इन्टरनेट नचल्दा रोकियो राहदानीको ‘लाइभ इनरोलमेन्ट’ « Khabarhub

इन्टरनेट नचल्दा रोकियो राहदानीको ‘लाइभ इनरोलमेन्ट’


२० बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतीय कम्पनी एयरटेलले भुक्तानी नपाएको भन्दै नेपालको ब्यान्डविथ आपूर्ति बन्द गरिदिँदा सरकारी सेवा पनि प्रभावित भएका छन् ।

एयरटेलबाट नेपाली इन्टरनेट सेवा प्रदायकहरूले ८० प्रतिशत ब्यान्डविथ आपूर्ति गरिरहेका थिए ।

यस्तोमा बिहीबार अपरान्हदेखि एयरटेलले ब्यान्डविथ आपूर्ति रोकिदिँदा देशभर इन्टर करिब ठप्प जस्तै छ ।

ठूला कम्पनीहरू वर्ल्डलिङ्क, भायानेट र सुविसुसहितका अधिकांश इन्टरनेट कि त डाउन भएको छ कि त अवरुद्ध छ ।

इन्टरनेट अवरुद्ध भएकै कारण विदेशस्थित राजदूतावासहरूबाट राहदानीको इनरोलमेन्ट कार्य पनि ठप्प भएको छ ।

कतारस्थि नेपाली दूतावासले नेपालमा इन्टरनेट अवरुद्ध हुँदा बिहीबारका लागि राहदानीको इनरोलमेन्ट रोकिएको जनाएको छ ।

‘नेपालमा आकस्मिक रूपमा इन्टरनेटमा समस्या आएका कारण आज राहदानीको इनरोलमेन्ट हुन नसकेकोमा क्षमाप्रार्थी छौँ’, दूतावासले भनेको छ, ‘आज राजस्व तिर्नुभएका सबैको आइतबारदेखि अप्लाई गर्न सकिनेछ ।’

के हो इनरोलमेन्ट?

विदेशस्थित नेपाली दूतावासबाट विद्युतीय राहदानी प्रदान गर्नका लागि लाइभ इनरोलमेन्टको व्यवस्था गरिएको छ ।

लाइभ इनरोलमेन्ट गरेर विदेशस्थित नेपालीलाई विद्युतीय राहदानी दिने गरिएको छ ।

खाडीका अन्य देश र मलेसियामा रहेको नेपाली नियोगबाट विद्युतीय राहदानी जारी गर्ने व्यवस्था सरकारले गरेको छ ।

नेपालमा सबै जिल्ला प्रशासन कार्यालयहरूबाट विद्युतीय राहदानीका लागि लाइभ इनरोलमेन्ट गरिन्छ। तर त्यसका लागि इन्टरनेट आवश्यक हुन्छ ।

प्रकाशित मिति : २० बैशाख २०८१, बिहीबार  ६ : २७ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार