‘पुष्पाः द रुल’ को पोस्टर सार्वजनिक « Khabarhub

‘पुष्पाः द रुल’ को पोस्टर सार्वजनिक


२० चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दक्षिण भारतीय अभिनेता अल्लु अर्जुनको फिल्म ‘पुष्पाः द रुल’को पोस्टरसँगै टिजर सार्वजनिक मिति घोषणा गरिएको छ । 

दर्शकहरुको तीव्र प्रतिक्षाको फाइदा उठाउँदै टिजर सार्वजनिकको विषयलाई समेत निर्माण पक्षले महत्व दिएको छ । 

निर्माण पक्षले मंगलबार नयाँ पोस्टर सार्वजनिक गरेको हो । पोस्टरमा लोग्ने मान्छेको खुट्टामा पाउजु लगाएको देख्न सकिन्छ । धेरैले यो खुट्टा ‘पुष्पा’को भन्ने अनुमान गरेका छन् । यो पोस्टर सार्वजनिक भएसँगै फिल्मबारे पुन: चर्चा चुलिएको छ । 

त्यस्तै टिजर अल्लु अर्जुनको ४२ औं जन्मदिनको अवसर पारेर सार्वजनिक गर्ने घोषणा गरिएको छ । अप्रिल ८ मा अल्लु ४२ वर्ष पुग्दैछन् । उनको जन्मदिनलाई विशेष बनाउन दोस्रो टिजर सार्वजनिक गर्न लागेको बुझिएको छ  ।

सुपरहिट सावित भएको ‘पुष्पा’को दोस्रो भाग  ‘पुष्पाः द रुल’ आगामी अगस्टबाट प्रदर्शनमा आउने बुझिएको छ ।

प्रकाशित मिति : २० चैत्र २०८०, मंगलबार  ७ : ४८ बजे

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका