इन्टरनेट नचल्दा रोकियो राहदानीको ‘लाइभ इनरोलमेन्ट’ | Khabarhub Khabarhub

इन्टरनेट नचल्दा रोकियो राहदानीको ‘लाइभ इनरोलमेन्ट’


२० बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतीय कम्पनी एयरटेलले भुक्तानी नपाएको भन्दै नेपालको ब्यान्डविथ आपूर्ति बन्द गरिदिँदा सरकारी सेवा पनि प्रभावित भएका छन् ।

एयरटेलबाट नेपाली इन्टरनेट सेवा प्रदायकहरूले ८० प्रतिशत ब्यान्डविथ आपूर्ति गरिरहेका थिए ।

यस्तोमा बिहीबार अपरान्हदेखि एयरटेलले ब्यान्डविथ आपूर्ति रोकिदिँदा देशभर इन्टर करिब ठप्प जस्तै छ ।

ठूला कम्पनीहरू वर्ल्डलिङ्क, भायानेट र सुविसुसहितका अधिकांश इन्टरनेट कि त डाउन भएको छ कि त अवरुद्ध छ ।

इन्टरनेट अवरुद्ध भएकै कारण विदेशस्थित राजदूतावासहरूबाट राहदानीको इनरोलमेन्ट कार्य पनि ठप्प भएको छ ।

कतारस्थि नेपाली दूतावासले नेपालमा इन्टरनेट अवरुद्ध हुँदा बिहीबारका लागि राहदानीको इनरोलमेन्ट रोकिएको जनाएको छ ।

‘नेपालमा आकस्मिक रूपमा इन्टरनेटमा समस्या आएका कारण आज राहदानीको इनरोलमेन्ट हुन नसकेकोमा क्षमाप्रार्थी छौँ’, दूतावासले भनेको छ, ‘आज राजस्व तिर्नुभएका सबैको आइतबारदेखि अप्लाई गर्न सकिनेछ ।’

के हो इनरोलमेन्ट?

विदेशस्थित नेपाली दूतावासबाट विद्युतीय राहदानी प्रदान गर्नका लागि लाइभ इनरोलमेन्टको व्यवस्था गरिएको छ ।

लाइभ इनरोलमेन्ट गरेर विदेशस्थित नेपालीलाई विद्युतीय राहदानी दिने गरिएको छ ।

खाडीका अन्य देश र मलेसियामा रहेको नेपाली नियोगबाट विद्युतीय राहदानी जारी गर्ने व्यवस्था सरकारले गरेको छ ।

नेपालमा सबै जिल्ला प्रशासन कार्यालयहरूबाट विद्युतीय राहदानीका लागि लाइभ इनरोलमेन्ट गरिन्छ। तर त्यसका लागि इन्टरनेट आवश्यक हुन्छ ।

प्रकाशित मिति : २० बैशाख २०८१, बिहीबार  ६ : २७ बजे

आइपिएलमा आज मुम्बई र लखनउ खेल्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुदै

महानगरले माग्यो नीति तथा कार्यक्रमका लागि सुझाव

काठमाडौं– काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८१-८२ को नीति तथा कार्यक्रम

कराँतेमा नेपाल किन कमजोर ?

काठमाडौं- क्रिकेटमा नेपाली खेलाडीहरुले विश्वमा राम्रो छवि बनाउन सफल भएता

प्रधानमन्त्री प्रचण्डले जेठ ७ गते विश्वासको मत लिने

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही जेठ ७ गते विश्वासको

राष्ट्रियसभा बैठक बस्दै

काठमाडौं– संघीय संसद्अन्तर्गत राष्ट्रियसभा बैठक बस्दैछ। बैठक दिउँसो सवा १