गर्मीले फिलिपिन्सका विद्यालय बन्द « Khabarhub

गर्मीले फिलिपिन्सका विद्यालय बन्द


२० चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

मनिला– फिलिपिन्सको राजधानी मनिलाका दर्जनौं विद्यालयहरूमा मंगलबार अत्यधिक गर्मीका कारण पठनपाठन बन्द गरिएको त्यहाँका शिक्षा अधिकारीले जानकारी दिएका छन् । 

महानगरमा मंगलबार ४२ डिग्री सेल्सियस  र बुधबार ४३ डिग्री सेल्सियसको स्तर पुग्ने अपेक्षा गरिएको राज्यको मौसम पूर्वानुमान कार्यालयले जनाएको छ ।मंगलबार मनिलाको उच्चतम् तापमान ३४ डिग्री सेल्सियस रहने अनुमान गरिएको थियो । 

स्थानीय अधिकारीहरूले सहरको सबैभन्दा बढी जनसङ्ख्या भएको क्विजोनका प्राथमिक र माध्यमिक विद्यालयहरूलाई बन्द गर्न आदेश दिएको र  अन्य क्षेत्रका विद्यालयहरूलाई दूर शिक्षामा सार्ने विकल्प दिएको बताएका छन् । 

केही विद्यालयहरूले दिनको सबैभन्दा तातोबाट बच्न कक्षाको समय छोटो पारेका थिए ।

मौसम पूर्वानुमान विभागले ४२–५१ डिग्री सेल्सियस तापक्रमले  फिलिपिनीहरूमा शरीरमा मान्सपेशीहरु दुख्ने समस्या हुने र यो समस्या ४२–५१ डिग्री सेल्सियसको तापक्रमबाट सुरू हुने जानकारी दिए।

प्रकाशित मिति : २० चैत्र २०८०, मंगलबार  ३ : ४६ बजे

रुसी मिसाइल र ड्रोन आक्रमणमा किएभमा तीनको मृत्यु

एजेन्सी– रुसले शनिबार बिहान युक्रेनको राजधानी किएभलाई लक्षित गरी ब्यालिस्टिक

पच्चिस करोडभन्दा कम लागतका उद्योगको सिफारिस प्रदेशबाटै

काठमाडौं– उद्योग विभागले स्थिर पुँजी २५ करोडभन्दा कम पुँजी भएका

धनुषामा कर्फ्यु हटाइयो, संवेदनशील क्षेत्रमा निषेधाज्ञा

जनकपुरधाम – जिल्ला प्रशासन कार्यालय धनुषाले कर्फ्यु आदेश हटाउँदै आज बिहान

हुलाकमार्फत आजदेखि घरदैलोमै सवारी चालक अनुमतिपत्र ढुवानी सुरु

कर्णाली– हुलाक निर्देशनालय सुर्खेतले आजदेखि नागरिकको घरदैलोमा सवारी चालक अनुमतिपत्र

मेची प्रादेशिक अस्पतालमा नर्सिङ कलेज सञ्चालनबारे छलफल

झापा– प्रतिनिधिसभा सदस्य इन्दिरा रानामगरले मेची प्रादेशिक अस्पतालमा नर्सिङ कलेज