अनिश्चित पोर्चुगलको नाटकीय प्रदर्शन | Khabarhub Khabarhub

अनिश्चित पोर्चुगलको नाटकीय प्रदर्शन


१८ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


666
Shares
  • change font
  • change font
  • change font

युरो कप फुटबलको अर्को एक क्वार्टरफाइनल खेल फेरि नाटकीय देखियो। सोमबार राति भएको पोर्चुगल र स्लोभानिया बिचको खेल पनि त्यत्तिकै नाटकीय थियो। खेलको निर्धारित र अतिरिक्त समय गोल रहित बराबरीमा सकिए पछि टाई ब्रेकरमा ३-० ले पोर्चुगल विजयी त भयो। तथापि यो खेल २ कारणले महत्त्वपूर्ण रहेको थियो। त्यो खेल टाइब्रेकरसम्म जानुको मुख्य कारण भने खेलको दौरान रोनाल्डोको असफल पेनाल्टी प्रहार पनि हो। दोस्रो चर्चाको कारण भने पोर्तुगीज गोलरक्षक डिएगो कोस्टोले स्लोभानियाको सुरुवाती ३ पेनाल्टी प्रहार नै जोगाए। फुटबलमा यो पनि विरलै हुने घटना हो।

सन् १९६० को दशकको अन्त्यमा पोर्चुगल संसारको एउटा शक्ति थियो। इसुबीयाको रूपमा एउटा नायक थिए। सोही पोर्चुगल सन् १९९० को दशकको अन्त्य तथा सन् २००० को दशकको सुरुवातमा एउटा शक्ति भएर फेरि उदायो। युरोपका घरेलु व्यावसायिक लिगमा उत्कृष्ट प्रदर्शन गर्ने थुप्रै स्टार, खेलमा आकर्षण र निराशाजनक खेल परिणामको लागि परिचित बनेको छ , पोर्चुगल।

सन् २०१६ मा युरो कप फुटबलको उपाधि जित्नु बाहेक पोर्चुगलको राष्ट्रिय टोली धेरै प्रतियोगितामा लामो यात्रा गर्न असफल भएको छ। परन्तु सो देशको राष्ट्रिय टोलीले धेरैको मन जितेको छ। यस देशका धेरै खेल नाटकीय भए, चाहे पोर्चुगल हारोस् या जितोस्।

सन् २००० को युरो कपको समूह चरणमा पोर्चुगल एकदमै बलियो समूहमा थियो। जर्मनी, इङ्गल्यान्ड, रोमानीया र पोर्चुगल एउटै समूहमा थिए। पोर्चुगलले पहिलो चरणमा ३ खेल नै जितेको थियो। इङ्ल्ग्यान्डसँगको खेलमा २ गोलले पछि परेको अवस्थालाई उल्ट्याउँदै पोर्चुगलले खेल जितेको थियो।

प्रतियोगिताको सेमिफाइनलमा फ्रान्सलाई धेरै समय दबाबमा राखेर पनि पोर्चुगल २–१ ले पराजित भएको थियो। फ्रान्सलाई अतिरिक्त समयमा दिइएको पेनाल्टी धेरै नै विवादमा परेको थियो।

४ जुलाई सन् २००४ का दिन युरो कपमा अर्को एक अप्रत्याशित घटना भएको थियो। ग्रिसले फाइनलमा पोर्चुगललाई १-० ले हराएर युरो कपको उपाधि जितेको थियो। पहिलो खेलमा पनि ग्रिसले पोर्चुगललाई नै हराएको थियो। युरो कपमा इतिहासमा पहिलो पटक खेलेको प्रतिद्वन्द्वीसँग नै फाइनलमा भेट भएको त्यो नै पहिलो हो।

समूह चरणमा ग्रिसले पोर्चुगललाई २-१ ले हराएको थियो। प्रतियोगितामा कमजोर टोलीको रुपमा आँकिएको ग्रिससँग पराजित पोर्चुगलले समूह चरणकै अन्तिम खेलमा स्पेनलाई हराएर दोस्रो चरणको यात्रा तय गरेको थियो। क्वार्टरफाइनल इङ्गल्यान्ड तथा सेमिफाइनलमा नेदरल्यान्ड्सलाई हराएको पोर्चुगल फाइनलमा फेरी एक पटक ग्रिससँग नै पराजित भएको थियो।

यस बिचका पोर्चुगलले अर्को नाटकीय हारको सामना गरिसकेको थियो। विश्वकप फुटबल २००२ मा सो टोली शानदार लयमा थियो।

सन् २००१ मा लुइस फिगो फिफा वर्ष खेलाडी घोषित भएका थिए। सिङ्गो टोली बलियो थियो। उपाधिको दाबेदार मध्यको एक पोर्चुगल पहिलो चरणमा नै बाहिरिएको थियो।

पोर्चुगल रहेको दक्षिण कोरिया, अमेरिका र पोल्यान्डको समूह पनि बलियो मानिँदैन थियो। सो समूहमा कमजोर मानिएको अमेरिकासँग पोर्चुगल पहिलो खेलमा नै ३–२ ले पराजित भयो।

