राष्ट्रियस्तरको कांग्रेस प्रशिक्षण सम्पन्न « Khabarhub

राष्ट्रियस्तरको कांग्रेस प्रशिक्षण सम्पन्न


२० जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– नेपाली कांग्रेस चितवनले तीनदिने राष्ट्रियस्तरको आवासीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

नेपाली कांग्रेसका केन्द्रीय प्रशिक्षक प्रशिक्षण विभागका पूर्वसंयोजक विमलेन्द्र निधिले समावेशिता र समाजवादका बारेमा प्रशिक्षण दिएका थिए ।

यस्तै, पार्टी नेता गोविन्दराज पोख्रेलले नेपाली कांग्रेसको प्रजातान्त्रिक समाजवाद, गत निर्वाचनको घोषणापत्र र आगामी दिनको अर्थनीतिका बारेमा प्रशिक्षण दिए ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नयनसिंह महरले प्रतिपक्षको आरोपको प्रतिवाद र प्रकाश रसाइलीले दलित मुद्दाहरूका बारेमा प्रशिक्षण दिएका थिए ।

नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालका अनुसार केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी, कांग्रेसको केन्द्रीय प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक सुरेश आचार्य, पार्टीको वाग्मती प्रदेशका प्रशिक्षण शाखाका निर्देशक राजु नेपाल, डा सञ्जय चौधरी, एकनारायण पौडेल, प्रकाश अधिकारी, केशव चालिसेले समसामयिक राजनीति र प्रविधिका बारेमा प्रशिक्षण दिएका थिए ।

जिल्लाका ५३ जना अगुवा कार्यकर्ता तालिममा सहभागी भएका थिए । शनिबार अबेर तालिमको समापन गरिएको हो । तालिममा सहभागीहरूले पार्टीको नीति र अभियानलाई गाउँगाउँमा लैजाने तालिमका संयोजक नेपाली कांग्रेस चितवनका प्रशिक्षण शाखाका संयोजक शालिकराम पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : २० जेठ २०८१, आइतबार  १० : ५६ बजे

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको

बेगनास तालमा डुबेर युवकको मृत्यु

कास्की – पोखरा महानगरपालिका–३१ स्थित बेगनास तालमा नुहाउने तथा पौडी

लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग

गुल्मी – बेलायतको लन्डनस्थित पशुपतिनाथ मन्दिर व्यवस्थापन समितिले नेपालका बाढीपीडितको