वेस्ट इन्डिज 'ए' ले नेपाललाई दियो २१० रनको लक्ष्य | Khabarhub Khabarhub

वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो २१० रनको लक्ष्य


२० बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको चौथो खेलमा नेपाललाई जितका लागि दुई सय १० रनको चुनौती दिएको छ । किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको वेस्ट इन्डिज ‘ए’ले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै दुई सय ९ रनको योगफल बनायो । 

वेस्ट इन्डिज ‘ए’का लागि आन्द्रे फ्लेचरले सर्वाधिक ८४ रनको योगदान दिए । उनले ५४ बल खेल्ने क्रममा नौ चौका र चार छक्का प्रहार गरे । यस्तै जोनसन चाल्र्सले ३० बलमा ६ छक्का र तीन चौकाको मद्दतमा ५८ रन बनाए । यसैगरी फाबियन एलनले अविजित ३३ रन बनाए । 

बलिङतर्फ नेपालका लागि कुशल भुर्तेलले दुई तथा प्रतिश जिसीले एक विकेट लिए । नेपालले अहिले जबाफी ब्याटिङ गरिरहेको छ । 

प्रकाशित मिति : २० बैशाख २०८१, बिहीबार  २ : २५ बजे

सामुदायिक विद्यालयर सुधारको विषयमा छलफल

काठमाडौं – सामुदायिक विद्यालय सुधारको विषयमा छलफल भएको छ। शनिबार

पहिरो रोकथाम गर्न ‘बायो इञ्जिनियरिङ’ प्रविधि

गलकोट – बागलुङ बोक्से–सिगाना सडकको संरक्षणका लागि ‘बायो इञ्जिनियरिङ’ प्रविधि

रौतहटमा शङ्कास्पद सुटकेसमा महिलाको शव

रौतहट– रौतहटमा शनिबार राति फेला परेको शङ्कास्पद सुटकेसभित्र महिलाको शव

पाटन दरबारको ऐतिहासिक घण्ट जीर्ण अवस्थामा

ललितपुर– विश्व सम्पदा सूचीमा सूचीकृत ललितपुरको पाटन दरबार स्क्वायरमा मल्लकालीन

अभिभावकविहीन २२ विद्यार्थीलाई छात्रवृत्ति वितरण

भोजपुर– अभिभावकविहीन तथा अतिविपन्न २२ छात्रछात्रालाई छात्रवृत्ति वितरण गरिएको छ