मेयर बालेनबारे ओलीको टिप्पणी : सुकुम्बासी र गरिबलाई देखिसहेनन्, लखेटिरहे | Khabarhub Khabarhub

मेयर बालेनबारे ओलीको टिप्पणी : सुकुम्बासी र गरिबलाई देखिसहेनन्, लखेटिरहे


२० बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साहले सुकुम्बासी र गरिबलाई देखिनसहेको बताएका छन् ।

बिहीबार पार्टीनिकट भूमि अधिकार तथा श्रमिक संगठन नेपालको कार्यक्रलाई सम्बोधनका क्रममा ओलीले सुकुम्बासीमाथि ज्यादति नगर्न चेतावनी नै दिए ।

सुकुम्बासीका छाप्रा भत्काउन डोजर नचाहिने उनले बताए। गरिबको बस्ती भत्काउन गरिबकै छोराछोरीको प्रयोग नगर्न पनि उनले आग्रह गरे ।

‘सुकुम्बासीका प्लास्टिकका हालेका छाप्रा छन्, भत्काउन डोजर जान्छ । प्लास्टिकका छाप्रा भत्काउन डोजर जानुपर्छ? कर्कलो फाँड्न बन्चरो बोक्ने? सुकुम्बासी समस्या समाधान गर्नुपर्छ, डोजर देखाउने होइन’, उनले भने, ‘डोजर गरिबले नै चलाउने हुन्, धनीले पुँजीपतिले चलाएको थाहा छैन । गरिबका छोराले डोजर चलाउँछन् । तिनलाई आफ्नैविरुद्ध डोजर चलाउन नलगाउनुस् । गरिवकैविरुद्ध, गरिव बस्तीकैविरुद्ध, गरिबका छोराछोरीलाई डोजरका टाउकामा बसेर भत्काउने काम नलगाउनुस्।’

अध्यक्ष ओलीले भत्काउने अभियान नभएर बनाउने अभियान चलाउन आग्रह गरे । सुकुमबासी समस्या समाधान गर्नुपर्ने उनको भनाइ छ । जनताको काम गर्न सरकारका गएको दाबी गर्दै उनले सुकुम्बासीको समस्या समाधानका लागि प्रयास गरिरहेको बताए ।

उनले सुकुम्बासीमाथि ज्यादती नगर्न पनि चेतावनी दिए । सुकुम्बासीको छाप्रोमा गएर लालाबाला तर्साउँदैमा बहादुर नहुने उनले बताए ।

‘सुकुम्बासीमाथि ज्यादती नगरौँ । कहीँ हेप्ने मान्छे भेटिएन अनि गरिब हेप्ने ? थर्काउने, तर्साउने कहीँ नभेटिए सुकुम्बासीका लालाबाला तर्साएर कुन बहादुरी हुन्छ ?’ उनले सोधे ।

सुकुम्बासी समस्या समाधानका लागि तीनै तहका सरकार उत्तरदायी हुनुपर्ने उनले बताए ।

अध्यक्ष ओलीले लोकतन्त्रमा जे पनि गर्न नमिल्ने बताउँदै सुकुम्बासीलाई लखेट्ने नभएर व्यवस्था गर्नुपर्ने उल्लेख गरे ।

‘जहाँसुकै जाऊ, जेसुकै गर, खाए खाऊ, नखाए मर’ जस्तो अनुत्तरदायी र गरिब देख्नै नसक्ने सरकारको काम छैन’, उनले भने।

‘सुकुम्बासी बस्ती हटाएर मात्रै समाधान हुँदैन । लोकतन्त्रमा, व्यवस्थापन गर्नुपर्छ, ’ उनले भने, ‘समस्या समाधान गर्नुपर्छ । जहाँसुकै जाऊ, जेसुकै गर, खाए खाऊ, नखाए मर भन्ने सरकार हुँदैन । त्यो केन्द्रीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार जुन होस् । जनताप्रति उत्तरदायित्व नहुने, गरिब देख्नै नसक्ने, सुकुमबासी देख्नै नहुने गलत हो ।’

प्रकाशित मिति : २० बैशाख २०८१, बिहीबार  ५ : ०४ बजे

५ लाख धरौटीमा रिहा भए रवि ओड

काठमाडौं– वैवाहिक बलात्कारको मुद्दापछि प्रहरी नियन्त्रण रहेका नेपाल आइडल सिजन

सनराइजर्स हैदरावाद आइपिएलको प्लेअफमा

काठमाडौं– सनराइजर्स हैदरावाद इन्डियन प्रिमियर लिग (आइपिएल) को प्लेअफमा पुगेको

कांग्रेसलाई जवाफ दिन ‘विश्वासको कार्ड’ ?

काठमाडौं- विहीबार संसदमा हंगामा भइरहँदा सत्तापक्षका नेता नेपी शर्मा ओलीले

फ्रान्सको कब्जामा रहेको न्यू क्यालेडोनिया टापूमा हिंसात्मक प्रदर्शन

काठमाडौं– फ्रान्सबाट १६ हजार किलोमिटर टाढा दक्षिण प्रशान्त महासागरमा रहेको

आइपिएलमा आज मुम्बई र लखनउ खेल्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुदै