प्रथम यू २१ खो खो प्रतियोगिता हुने « Khabarhub

प्रथम यू २१ खो खो प्रतियोगिता हुने


२० चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


357
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल खो खो संघले २०५२ सालमा स्थापना भएदेखि पहिलो पटक उमेर समूहको महिला पुरुष दुवैतर्फको खो खो प्रतियोगिता आयोजना गर्न लागिएको छ ।

ज्यादै न्यून मात्र प्रतियोगिता हुने यस खो खो खेल नेपाल खो खो संघको आयोजना तथा सुदूरपश्चिम प्रदेश खो खो संघको सहआयोजनामा यस वर्ष पहिलो पटक मोफसलमा अर्थात सुदूरपश्चिम प्रदेशको धनगढीमा प्रतियोगिता हुन गइरहेको हो ।

मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी यो प्रथम यू २१ राष्ट्रिय पुरुष तथा महिला खो खो प्रतियोगिता, २०८० चैत २४ देखि २७ गतेसम्म धनगढी उपमहानगरपालिका वडा नं.बोराडाँडीस्थित श्री त्रिभुवन माध्यमिक विद्यालयको खेल मैदानमा खेलाइने जनाइयो ।

 सहआयोजक सुदूरपश्चिम प्रदेश खो खो संघका अनुसार तयारीका सम्पूर्ण कामहरू पूरा भइसकेको छ । प्रतियोगिताको उद्घाटन कार्यक्रम चैत २४ गते दिउँसो २ बजे राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङको प्रमुख आतिथ्यमा हुनेछ । 

प्रतियोगितामा सेती, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश गरी ६ वटा प्रदेशबाट महिला पुरुष गरी १२ टिमका १४४ खेलाडी तथा २४ प्रशिक्षक र ६ टिम व्यवस्थापक गरी कुल १७२ जनाको सहभागिता रहने छन् ।

प्रतियोगिता सञ्चालनशे लागि जम्मा २० जना निर्णायकहरूको व्यवस्था गरिएको छ भने प्रतियोगिता अवधिभर १० जना स्वयम्‌सेवकहरू परिचालित हुनेछन् ।

सो प्रतियोगितामा खेलाडी, प्रशिक्षक, टिम व्यवस्थापक, निर्णायक, स्वयंसेवक र संघका पदाधिकारीहरू गरी कुल २२५ जना परिचालित हुने छन् । यस प्रतियोगिताको लोगोको रुपमा सोही क्षेत्रमा सर्वाधिक पाइने संरक्षक जनावर बाघले शिकारको लागि डाइभ दिइरहेको चित्रलाई लिइएको छ । प्रतियोगिता लिग कम नक आउटको आधारमा हुने जनाइएको छ । 

प्रकाशित मिति : २० चैत्र २०८०, मंगलबार  ८ : ०५ बजे

प्रतिवेदनमा सहमति जुटाउन एमाले कार्यदल काभ्रेमा

काठमाडौं– पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण र पुनः गठनका लागि गठित

बालेनको सम्बोधनकै दिन राष्ट्रसंघअगाडि जलवायु न्यायका लागि प्रदर्शन हुने

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्ने

सुधनलाई रवि किरणको जवाफ : भदौ २७ जेन-जीले हारेको दिन, देश जलाउनेहरूले सत्ता कब्जा गरेको दिन

काठमाडौं- नेपालमा भएको जेन-जी आन्दोलनसँग जोडिएका दुई प्रमुख अगुवा सुधन

माछापालन व्यवसायबाट वार्षिक १५ लाख बचत

धनगढी– कैलालीको कैलारी गाउँपालिका-४ का किसान हेमन्त खरेलले ११ वर्षदेखि