन्दिरमा मृत भेटिएका व्यक्तिको घटनालाई धार्मिक विषय नबनाउन प्रहरीको अपिल

धनुषा– प्रहरीले धनुषाको सबैला नगरपालिका–१२ नहरचोकस्थित हनुमान मन्दिर परिसरमा एक