तस्बिरमा ‘मनसरा’को प्रिमियर, दयाहाङ किन अनुपस्थित ? « Khabarhub

तस्बिरमा ‘मनसरा’को प्रिमियर, दयाहाङ किन अनुपस्थित ?


२० बैशाख २०८१, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपेन्द्र सुब्बाको लेखन र निर्देशनमा बनेको फिल्म ‘मनसरा’को बुधबार रेड कार्पेट प्रिमियर शो सम्पन्न भएको छ । ललितपुरको जावलाखेलमा भएको शो ५ सय बढीले हेरेका थिए ।

फिल्मका कलाकारहरु रेड कार्पेटमा हिँडिरहँदा अभिनेता दयाहाङ राई भने प्रिमियरमा अनुपस्थित रहे । उनी अघिल्लो फिल्म ‘डिग्री माइला’को कार्यक्रमका लागि विदेश यात्रामा रहेकाले प्रिमियरमा अनुपस्थित रहेको निर्माण पक्षले जनायो ।

निर्देशक सुब्बाले खबरहबसँग भने, ‘उहाँ हङकङ जानुभएको छ । कार्यक्रमकै लागि जानुपर्ने भएकाले प्रिमियरमा उपस्थित हुन भ्याउनुभएन ।’

प्रिमियरमा चलचित्रकर्मी, पत्रकार र विशेष अथितिहरुको बाक्लो उपस्थिति थियो । निर्देशकहरु निश्चल बस्नेत, प्रदीप भट्टराई लेखक तथा निर्देशक खगेन्द्र लामिछाने, अभिनेताहरु कर्मा शाक्य, विजय बराल, अभिनेत्री सुरक्षा पन्तलगायत कार्यक्रममा उपस्थित थिए ।

प्रिमियरपछि फिल्मले उत्कृष्ट प्रतिक्रिया पाएको छ । सुब्बाको यस फिल्मबाट दर्शक निराश बन्नु नपर्ने चलचित्रकर्मीहरुको प्रतिक्रिया छ ।

फिल्ममा अभिनेता प्रवीण खतिवडा र अभिनेत्री मिरुना मगर केन्द्रीय भूमिकामा छन् ।

अभिनेता दयाहाङ मुख्य भूमिकामा छन् भने गायक सत्यराज आचार्य र कवि विप्लव प्रतीक विशेष भूमिकामा देखिएका छन् ।

बड्डी फिल्मको ब्यानरमा बनेको ‘मनसरा’का निर्माता छायाँकार शैलेन्द्र ध्वज कार्की हुन् ।

 

प्रकाशित मिति : २० बैशाख २०८१, बिहिबार  ९ : २८ बजे

विना बर्दीका प्रहरी प्रयोग गरी गिरफ्तारी गर्ने प्रवृत्तिविरुद्ध ओलीको खबरदारी

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वाधीनता र लोकतन्त्रको

श्रीमतीलाई कुटपिट गरी हत्या गर्ने श्रीमान् पक्राउ

संखुवासभा– चैनपुर नगरपालिका –०१, नुनढाकी थर्पुमा श्रीमानको कुटपिटबाट ४९ वर्षीया

माओको मिममा हाँस्दा एम्बाप्पेलाई महँगो पर्‍यो, चीनसँगको व्यावसायिक सम्बन्ध नै धरापमा !

काठमाडौँ – विश्व फुटबलका चर्चित स्टार किलियन एम्बाप्पे मैदानमा आफ्नो

शरद् ऋतुमा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६ देशका

दसैँमै फुल्यो तिहारलाई लगाएको सयपत्री, चिन्तामा किसान (तस्बिरहरू)

तनहुँ– तिहार आउन दुई साता बाँकी छँदै तनहुँका किसानको खेतमा सयपत्री