ओलीपछि देउवा पनि मध्यराति शीतल निवासमा « Khabarhub

ओलीपछि देउवा पनि मध्यराति शीतल निवासमा


१८ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बिरामी भएका भनिएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि शीतल निवास पुगेका छन्।

उनी दोस्रो तहका केही नेताहरूलाई लिएर शीतल निवास पुगेका हुन् ।

स्रोतका अनुसार कांग्रेसका तर्फबाट सभापति देउवासहित प्रमुख सचेतक रमेश लेखक र ज्ञानेन्द्र बहादुर कार्की पनि शीतल निवास पुगेका छन्।

यसअघि एमाले अध्यक्ष केपी शर्मा ओली बालकोटबाट शीतल निवासमा पुगिसकेका छन् ।

दुई ठूला दलबीच नयाँ सत्ता समीकरणको रस्साकस्सी भइरहेका बेला शीतल निवासमा छलफल भइरहेको छ । यसअघि होटल भिभान्तामा सहमतिको ड्राफ्ट तयार पारिएको थियो ।

दुई दलको मात्रै सरकार बनाउने दिशामा अघि बढेका ओली र देउवा दुवै राष्टपति रामचन्द्र पौडेलसँग परामर्शका लागि जुटेका हुन् ।

एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री बनाउने कुरामा दुई दलले करिब सहमति जुटाइसकेका छन् । राष्टपतिसँग आवश्यक परामर्शपछि मंगलबार नै नयाँ सरकारका लागि ठोस निर्णय लिइने भएको छ ।

नयाँ सरकार गठनको प्रक्रिया पूरा गर्न उनीहरू शीतल निवास पुगेका हुन् । नयाँ सरकार गठनका लागि बिहानसम्म हस्ताक्षर हुने नेताहरूको दाबी छ ।

काङ्ग्रेस सभापति शेरबहादुर देउवाले बूढानीलकण्ठमै पदाधिकारी बैठक राखेका थिए । उता ओलीले एमालेका केही पदाधिकारीसँग बालकोटमै छलपफल गरेका थिए ।

यसबीचमा सहमतिका लागि कांग्रेसबाट रमेश लेखक, ज्ञानेन्द्रबहादुर कार्की खटिएका थिए । उता एमालेबाट शंकर पोखरेल, प्रदीप ज्ञवाली र रमेश बडालसहित जुटेका थिए ।

अहिले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको समर्थन फिर्ता लिँदा विश्वासको मत लिन एक महिना समय पाउने भएकाले बहुमत सदस्यको हस्ताक्षर गरेर सरकार गठनका लागि भोलि नै राष्ट्रपति समक्ष दाबी पेश गर्ने तयारी गरिएको छ ।

यससँगै ओलीले भोलि बिहान प्रधानमन्त्री प्रचण्डलाई नयाँ सरकार गठनबारे जानकारी गराउन भएका छन् ।

प्रकाशित मिति : १८ असार २०८१, मंगलबार  १२ : २३ बजे

ओझेलमा परेका पर्यटकीय गन्तव्यको प्रवर्द्धन गर्न पत्रकारहरूको अध्ययन भ्रमण

गण्डकी– गण्डकी प्रदेशका ओझेलमा परेका तथा कम प्रचारप्रसार भएका पर्यटकीय

लागूऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित

सवारी दुर्घटनामा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर

मध्यविन्दु– पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुली नगरपालिका–१४ प्रगतिनगरमा

राजदूत बन्न प्रधानमन्त्री बालेनलाई सचिव पुष्करको म्यासेज– ‘सहयोग पाऊँ हजुर’

काठमाडौँ– मुख्य सचिवको दौडमा रहेका उपराष्ट्रपतिको कार्यालयका सचिव कृष्णहरि पुष्करमाथि

वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक : उपराष्ट्रपति

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले वातावरणका लागि हानिकारक तत्त्वको प्रयोगलाई रोक्दै