अवैध लागूऔषधसहित ५ जना पक्राउ « Khabarhub

अवैध लागूऔषधसहित ५ जना पक्राउ


२० बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  झापाको बिर्तामोड नगरपालिका-३ पन्चकन्या टोलबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ ग्राम ६० मिलिग्राम, १६ हजार ३ सय ६५ नेपाली रुपैयाँ र ३ हजार ९ सय ६० भारतीय रूपैयाँसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा भारत पश्चिम बंगाल बस्ने २५ वर्षीय सन्नी साह र इलाम माई नगरपालिका बस्ने २२ वर्षीया मनिसा राई रहेका छन् । प्रहरी चौकी बिर्ताबजार र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

त्यस्तै कञ्चनपुर, बेलौरी नगरपालिका-७ कालोपुलबाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ३५ मिलिग्रामसहित कैलाली धनगढी उपमहानगरपालिका-६ बस्ने २८ वर्षीय ओमप्रकाश चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

यसैगरी कञ्चनपुर, भिमदत्त नगरपालिका-११ गड्डाचौकी होल्डिङ सेन्टरबाट अवैध लागूऔषध खैरौ हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ८२ मिलिग्रामसहित सोही नगरपालिका-११ बस्ने २० वर्षीय अरूण रानालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्युरो महेन्द्रनगर, इलाका प्रहरी कार्यालय दोधारा र इलाका प्रहरी कार्यालय गडडाचौकीबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

त्यस्तै बाजुरा, बुढिगंगा नगरपालिका-५ घर भई हाल सोही नगरपालिका-६ फालासैनमा होटल गरी बस्ने २५ वर्षीय बिनोद थापालाई अवैध लागूऔषध हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ९७ मिलिग्राम र नगद ३६ हजार २ सय ८० रूपैयाँसहित प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिएको प्रहरीले होटल तलासी गर्दा उक्त लागूऔषध र नगद फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २० बैशाख २०८१, बिहीबार  ३ : ०७ बजे

रसुवागढी एकीकृत भन्सार भवन निर्माण १० वर्षसम्म अधुरै (तस्बिर)

रसुवा– नेपाल–चीन सीमास्थित रसुवागढी नाकामा एक दशकदेखि एकीकृत भन्सार भवन

मुग्लिङ-नारायणगढ सडकमा सुक्खा पहिरो, सवारी आवागमन ठप्प

चितवन – मुग्लिङ-नारायणगढ सडकखण्डमा सुक्खा पहिरो जाँदा सवारी आवागमन पूर्ण

जस्टिन ग्रिभ्सको ऐतिहासिक कीर्तिमान : लगातार ५ ओभरमा मेडन ५ विकेट

काठमाडौँ – वेस्ट इन्डिजका अलराउन्डर जस्टिन ग्रिभ्सले पाकिस्तानविरुद्ध जारी पहिलो

अमेरिका-इरान :आक्रमण रोकेर नेतान्याहु वासिङ्टन पुगे

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वासिङ्टन र तेहरानबीच ‘अत्यन्त

चिकित्सक संघबाट आज देशभरका अस्पतालमा आकस्मिकबाहेक सबै सेवा बन्दकाे घाेषणा

काठमाडौँ– नेपाल चिकित्सक संघले आज (मंगलबार) देशैभरका सरकारी, गैरसरकारी र