हिमालयन बैंकको विराटनगर शाखा-२  स्थानान्तरण, अब रोडशेष चोकबाट सेवा दिने « Khabarhub

हिमालयन बैंकको विराटनगर शाखा-२  स्थानान्तरण, अब रोडशेष चोकबाट सेवा दिने


२० जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हिमालयन बैंक लिमिटेडले सिभिल बैंकलाई प्राप्ति गरे पश्चात् नजिक भएका शाखा सञ्जालहरु मध्ये विराटनगर शाखा-२ लाई स्थानान्तरण गरी रोडशेष चोक, विराटनगर महानगरपालिका वडा नं १२, मोरङ्गबाट आइतबार देखि रोडशेष चोक शाखाको नामबाट सम्पूर्ण बैंकिङ सेवा प्रदान गरी संचालनमा ल्याएको छ ।

बैंकको उक्त शाखाको उद्घाटन उद्योग वाणिज्य संगठन मोरङ्गका अध्यक्ष राकेश सुराणा तथा बैंकका कोशी प्रदेशका प्रदेश प्रमुख सन्तोष पराजुलीले बैंकका अन्य कर्मचारीहरूको उपस्थितिमा गरेका हुन्  ।

हाल बैंकले नेपाल भरी फैलिएका १७४ शाखा, २० विस्तारित काउन्टर, २६४ एटीएम,  ६,५०० भन्दा बढी पाेस  टर्मिनलहरू र १७,००० भन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरूबाट विभिन्न बैंकिङ सेवा प्रदान गर्दै आएको बैंकका प्रेस तथा जन सम्पर्क अधिकृत शीतल कोइरालाले जनाएका छन् ।

प्रकाशित मिति : २० जेठ २०८१, आइतबार  ६ : ४८ बजे

इशान र अर्शदीप चम्किँदा न्युजिल्यान्डविरुद्ध भारतको शानदार जित

काठमाडौं – इशान किशनको विस्फोटक शतक र अर्शदीप सिंहको पाँच

‘टाइगर कप भलिबल’को उपाधि गण्डकी प्रदेशलाई

कास्की – पोखरामा सञ्चालन भएको छैटौँ संस्करणको टाइगर कप राष्ट्रिय

भोला रिजालको शब्दमा ‘अन्धकार पन्छाएर’ बोलको गीत सार्वजनिक

काठमाडौं – प्रतिष्ठित स्त्रीरोग विशेषज्ञ डा. भोला रिजालको शब्द रचना

देश र जनताको हितमा काम गर्ने व्यक्तिलाई मात्रै संसद्मा पठाउनुपर्छः अध्यक्ष बिजुक्छेँ

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजक्छेँले संसद्मा

चलचित्र ‘जाँड’ले पायो पिजी सर्टिफिकेट

काठमाडौं – चलचित्र ‘जाँड’लाई केन्द्रीय चलचित्र जाँच समितिले सबैले हेर्न