संविधानको प्रगतिशील कार्यान्वयन गर्न आपसमा मिल्नुपर्छ : प्रधानमन्त्री | Khabarhub Khabarhub

संविधानको प्रगतिशील कार्यान्वयन गर्न आपसमा मिल्नुपर्छ : प्रधानमन्त्री


२० चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान संविधानको  प्रगतिशील कार्यान्वयनका लागि आपसी एकतालाई सुदृढ गर्दै अगाडि बढ्नुपर्ने बताएका छन् ।  

‘नेपाली विशेषताको समाजवाद’ विषयक अन्तरक्रियालाई सम्बोधन गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले नेपालका समाजवादी, देशभक्त र राष्ट्रवादीहरू एक ठाउँमा केन्द्रित हुने हो भने समाजवादलाई तीब्र गतिमा अगाडि बढाउन सकिने विश्वास व्यक्त गरे ।

‘नेपाल यस्तो परिस्थितिमा छ, यहाँका समाजवादी एवं देशभक्त र राष्ट्रवादीहरू एक ठाउँमा केन्द्रित हुने हो भने समाजवादलाई तीब्र गतिमा अगाडि बढाउन सकिन्छ । यस्तो सम्भावना भएको देश नेपाल नै हो,’ प्रचण्डले भने, ‘त्यसकारण यही विषयलाई आत्मसात गरेर मैले केही जोखिम र चुनौती मोलेरै भएपनि देशभक्त वामपन्थीहरूलाई एकतामा ल्याउने जमर्को गरेकै हो ।’

समाजवादको जन्म कहाँबाट हुन्छ भन्ने तर्क आउने गरेको उल्लेख गर्दै उनले भने, ‘अन्ततः समाजवाद जन्मने भनेको सडकबाटै हो, किनकि जनता सडकमा हुन्छन् । पहिलो प्राथमिकता सडकले नै पाउनुपर्छ । समाजवाद जन्माउने जनताले हो ।’ 

पार्टीहरू जनतासँग जोडिए मात्रै शक्तिशाली हुने उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले समाजवादको तयारीका लागि सरकार, सदन र सडकलाई अधिकतम उपयोग गर्नुपर्ने तर्क गरे। उनले हरेक राजनीतिक दलले जनतालाई केन्द्रमा राख्नुपर्नेमा जोड दिए । 

यसपटक सुशासन, समृद्धि र सामाजिक न्यायका पक्षमा आगाडि बढ्ने जमर्को गरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले पुरानो गठबन्धनबाट जनताको आकांक्षाअनुसार काम हुन नसकेकाले समाजवादको आधार तयार गर्न नयाँ समीकरण बनाएको स्पष्ट पारे । 

नेपालको राष्ट्रिय स्वाधीनतालाई सुदृढ गर्ने उद्देश्यका साथ समाजवादको आधार तयार गर्न आफूले पछिल्लो कदम चालेको स्पष्ट पार्दै प्रधानमन्त्री प्रचण्डले जनतालाई डेलिभरी दिनेगरी काम गरेर यसको औचित्य पुष्टि गर्नुपर्ने बताए । 

प्रकाशित मिति : २० चैत्र २०८०, मंगलबार  ५ : ०९ बजे

खगेन्द्र र गणपतिलालको शपथ रोकियो, बब्लु र सुधामात्रै मन्त्री बन्दै

काठमाडौं- एकपछि अनेक विवाद र गम्भीर काण्ड सार्वजनिक भएपछि खगेन्द्र

महाराजगञ्ज वृत्तका दुई प्रहरीको हत्या : अहिलेसम्म १० जना समातिए, चारजना जेल चलान

काठमाडौं- गत भदौ २४ गते जेन-जीका नाममा भएको विध्वंसक आन्दोलनका

ट्रम्पको उपस्थितिमा थाइल्यान्ड-कम्बोडिया युद्धविराम सम्झौतामा हस्ताक्षर

क्वालालम्पुर– थाइल्यान्ड र कम्बोडियाले आइतबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको उपस्थितिमा

उखु पेलेर पर्व खर्च जुटाउँदै महोत्तरीका किसान

महोत्तरी– यहाँका किसानले उखु पेलेर पर्व खर्च जुटाएका छन् ।

स्वास्थ्य मन्त्रालयले माग्यो रिक्त पदहरूको विवरण

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफू मातहतका अस्पताल तथा स्वास्थ्य