देशभर इन्टरनेटमा समस्या, भारतीय कम्पनीले ब्यान्डविथ रोकेको दाबी | Khabarhub Khabarhub

देशभर इन्टरनेटमा समस्या, भारतीय कम्पनीले ब्यान्डविथ रोकेको दाबी


२० बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  नेपालभर इन्टरनेट सेवा प्रभावित भएको छ । बिहीबार अपरान्हदेखि देशभरको इन्टरनेट सेवामा समस्या देखिएको छ ।

इन्टरनेट सेवाप्रदायक कम्पनीका सञ्चालकहरूले भारतीय दूरसञ्चार कम्पनी एयरटेलले नेपालका इन्टरनेट सेवा प्रदायक (आईएसपी)लाई दिइरहेको ब्यान्डविथ आपूर्ति रोकिदिएपछि समस्या भएको बताएका छन् ।

अहिले नेपालका अधिकांश स्थानमा इन्टरनेट सेवामा समस्या देखिएको छ, केही स्थानमा इन्टरनेट पूरै ठप्प भएको छ। धेरै ग्राहक रहेका वर्ल्ड लिङ्क र सुविसुसहितका आईएसपीका ग्राहकहरूले इन्टनरनेट रोकिएपछि सामाजिक सञ्जालमा सोधीखोजी गरिरहेका छन् ।

इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान)का एकजना पदाधिकारीले खबरहबलाई बताएअनुसार भारतबाटै एयरटेलले ब्यान्डविथ आपूर्ति बन्द गरिदिएपछि समस्या आएको हो ।

नेपालका इन्टरनेट सेवाप्रदायकले भारत हुँदै एयरटेलले ८० प्रतिशतभन्दा धेरै एयरटेलबाट लिने गरेका छन् । अहिले नेपालमा सरकार आईएसपीहरूबीच करको वक्यौता रकमलाई लिएर विवाद जारी छ ।

त्यही विवादका कारण सरकारले ब्यान्डविथ आयातवापद भारतीय कम्पनीलाई भुक्तानी गर्नुपर्ने रकमबारे निर्णय दिएको छैन । त्यहीकारण एयरटेलको भुक्तानी पनि रोकिएको छ । राजस्वको वक्यौता विवाद अहिले अदालतसम्म पुगेको छ । वक्यौता नतिरेको भन्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले एयरटेललाई भुक्तानी गर्न‍े प्रयोजनाका लागि विदेशी मुद्रा सिफारिस नगरिदिएपछि समस्या यहाँसम्म आइपुगेको हो ।

आईएसपीहरूले राजस्वको वक्यौता बुझाउन बाँकी नरहेको बताइरहँदा सरकारले पनि आफ्नो अडान छाडेको छैन । यसअघि नै आईएसपीहरूले इन्टरनेट अवरुद्ध हुने चेतावनी दिइसकेका थिए ।

अब ब्यान्डविथ किनेवापदको रकम भुक्तानी नभएपछि एयरटेलले आपूर्ति रोकिदिएपछि देशभर इन्टरनेट स्लो, डाउन र चल्दै नचल्ने भएको हो ।

प्रकाशित मिति : २० बैशाख २०८१, बिहीबार  ५ : ४४ बजे

संसद्मा सत्तापक्षबाट दुर्व्यवहार भएको भन्दै नेविसङ्घको आपत्ति

काठमाडौं‍- प्रतिनिधि सभा बैठकमा बिहीबार सत्तापक्षबाट असंसदीय कार्य भएको भन्दै

चट्याङ लागेर ११ जनाको मृत्यु

काठमाडौं– भारतको पश्चिम बंगालमा चट्याङ लागेर ११ जनाको ज्यान गएको

५ लाख धरौटीमा रिहा भए रवि ओड

काठमाडौं– वैवाहिक बलात्कारको मुद्दापछि प्रहरी नियन्त्रण रहेका नेपाल आइडल सिजन

सनराइजर्स हैदरावाद आइपिएलको प्लेअफमा

काठमाडौं– सनराइजर्स हैदरावाद इन्डियन प्रिमियर लिग (आइपिएल) को प्लेअफमा पुगेको

कांग्रेसलाई जवाफ दिन ‘विश्वासको कार्ड’ ?

काठमाडौं- विहीबार संसदमा हंगामा भइरहँदा सत्तापक्षका नेता नेपी शर्मा ओलीले