बजेटमा ओली सरकारको उपलब्धि आएन, अर्कोपल्ट ध्यान दिनुहोला : गोकुल बास्कोटा « Khabarhub

बजेटमा ओली सरकारको उपलब्धि आएन, अर्कोपल्ट ध्यान दिनुहोला : गोकुल बास्कोटा

‘तर समग्रमा बजेट सन्तुलित’


२० जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (एमाले)का सांसद् एवम् पूर्वमन्त्री गोकुल बास्कोटाले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमा सरकारले केपी ओली नेतृत्वको सरकारका पालामा प्राप्त उपलब्धि नसमेटिएको गुनासो गरेका छन्‌ ।

प्रतिनिधि सभा बैठकमा आगामी बजेटमाथि भएको छलफलमा धारणा राख्दै एमाले नेता बास्कोटाले अर्थमन्त्री पुनलाई ओली सरकारका पालाको उपलब्धि दुई वर्ष पछिको बजेटमा भए पनि समेट्न समेत आग्रह गरे ।

‘अलिकति अपनत्व लिने कुरामा कन्जुस्याइँजस्तो देखियो, जस दिने कुरामा पनि त्यस्तो देखियो । यो अलमलिनुपर्ने कुरा थिएन,’ बास्कोटाले भने, ‘नेकपाकै सरकार, केपी ओलीकै सरकार भएको सन्दर्भमा अहिलेको अर्थमन्त्रीज्यू आफैं पनि मन्त्री हुनुहुन्थ्यो त्यो क्याबिनेटमा !’

बास्कोटाले थपे, ‘२०७४ पछि ७८ सम्म अनेक चिजमा शिक्षामा, स्वास्थ्यमा, भौतिक पूर्वाधारमा, आर्थिक वृद्धिदरमा, पुननिर्माणमा, विद्युतीकरण लगायत सबै क्षेत्रहरूमा जुन स्तरको प्रगति भयो, त्यो असाधारण छ । तथ्यहरुले त्यही बताउँछ । त्यो चाहिँ लेराइदिनुभएको भए राम्रो हुन्थ्यो । रेल्वेदेखि सप्पै कुराहरूमा त्यो देखिन्छ । अलिकति ओझेलमा पर्‍यो कि भन्ने लाग्छ, अब अर्कोपल्ट ध्यान दिनुहोला । यो पल्ट त आइहाल्यो ।’

बजेट ल्याउनुअघि अर्थमन्त्री पुनले प्रमुख सत्ताघटक दलसँग खासै सल्लाह नगरेको पनि बास्कोटाले बताए । साथै बजेट छलफलको पहिलो दिनमै प्रतिनिधि सभामा अर्थमन्त्री अनुपस्थित हुँदा त्यत्ति मीठो नलागेको भन्दै व्यङ्ग्य गर्न भ्याए ।

‘दुखेसो चाहिँ के छ भने सरकारको प्रमुख घटक, मेन पिल्लरसँग खासै सल्लाहसुझाव गरेको बुझिएन । अरु क्षेत्रहरुसित के भयो, त्यो पनि थाहा भएन,’ पूर्वमन्त्री बास्कोटाले भने, ‘यो राम्रै छ, सन्तुलितै छ । तर यसलाई अझै राम्रो बनाउनका लागि चाहिँ थप छलफल गर्‍या भए हुन्थ्यो, अब अर्थमन्त्रीज्यूको समय भएन कि वा ध्यान पुगेन, नियतै त्यस्तो भनेर चाहिँ म शंका गर्दिन्नँ ।’

मन्त्रालयगत विनियोजनमा केही प्रश्न उठेका भन्दै बास्कोटाले केही सन्तुलन गर्न अर्थमन्त्रीलाई सुझाए । एकापट्टी अलि ढल्केको जस्तो, अन्यत्र अलिकति कमजोर जस्तो देखिएको बास्कोटाको टिप्पणी छ ।

प्रकाशित मिति : २० जेठ २०८१, आइतबार  ४ : ११ बजे

प्रधानमन्त्री बालेनले किन बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक ?

काठमाडौँ – प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका

रुपन्देहीबाट तीनजान लागूऔषध कारोबारी पक्राउ

लुम्बिनी– रुपन्देहीमा प्रहरीले गएराति लागूऔषध ओसारपसार कारोबारीलाई नियन्त्रणमा लिनेक्रममा तीन

भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउन गृहमन्त्रीको निर्देशन- ‘भोलि नभनी आजै र अहिल्यै’ काम गर्नू

काठमाडौँ – गृह मन्त्रालयले देशको शान्ति सुरक्षा र अपराध नियन्त्रणलाई

किम्बु बिरुवाको माग बढ्दो

चितवन– रेशम किरापालनका लागि परम्परागत रूपमा प्रयोग हुँदै आएको किम्बु

टेम्केमैयुङको प्रशासकीय भवन निर्माण हुने

भोजपुर– भोजपुरको टेम्केमैयुङ गाउँपालिकाको नयाँ प्रशासनिक भवन निर्माण हुने भएको