दोस्रो खेलमा लयमा फर्केको पोर्चुगलले पोल्यान्डलाई ४–० ले हराएको थियो। अन्तिम खेलमा दक्षिण कोरियासँग बराबरी भए पनि पोर्चुगल दोस्रो चरणमा प्रवेश गर्ने थियो। तर त्यो खेलमा पनि पोर्चुगल हार स्वीकार गर्न बाध्य भएको थियो।

प्रभावशाली मिडफिल्डर जाओ पिन्टो र रक्षक बेटो सेभारोले रातो कार्ड पाएका थिए। सो विश्वकप भन्दा अघि दक्षिण अफ्रिकाले एउटै पनि खेलमा जित हात पारेको थिएन। ९ खेलाडीमा सीमित पोर्चुगल अर्को एउटा दुखद हारको सामना गर्दै बाहिरिएको थियो।

पोर्चुगलको हार मात्र होइन जित पनि अन्य टोलीको भन्दा फरक रहने गरेको छ। सन् २०१६मा पोर्चुगलले युरो कपको उपाधि जितेको थियो। फाइनलमा पोर्चुगलले फ्रान्सलाई हराएको थियो।

एकदमै कमजोर सुरुवात गरेर उपाधि जित्ने टोलीको रूपमा समेत पोर्चुगल थियो। पहिलो चरणमा पोर्चुगल जित रहित रहेर पनि ३ अङ्क सहित तेस्रो भएको थियो। हंगेरी, आइसल्यान्ड र अस्ट्रिया रहेको समूहमा हंगेरी र आइसल्यान्ड शीर्ष दुईमा रहेका थिए। तेस्रो हुने मध्येको उत्कृष्ट चार टोलीको रूपमा पोर्चुगल सेमिफाइनलमा प्रवेश गरेको हो। ६ वटा तेस्रो स्थान पाउने टोलीमा पोर्चुगल तेस्रो भएको थियो। यसको मतलब पहिलो चरणमा १५ औं स्थानमा रहँदै पोर्चुगल अघि बढेको थियो।

क्रोएसियासँगको खेलमा ११७ औं मिनेटमा १-० को जितसहित पोर्चुगल क्वार्टरफाइनल प्रवेश गरेको थियो। पोल्यान्डसँगको क्वार्टरफाइनल खेलमा १-१ गोलको बराबरीमा सकिएको सो खेलको टाई ब्रेकरमा पोर्चुगल विजयी भएको थियो।

वेल्सलाई सेमिफाइनलमा हराएको पोर्चुगलले फाइनलमा फ्रान्सको सामना गरेको थियो। फाइनलमा फ्रान्स सहजै विजयी हुने अनुमान थियो। खेलको सातौँ मिनेटमा नै घाइते भएका रोनाल्डो जसोतसो २३ औं मिनेटसम्म मैदानमा थिए। २३ औं मिनेटमा उनी मैदानबाट बाहिरिएको थिए। रेनाटो साँचेजको स्थानमा एडगरलाई दोस्रो हाफमा मैदानमा प्रवेश गराइएको थियो।

सो खेलमा फ्रान्स एक पक्षीय रूपमा हाबी भएको थियो। लगातार फ्रान्सलाई रोक्ने नीति लिएको पोर्चुगलका एडगरले अतिरिक्त समयको १९ औं मिनेटमा डी बक्सबाहिर बाट गरेको शानदार गोलले पोर्चुगल उपाधि जित्न सफल भएको थियो। पोर्चुगलको जारी युरो कपको प्रदर्शनले सन् २०१६ कै झझल्को दिएको छ। पोर्चुगलले पहिलो चरणमा जर्जीयासँग हार व्यहोरी सकेको छ।

दोस्रो चरणमा स्लोभानियासँगको खेल वाह वार्ही गर्न लायक थिएन। तथापि पोर्चुगल त्यही टोली हो, जो अत्यन्त कमजोर सुरुवात गरेर पनि उपाधिसम्मको यात्रा गरेको विगत छ। राम्रो टोली भएर अप्रत्याशित बहिर्गमन भएको विगत त धेरै छदै छ। तसर्थ पोर्चुगलको बारे एउटै सत्य हो ‘रोनाल्डोको नाममा ग्ल्यामरस एक अनिश्चित टोली’। स्रोतः बिबिसी, स्पोर्ट्स स्टार, फिफा, युइएफए

प्रकाशित मिति : १८ असार २०८१, मंगलबार  ९ : १० बजे

नमिलेर मिल्ने, मिलेर नमिल्ने कांग्रेस-एमाले

वैशाखको महिना विवाहको सिजन चलिरहेको थियो। बारीको पाटामा बसेर गोरु

काभ्रेमा विपद् प्रतिकार्यका लागि जनशक्ति तयार 

काभ्रेपलाञ्चोक– मनसुनका बेला जिल्लामा प्राकृतिक प्रकोप तथा हुनसक्ने विपद्जन्य घटना–अवस्थाको

राष्ट्रपतिको उम्मेदवारी छोड्न बाइडेनमाथि दबाब

काठमाडौं– अमेरिकामा गत हप्ताको राष्ट्रपति बहसपछि, राष्ट्रपति जो बाइडेनमाथि आगामी

बाढी बस्तीमा पसेपछि भजनी नगरक्षेत्र जलमग्न

टीकापुर– कन्द्रा र काढा नदीको बाढी बस्तीमा पसेपछि कैलालीको भजनी