लाइसेन्स बनाइदिन्छ भन्दै रकम असुल्ने दुई जना पक्राउ   « Khabarhub

लाइसेन्स बनाइदिन्छ भन्दै रकम असुल्ने दुई जना पक्राउ  


२० जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


978
Shares
  • change font
  • change font
  • change font

रौतहट– रौतहट जिल्ला सदरमुकाम गौर स्थित यातायात व्यवस्था कार्यालय देशभरको दलालहरूको केन्द्र बनेको छ । दुई पांग्रे चारपांग्रे सवारी चालक अनुमति पत्र पैसाको भरमा सजिलै पाइने हुँदा गौर कार्यालय देशभरिको दलालको लागी आकर्षणको केन्द्र बनेको हो ।

यसैबीच गौरको ट्रायल सेन्टरबाट दुई जना दलाललाई आइतबार प्रहरीले पक्राउ गरेका छन् । ट्रायल सेन्टरमा दलालहरूले लाइसेन्स बनाई दिने भन्दै सेवाग्राहीसँग रकम असुलको गुनासो आएपछि दुई जना दलाललाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी डिएसपी एलिजा गिरीले बताएकी छिन् ।

पक्राउ पर्नेमा चितवन भरतपुर १० बस्ने वर्ष ४५ को रमेश पाठक र गौर नगरपालिका १ बस्ने वर्ष ४८ को श्याम नारायण साह रहेको प्रवक्ता गिरीले जानकारी दिएकी छन् ।

पक्राउ परेका दुवै जना माथि मुद्दा दर्ता तथा म्याद थपको प्रक्रिया जारी रहेको तथा प्रक्रिया पूरा भएपछि घटनाबारे पूर्ण विवरण सार्वजनिक गर्ने डिएसपी गिरीले बताएकी छिन् ।

पछिल्लो समय यातायात कार्यालय गौरमा हरेक समय स्थानीय देखि काठमाडौं सम्मका दर्जनौँ दलाल घुमिरहेको देख्न सकिन्छ। दलाल मार्फत खुलेआम रकम लिएर चालक अनुमति पत्र खरिद बिक्री हुने गरेको गुनासो बढ्दै गएको छ ।

स्कुटर, जिप, कार, टेम्पु, ट्याक्टर लगायतका सवारी साधनको अनुमति पत्र वितरण तथा सवारी साधनको नवीकरण, सवारी दर्ता, सवारी जाँच पास र नामसारी लगायतका कार्यको लागी आर्थिक लेनदेन दलाल मार्फत हुने गरेको सेवाग्राहीले गुनासो गरेका छन्। कार्यालयका प्रमुख अरविन्द दासले आरोपको खण्डन गरेका छन् ।

– न्युज कारखाना 

प्रकाशित मिति : २० जेठ २०८१, आइतबार  ४ : ३३ बजे

प्रतिनिधिसभा बैठक बस्दै (कार्यसूचीसहित)

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक

विश्वकप अन्तिम ३२ को समीकरण पूरा, कसको भिडन्त कुन टिमसँग ?

काठमाडौँ – विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत समूह चरणका खेलहरू समाप्त भएसँगै

आज मदन भण्डारीको ७५औँ जन्मजयन्ती, ओली, प्रचण्ड र नेपाल एउटै मञ्चमा उभिने

काठमाडौँ– नेकपा एमालेले आज जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्ती विशेष

इन्जुरी समयमा सनसनीपूर्ण गोल: अस्ट्रियाको नाटकीय बराबरीसँगै स्पेनसँगको भेट पक्का

काठमाडौँ – खेलको अन्तिम समयमा भएको सनसनीपूर्ण गोलको मद्दतले अस्ट्रियाले

मेसीको कीर्तिमानी गोलसँगै अर्जेन्टिना विजयी

काठमाडौँ – स्टार स्ट्राइकर लियोनेल मेसीले खेलको अन्तिममा कीर्तिमानी गोल