आज २०८१ साल वैशाख २० गते बिहीबारको राशिफल « Khabarhub

आज २०८१ साल वैशाख २० गते बिहीबारको राशिफल


२० बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


5.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल वैशाख २० गते बिहीबार तदनुसार सन् २०२४ मे २ तारिख। वैशाख कृष्ण पक्षको नवमी तिथि। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प.सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः

मेष : धार्मिक क्षेत्रमा मन जानेछ। दिन उत्साहपूर्ण बन्नेछ। आम्दानीको बाटो खुल्नेछ। शिक्षामा प्रगति हुनेछ। रमाइलो गर्ने नाममा हुने खर्चबाट जोगिनु राम्रो हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

वृष : समाजमा प्रतिष्ठा बढ्नेछ। दिउँसो नसुत्नु राम्रो हुन्छ। दिउँसो सुतेमा ठुलो घाटा हुनेछ। शिक्षामा प्रगति हुनेछ। ठुला योजनाको सुरुवात नगर्नु राम्रो हुन्छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। परिवारको साथ रहनेछ।

मिथुन : शेयरमा लगानी भए फाइदा हुनेछ। चिट्ठा पर्ने दिन हो। मान्यजनबाट सम्मान प्राप्त हुनेछ। मनमा उत्साह बढ्नेछ। लगानीको अवसर आए हिम्मत गर्दा हुन्छ। शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रमा सुधार हुनेछ। प्रेम सम्बन्ध भए खुशीको खबर प्राप्त हुनेछ।

कर्कट : साधनमा चढ्ने भए सचेत हुनुपर्ने दिन छ। यात्रामा जोखिम बढ्ने भएकाले सुरक्षित ढंगले साधन चलाउनु राम्रो हुन्छ। तपाईंका गल्ती खोज्ने सक्रिय रहेकाले सचेत हुनु राम्रो हुन्छ। सुरा–सुन्दरीको आकर्षणमा नपर्नु राम्रो हुन्छ। कमाउने भन्दा जोगाउने दिन भएकाले व्यवहार गर्दा सचेत हुनुपर्छ। परिवारको सुझाव लिएर गरेको काम सफल बन्नेछ।

सिंह : साथीले प्रशंसा गर्नेछन्। शिक्षाको लगानीमा सफलता मिल्नेछ। परिवारको साथ मिल्नेछ। विदेशमा गरेको लगानीले आर्थिक क्षेत्रमा उत्साह थप्नेछ। पश्चिमको लामो यात्रामा नजानुहोला।

कन्या : मनमा उत्साह बढ्नेछ। रोगबाट मुक्त हुने योग छ। शिक्षामा गरेको लगानीले फाइदा हुनेछ। सामाजिक क्षेत्रमा नाम र दाम रहनेछ। परिवारको साथ र सहयोग राम्रो रहनेछ। पूर्वको यात्रामा दुर्घटनाको जोखिम भएकाले पारिवारिक यात्रा नगर्नु राम्रो हुन्छ।

तुला : महत्त्वपूर्ण निर्णय गर्ने समय आएको छ। विवेकपूर्ण निर्णय गर्नुपर्ने दिन छ। तपाईंको महत्त्वपूर्ण निर्णयले समाजमा सम्मान मिल्नेछ। परिवारको चाहनालाई वेवास्था गरेमा खटपटी हुनेछ। तपाईंको लगानीको उचित मूल्यांकन हुनेछ।

वृश्चिक : सत्य कुरालाई गलत भन्ने साथीसँग सचेत हुनु राम्रो हुन्छ। मनको कुरा ढिलागरी बोल्दा पछुतो हुने जोखिम हुन्छ। स्वास्थ्य र शिक्षाका क्षेत्र सामान्य छन्। राजनीतिमा सफलता मिल्नेछ। श्रमको उचित मूल्यांकन हुने समय आएको छ। परिवारसँगको प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

धनु : आफ्नो बोलीको प्रभावले राम्रो काम बन्नेछ। आफ्नो हित भन्दा परोपकारमा समय खर्चिने छ। राजनीतिक र सामाजिक क्षेत्रमा लफडा हुनसक्छ। परिवारको सम्बन्धमा समस्या हुने योग छ। स्वदेशको भन्दा विदेशको लगानी सफल हुनेछ। रमाइलो वातावरणले मन तान्नेछ।

मकर : अचानक धन खर्च हुनेछ। झुटा आरोप लाग्नसक्छ। गलत तर्क गर्नेसँगको भेटले मन अशान्त हुनेछ। धार्मिक कार्यमा सहभागी भए मन शान्त हुनेछ। परिवारको सहयोग राम्रो रहेको छ।

कुम्भ : शनिदेवको छाया योग छ। शनि नाकारात्मक भए पीडाले घेर्नेछ। शनि सकारात्मक भए बढुवा र सफलता मिल्नेछ। शिक्षाको क्षेत्रमा लाभ हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। जन्मकुण्डली ज्योतिषलाई देखाएर अगाडि बढ्नु राम्रो हुन्छ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

मीन : शनिको सुरुवात भएकाले शनिको नकारात्मक फल भोग्नुपर्ने हुनसक्छ। शाहकारी खानपान ग्रहण गर्नु राम्रो हुन्छ। शनिकै कारण ढिलासुस्तीले सताउने जोखिम रहन्छ। बिहानै धार्मिक कार्यमा सहभागी भएमा सबै काम सफल बन्नेछन्।

प्रकाशित मिति : २० बैशाख २०८१, बिहीबार  ५ : ०२ बजे

जलवायु असर अन्तर्राष्ट्रिय मञ्चमा उठाउन सरकारलाई सुझाव

काठमाडौं– कृषि तथा प्राकृतिक स्रोत समितिले हिमाली तथा उच्च जोखिमयुक्त

उद्योगमन्त्री गौरी कुमारीले दिइन् राजीनामा

काठमाडौं- उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले राजीनामा बुझाएकी

प्रदेश प्रमुखसमक्ष लोक सेवा आयोगको प्रतिवेदन पेश

गण्डकी– गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष प्रदेश लोक सेवा

युद्धविरोधी रुसी नागरिकलाई पुटिनको दलविरुद्ध मतदान गर्न याशिनको आह्वान

हेलसिन्की- निर्वासित रुसी विपक्षी नेता इल्या याशिनले आगामी विधायी निर्वाचनमा राष्ट्रपति

नर्वेका प्रधानमन्त्रीको खुलासा : जेलेन्स्की सवार विमान रुसी ड्रोन हमलाबाट मुश्किलले जोगियो

ओस्लो- युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको विमान मंगलबार मोल्दोभाबाट उडान भर्ने