हावाहुरीले चितवनको केरा खेतीमा करोडौँको क्षति, तनावमा किसान « Khabarhub

हावाहुरीले चितवनको केरा खेतीमा करोडौँको क्षति, तनावमा किसान


२० जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


8.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शुक्रबार र शनिबार आएको हावाहुरीले चितवनको केरा खेतीमा करोडौँको क्षति भएको छ ।

हावाहुरीले चितवनको रत्ननगर खैरहनी र कालिका नगरपालिकामा लगाइएको केरा खेतीमा क्षति पुगेको किसानहरूले बताएका छन् ।

हावाहुरीले चितवनको करिब २ हजार ५ सय बिगाहामा लगाएको केरा क्षति भएको चितवन केरा उत्पादक संघका अध्यक्ष माधव प्रसाद घिमिरेले बताए ।

हावाहुरीले चितवनका किसानहरूको करिब १२ करोड बराबरको केरा क्षति भएको उनले बताए ।

चितवनमा हावाहुरीले हालसम्मकै धेरै केरा खेतीमा क्षति भएको किसानहरूले बताएका छन् । जेठमा यसरी हावा हुरी आएर क्षति होला भनेर कल्पनासमेत नगरेको किसानहरू अहिले तनावमा छन् ।

हावाहुरीले ११ बिगाहा जग्गामा लगाएको केरा सखाप भएको चितवन खैरहनी नगर पालिका ६ तुलसी पुरका किसान पुष्क सिंहले बताए ।

 

टिपेर बेच्ने बेला भएको केरा पूर्ण रूपमा क्षति हुँदा किसानहरू निराश भएका छन् । चितवनमा करिब ३ हजार ५ सय बिगाहामा केरा खेती भए पनि १ हजार ५ सय बिगाहाको केरामा मात्रै बिमा गरेका छन् ।

केरा खेतीमा बिमा गरिए पनि सरकारले समयमा नै बिमित रकम बिमा कम्पनीलाई नबुझाउँदा बिमाको रकम पाउन पनि ढिला हुने गरेको किसानहरू बताउँछन् ।

गत वर्ष बिमा कम्पनी दिनु पर्ने ४ करोड मध्य २ करोड रुपैयाँमा मात्र किसानले पाएको र २ करोड अझै बाँकी छ । किसानहरूले प्रतिबिगाहा बाट करिब १० लाखको हारीहारीमा केरा बिक्री गर्ने गरेका छन् ।

हाव हुरीले केरा खेतीमा ठूलो क्षति भए पछि किसानलाई क्षति पूर्तिको लागि पहल गर्ने उद्योग वाणिज्य संघ चितवनका प्रथम उपाध्यक्ष राजेन्द्र ओलीले बताए ।

हावाहुरीले ठूलो घाटा बेहोर्न बाध्य किसानलाई बारीमा ढलेको केराको बोट कसरी हटाउने भन्ने अर्को चिन्ता थपिएको छ ।

प्रकाशित मिति : २० जेठ २०८१, आइतबार  ४ : ४४ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