बाबुरामको नजरमा गिरिजा- हेर्दा कठोर, तर असाध्यै मायालु ! | Khabarhub Khabarhub

बाबुरामको नजरमा गिरिजा- हेर्दा कठोर, तर असाध्यै मायालु !


१८ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


4.6k
Shares
  • change font
  • change font
  • change font

गिरिजाबाबु हामी सबैले सम्मान स्नेहले भन्ने गर्‍थ्यौँ । उहाँ त मेरो बुवा–आमाको पुस्ताको मान्छे । उहाँ १९८१ सालमा जन्मिनुभएको, मेरी आमा १९८३ सालमा जन्मिनुभएको रहेछ र मेरो बुवा १९८७ सालमा । त्यसैले मेरो बुवाको, आमाको पुस्ताको भएर पनि हामी उहाँलाई स्नेहपूर्वक र सम्मानपूर्वक गिरिजाबाबु भन्थ्यौं ।

उहाँसँग मेरो पहिलो भेटघाट कसरी भयो भन्ने जहाँसम्म प्रसंग छ, मैले धेरै पटक भनेको छु, खासगरी कांग्रेसवृत्तका साथीहरूसँग पहिले पनि भनेको छु । मेरो चेतना २०३४, ०३५ सालसम्म नेपालमा निरंकुश राजतन्त्र अन्य नभएसम्म प्रजातन्त्र, लोकतन्त्र, समाजवाद, केही पनि आउँदैन, त्यसैले राजालाई फँयाक्नु पर्छ भन्ने मात्रै चेतना मेरो थियो ।

त्यसक्रममा २०३४ सालमा म ‘अलइन्डिया नेप्लिज स्टुडेन्ट एसोसिसन’ को अध्यक्ष भएपछि बीपी कोइरालालाई यहाँ पञ्चायती व्यवस्थाले थुनामा राखेको थियो । उहाँको स्वास्थ्य बिग्रिएर उपचारका लागि जानुपर्ने थियो । त्यही विषयलाई लिएर मैले आफैँले स्वेच्छाले बीपी कोइरालालाई उपचार गर्न जान दिनपर्छ र रिहाइ गर्नुपर्छ भनेर वक्तव्य दिएँ । दिल्लीबाट, म दिल्लीमा पढ्थेँ ।

त्यसले ठूलो हंगामा ल्यायो । गोरखापत्र हेर्नुभयो भने तपाईंले पाउनुहुन्छ । मेरोविरुद्धमा भर्खरको २३–२४ वर्षको केटो थिएँ, मेरो एउटा वक्तव्यले पूरै पञ्चायती व्यवस्था हल्लियो । रेडियो, गोरखापत्र सबैले भर्त्सना गरे । मण्डलेतन्त्र जुन थियो त्यसले निकै चर्चामा ल्यायो ।

त्यसपछि उहाँहरूले को केटो रहेछ यो ? यस्तो बोल्ने आँट गर्‍यो भनेर प्रवासमा रहनुभएका कांग्रेसका साथीहरूले खोज्नुभएछ र अनि उहाँ म भएको ठाउँमा आइपुग्नुभयो । त्यसरी त्यही क्रममा बीपी छुट्नुभयो । उहाँहरू दिल्लीको साउथ एकसटेन्सनमा उहाँहरू बस्नुहुन्थ्यो । त्यही क्रममा गिरिजाबाबु, बीपी कोइराला, सुशील कोइराला, चक्र बाँस्तोलालगायतसँग मेरो भेटघाट भएको हो ।

त्यसपछि राजतन्त्रसँग लडाईं लड्नपर्छ भन्ने मेरो मान्यता थियो । तर, बीपीले राजासँग मेलमिलाप भनेको कुरामा सहमति बन्न सकेन । त्यसक्रममा दुर्गा सुवेदी, प्रदीप गिरिलगायतका कांग्रेसका युवा नेताहरू हुनुहुन्थ्यो, उहाँहरूसँग मिलेर हामी फेरि बीपीको गणतन्त्र छोड्ने नीति ठीक छैन भन्नेमा पनि लाग्यौँ । त्यो अर्कै प्रसंग भयो ।

