सांसद बस्नेत मुछिएको सहकारी प्रकरण छानबिन गर्न सरकारलाई राप्रपाको आग्रह « Khabarhub

सांसद बस्नेत मुछिएको सहकारी प्रकरण छानबिन गर्न सरकारलाई राप्रपाको आग्रह


२० बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


369
Shares
  • change font
  • change font
  • change font

राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधि सभा सांसद गीता बस्नेत जोडिएको सहकारी हिनामिना प्रकरण छानबिन गर्न सरकारलाई आग्रह गरेको छ।

बिहीबार बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समिति बैठकपछि प्रवक्ता मोहन श्रेष्ठले जारी गरेको विज्ञप्तिमा यसो भनिएको छ ।

श्रेष्ठले बस्नेतमाथि सरकारी निकायबाट निष्पक्ष छानबिन माग गर्ने निर्णय गरिएको बताएका छन् ।

बस्नेतको कम्पनीबाट सहकारीको रकम अपचलन भएको खबर सार्वजनिक भएको छ । राप्रपाले छानबिनमा सहयोग गर्न सांसद बस्नेतलाई  निर्देशन दिएको छ।

नवलपुरको कावासोतीस्थित छिपछिपे उपभोक्ता सहकारीसहितका संस्थाको बचत रकम अपचलन आरोपमा बस्नेतसहित १४ जनाविरूद्ध मंगलबार पक्राउ पुर्जी जारी भइसकेको छ ।

बस्नेतले आफन्तसँग मिलेर सहकारीको रकम हिनामिना गरेर बर्दियामा कृष्णसार रिसोर्ट खोलेको आरोप छ ।

नवलपुर र चितवनका सहकारीको ३० करोड रूपैयाँ सांसद बस्नेतकै योजना र संरक्षणमा बिनाधितो निकालेर रिसोर्टमा लगाएको खुलेको छ ।

राप्रपाले सहकारी प्रकरणमा संलग्न अन्यमाथि पनि स्वतन्त्र छानबिन गरी कारबाही चलाउन सरकारसँग माग गरेको छ ।

 

प्रकाशित मिति : २० बैशाख २०८१, बिहीबार  १० : ४६ बजे

प्रचण्ड भन्छन् : म्याजिक नम्बरका कुरा नगरौँ, रास्वपालाई हाम्रो शुभकामना छ

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले

निर्वाचनपश्चात् संविधानले सही बाटो समातेको छ : गृहमन्त्री

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा प्रतिनिधिसभा

मध्यपूर्वमा पानी जहाजमाथि आक्रमण हुँदा दुई भारतीयको मृत्यु

नयाँदिल्ली- मध्यपूर्वमा जारी युद्धका बीच व्यापारिक पानी जहाजमाथि भएका आक्रमणमा

इरानले अमेरिकामा हुने विश्वकप फुटबल नखेल्ने

तेहरान- जबर्जस्त युद्ध थोपरिएपछि इरानले अमेरिका, मेक्सिको र क्यानाडामा यही

ग्यासको अनावश्यक भण्डारण नगर्न र बिजुलीको खपत बढाउन निगमको आग्रह

काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थ तथा ग्यासको आवश्यक परिमाणमा