प्रदेश सरकार जनताका समस्याप्रति संवेदनशील छ : मुख्यमन्त्री यादव | Khabarhub Khabarhub

प्रदेश सरकार जनताका समस्याप्रति संवेदनशील छ : मुख्यमन्त्री यादव


२० बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

सप्तरी – मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले जनताका समस्याप्रति प्रदेश सरकार संवेदनशील रहेको बताएका छन् ।

सप्तरीको महादेवा गाउँपालिका—१ स्थित चिम्टीका अग्निपीडितको अवस्थाबारे आज जानकारी लिनेक्रममा आज मुख्यमन्त्री यादवले मधेसमा बसोबास गर्ने हरेक व्यक्तिको पीडा र समस्याप्रति सरकार संवेदनशील रहेको बताए ।

उनले आगलागीपीडित जनतालाई राहत तथा पुनर्स्थापनाका काममा पनि सरकार तदारुकताका साथ लाग्ने भन्दै उनले समस्याबाट नआत्तिन पीडित परिवारलाई आग्रह गरे ।

“केही दिनभित्रै प्रदेश सरकाले अग्निपीडितका लागि राहतप्याकेज घोषणा गरी पीडित परिवारका घर निर्माणको काम सुरूआत गर्नेछ । प्रदेश सरकार तपाईँहरुको साथमै छ त्यसैले सँगसँगै मिलेर समस्याको सामना गरौँला”, उनले भने ।

त्यसअवसरमा मधेस प्रदेशका वन तथा पर्यटनमन्त्री भरतप्रसाद साह, पूर्वअर्थमन्त्री शैलेन्द्रप्रसाद साह, मधेश प्रदेशसभा सदस्य मनिष सुमन, किरण साह, प्रमुख जिल्ला अधिकारी किरण थापा, स्थानीय जनप्रतिनिधिलगायत विभिन्न पार्टीका नेताहरूले चिम्टीका अग्निपिडितहरुको समस्या बारे जानकारी लिएका थिए ।

प्रकाशित मिति : २० बैशाख २०८१, बिहीबार  ८ : ३९ बजे

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

धनकुटा–  ३३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा भोजपुर साल्पासिलिछो गाउँपालिका-४ बस्ने

उत्पादन र निर्माण क्षेत्रको अवस्था ऋणात्मक हुन्छ : राष्ट्र बैंक

काठमाडौं– नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो

छोराको हत्या आरोपमा आमा पक्राउ

पर्सा– आफ्नै ५ महिनाको छोराको हत्या गरी फरार रहेको अभियोगमा वीरगंज महानगरपालिका-१७

रुसलाई हतियार नदिएको किमकी बहिनी जोङको दाबी

काठमाडौं– उत्तर कोरियाका शासक किम जोङ उनकी बहिनी किम यो

‘रेड नोटिस’ जारी भएका व्यक्ति पक्राउ गरी नेपाल ल्याइयो

काठमाडौं– ज्यान सम्बन्धी कसुर मुद्दा र विद्युतीय कारोबार कसुर सम्बन्धी