र, मैले खाली गिरिजाबाबुसँग मात्रै जोड्न खोज्दा उहाँ साह्रै स्नेही प्रकृतिको मान्छे हुनुहुन्थ्यो । हेर्दा बडो कठोरजस्तो लाग्ने तर असाध्यै मायालु, माया गर्ने, हामी त उहाँका छोरा जस्ता पनि भयौँ । र, विद्यार्थी संघको अध्यक्ष हुनुको नाताले भारतभरका विद्यार्थीका समस्या लिएर जानुपर्‍थ्यो । त्यतिबेला जुन भारतले आईसीसीआर भन्ने छात्रवृत्ति दिन्थ्यो, त्यसको निमित एप्लाई गर्ने, अलि ठूलो मान्छेले सिफारिस गरिदिएपछि पाउने सम्भावना हुन्थ्यो ।

मेरो गिरिजाबाबु, बीपीहरूसँग सम्बन्ध बढेको हुनाले विद्यार्थीहरू लौ भन्दिनू पर्‍यो भन्दै आउनुहुन्थ्यो । त्यसरी पनि लिएर म उहाँहरू कहाँ जाने गर्थेँ । र, उहाँले भनेर थुप्रै (छात्रवृत्ति) पाउनुभएको छ ।

रोचक विषय के छ भने हिसिला यमी स्वयमले पनि उहाँले पनि एप्लाई गरेपछि गिरिजाबाबुको सिफारिसमा (छात्रवृत्ति) पाउनुभएको छ । किनभने हिसिला यमीलाई उहाँले चिन्नुहुँदो रहेछ । त्यसरी सम्बन्ध बन्यो र पछि यहाँ आइसकेपछि पनि २०४५/०४६ सम्म हाम्रो राजनीतिक सँगसँगै मतभिन्नताका बावजुद अत्यन्तै निकट घरायसी सम्बन्ध, निजी सम्बन्ध रह्यो ।

यसअर्थमा म उहाँलाई आफ्नो पितातुल्य व्यक्तित्वको रुपमा हमेशा सम्मान गरेर सम्झन चाहन्छु ।

(पूर्वप्रधानम्त्री भट्टराईले नेपाली कांग्रेसको सञ्चार विभागद्वारा पार्टीका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको शताब्दी जन्म जयन्तीको उपलक्ष्यमा आयोजित ‘क्रान्तिदेखि शान्तिसम्म’ फोटो प्रदर्शनी तथा अन्तरसंवाद कार्यक्रममा व्यक्त गरेको विचारको सम्पादित अंश)

प्रकाशित मिति : १८ असार २०८१, मंगलबार  ३ : ०१ बजे

दक्षिणपूर्वी एशियाली चार मुलुकसँगको भुक्तानी सञ्जालमा भारत पनि सहभागी

काठमाडौँ– भारत चार दक्षिणपूर्वी एशियाली मुलुकमा सीमापार खुद्रा भुक्तानी सञ्जालमा

 एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौँ– नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज बस्दै छ

 सप्तकोशीका ५६ मध्ये ४६ ढोका खोलिए, सतर्क रहन आग्रह

काठमाडौँ– सप्तकोशी नदीमा जलसतह बढेपछि कोशी ब्यारेजका ५६ मध्ये ४६

ब्राजिललाई पराजित गर्दै उरुग्वे कोपा अमेरिकाको सेमिफाइनलमा

काठमाडौं – उरुग्वे कोपा अमेरिका फुटबलको सेमिफाइनल प्रवेश गरेको छ।

भारतद्वारा रुसमा आलुमिनियम निर्यात

काठमाडौँ– भारतले पहिलो पटक रुसतर्फ आलुमिनियम निर्यात गरेको पाइएको छ