भारतका महालेखापरीक्षकले भेटे प्रधानमन्त्री प्रचण्डलाई | Khabarhub Khabarhub

भारतका महालेखापरीक्षकले भेटे प्रधानमन्त्री प्रचण्डलाई


२० बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहनुभएका छिमेकी मित्रराष्ट्र भारतका नियन्त्रक एवं महालेखापरीक्षक गिरीशचन्द्र मर्मुले भेट गरेका छन् ।

सिंहदरबारमा बिहीबार भएको भेटमा उनीहरूबीच नेपाल–भारतका लेखापरीक्षणका लागि क्षमता अभिवृद्धि र अनुभव आदान–प्रदानलगायतमा छलफल भएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा.रुपक सापकोटाले बताए ।

उक्त अवसरमा प्रधानमन्त्री प्रचण्डले नेपाल र भारतको महालेखापरीक्षकको कार्यालयबीचको सहयोग एवं अनुभव आदान–प्रदान गर्ने सहमतिबाट दुवै देशको सार्वजनिक लेखापरीक्षणमा सहयोग पुग्ने विश्वास जनाए ।

भारतका महालेखापरीक्षक मुर्मुले नेपालको लेखापरीक्षणबारे आफूले जानकारी प्राप्त गरेको उल्लेख गर्दै आगामी दिनमा दुई देशका लेखापरीक्षकहरूले एकअर्काको अनुभव र सीप सिक्न सक्ने विश्वास जनाए ।

भेटमा नेपालका महालेखापरीक्षक तोयम राय, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. सापकोटा एवं परराष्ट्र मन्त्रालयका उच्चअधिकारीसमेत उपस्थित थिए ।

प्रकाशित मिति : २० बैशाख २०८१, बिहीबार  ६ : ५० बजे

बढ्दै गइरहेको नेपाल-चीनको सम्बन्ध

काठमाडौं– प्राध्यापक हुआङ झेङ डुओ चीनको सिचुआन विश्वविद्यालयको नेपाल अध्ययन

मधेसका २५ पालिकामा पशुपक्षी उपचार केन्द्र निर्माण गरिँदै

जनकपुरधाम– मधेस प्रदेशका १३६ पालिकामध्ये २५ वटामा कृषि तथा पशुपक्षी

बक्यौता माग्दै उखु बोकेर धर्ना बसे किसान (तस्बिरहरू)

काठमाडौं– उखु उत्पादक महासंघ नेपालले गत आर्थिक वर्ष ०८१/०८२ को

‘काजी’मा विपीन, केकी र गरिमा

काठमाडौं- नायक विपिन कार्की, नायिकाद्वय केकी अधिकारी र गरिमा शर्मालाई

राष्ट्रपति भेट्न पुगे विपिन जोशीका परिवार

काठमाडौं–  राष्ट्रपति रामचन्द्र पौडेलसँग प्यालेस्टिनी समूह हमासले बन्धक बनाएका महेन्द्रनगरका