उदयपुरका सबै सहकारी पीडितहरू एकै ठाउँमा, आन्दोलनको तयारी | Khabarhub Khabarhub

उदयपुरका सबै सहकारी पीडितहरू एकै ठाउँमा, आन्दोलनको तयारी


२० जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सर्वसाधारणको बचत अपचलन गरेर सम्पर्क विहीन भएको भन्दै ग्रेस अनुग्रह सहकारी संस्थाका पीडितहरूले संघर्ष समिति गठन गरेर आन्दोलनको तयारी गरेका छन् ।

उदयपुरको चौदण्डीगढी नगरपालिका बेल्टार बजारमा संचालन हुँदै आएको ग्रेस अनुग्रह सहकारी संस्थाले बचतकर्ताहरूको करोडौँ रुपैयाँ अपचलन गरेर सम्पर्क विहीन भएपछि आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै पीडितहरूले संघर्ष समिति नै गठन गरेर आन्दोलन गर्ने घोषणा गरेका हुन् ।

उदयपुर जिल्लाको बेलका नगरपालिका र चौदण्डीगढी नगरपालिकामा आफ्नो कारोबार संचालन गर्दै आएको ग्रेस अनुग्रह सहकारी संस्थाले विगत २ वर्ष देखी बचत कर्ताको बचत रकम फिर्ता गरेको छैन । ५० हजार देखी लाखौँ सम्म रकम बचत गरेका संस्थाका बचत कर्ताले समयमा पैसा फिर्ता नपाएपछि आन्दोलनको विकल्प नरहेको बताए ।

आफूहरूले साना साना बालबालिकाको भविष्य राम्रो होस् भन्दै मजदुरी गरेर कमाएको रकम बचत गरेको तर समयमा पैसा फिर्ता नभए पछि आफूहरू आन्दोलनमा उत्रिन बाध्य भएको सहकारी पीडित राधा राईले बताइन् ।

ग्रेस अनुग्रह सहकारी संस्थाले बचत कर्तालाई अलमल्याउन व्यक्तिगत खाताको चेक दिने गरेको पीडितहरूले बताएका छन् । उनीहरूले ग्रेसमा काम गर्ने कर्मचारीले दिएको चेक देखाउँदै आफूहरूलाई झुक्क्याउन पैसा नभएको आफ्नो व्यक्तिगत नामको चेक दिएर ठगी  गरेको बताए ।

पीडितहरूले आफूहरूलाई चेक दिएर पैसा फिर्ता गर्ने बहाना बनाउँदै आफिस छोडेर भागेकोले सहकारी सञ्चालक नफर्कने हो कि भन्ने शंका उब्जिएको समेत बताए । आफ्ना एक छोरा र एक छोरीको पढाई पुरा गर्न चटपटे बेचेर बचत गरेको पैसा ग्रेस अनुग्रह सहकारीले खाइदिएको कारबाही गर्नुपर्ने अर्की सहकारी पीडित दिनेश्वरी चौधरीले बताइन् ।

पीडितहरूले दुई वर्ष देखी आफ्नो बचत फिर्ता नगरेकोले आन्दोलनको विकल्प नरहेको बताए । अब पनि सहकारीले आफूहरूको बचत फिर्ता नगर्ने हो भने प्रशासन घेराउ देखी सडक जाम गरेर आन्दोलन गर्ने सम्मका कार्यक्रम आफूहरू अघि सार्न बाध्य हुने संघर्ष समितिका संयोजक डि.वी. लामिछानेले बताए ।

पीडितहरूले सहकारी सञ्चालक सम्पर्कमा आएर नियमित अफिस खोल्न र सबै बचत कर्ताको रकम समयमा फिर्ता गर्न माग गरेका छन् ।

प्रकाशित मिति : २० जेठ २०८१, आइतबार  ४ : ५४ बजे

आजका समाचार : बहिष्कार र विरोधकाबीच संसद् जारी, पत्रकार पाठकलाई पक्राउ नगर्न आदेश र राेकिएन इरान- इजरायल तनाव

विश्वविद्यालयमा तोडफोड गर्नेलाई कारबाही गर्न प्रधानमन्त्रीको निर्देशनप्रधानमन्त्री केपी शर्मा ओलीले

विकासको संस्कृति सही रुपमा अघि बढिरहेको छ : मन्त्री पाण्डे

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले काठमाडौँ, भक्तपुर

इजरायलले मध्यपूर्वको सुरक्षामा खतरा निम्त्यायो : राष्ट्रपति एर्दोगान  

एजेन्सी – टर्कीएका राष्ट्रपति रेसेप तैयप एर्दोगान इजरायलले मध्यपूर्वको सुरक्षामा

स्थानीय सरकारको सञ्चार नीतिसम्बन्धी अन्तरक्रिया सम्पन्न

काठमाडौं– बूढानीलकण्ठ नगरपालिकामा आज स्थानीय सरकारको सञ्चार नीतिसम्बन्धी ‘मेयरसँग पत्रकार

बढेन प्रदेशको बजेट, राजस्व परिचालनमा पनि कछुवाकै ताल

काठमाडौं– आइतबार सातै प्रदेशका सरकारले संघीयताको अभ्यासपछि आठौँ बजेट ल्याएका