नारायणहिटी छोड्नुअघि ज्ञानेन्द्रले सिटौलासँग राखेको त्यो माग… « Khabarhub

नारायणहिटी छोड्नुअघि ज्ञानेन्द्रले सिटौलासँग राखेको त्यो माग…


१८ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


25.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- तत्कालीन राजा ज्ञानेन्द्र वीरविक्रम शाहले नारायणहिटी दरबार छोडेको १६ वर्ष पूरा भइसकेको छ । उनले २०६५ जेठ २९ गते देशभित्रै बसेर सक्रिय रहने घोषणासहित नारायणहिटी छोडेका थिए ।

गिरिजाप्रसाद कोइराला नेतृत्वको तत्कालीन सरकारले उपलब्ध गराएको नयाँ आवास नागार्जुन दरबारतर्फ प्रस्थान गर्नु ३ घण्टाअघि नारायणहिटीमा सयौँ पत्रकारमाझ उनले भावुक हुँदै लिखित वक्तव्य पढेका थिए ।

नारायणहिटी छोड्नुअघि आयोजित पत्रकार सम्मेलनमा ज्ञानेन्द्रले आफू दुई पटक राजा बनेको बताउँदै दुवैपटक बाध्यतावश श्रीपेच पहिरिनु परेको बताएका थिए ।

ज्ञानेन्द्रले आफू र आफ्नो परिवारमाथि लगाइएका आरोपहरूको खण्डन गर्दै आफूले गरेका कामबाट कसैलाई मर्का परेको भए त्यसलाई भूलवश भएको ठानिदिन आग्रहसमेत थिए ।

तत्कालीन राजा ज्ञानेन्द्रले नारायणहिटी दरबार छोडेको दुई साताअघि नै संविधानसभाले गणतन्त्र घोषणा गरेर उनलाई १५ दिनभित्र नारायणहिटी छोड्न भनेको थियो ।

संविधानसभाबाट गणतन्त्रको घोषणापछि १५ दिनभित्र नारायणहिटी दरबार छाड्नुपर्ने सरकारको निर्णयबारे जानकारी दिन तत्कालीन गृहमन्त्री कृष्णप्रसाद सिटौला ज्ञानेन्द्रलाई भेट्न गएका थिए ।

त्यसबेला सक्रिय शासन चलाइरहेका राजालाई सरकारको सन्देश बोकेर भेट्न गएका तत्कालीन गृहमन्त्री सिटौला पूर्वराजा ज्ञानेन्द्रसँग भएको कुराकानीबारे मौन रहँदै आएका थिए ।

राष्ट्र प्रमुखको हैसियतमा रहेका राजालाई सरकारको सन्देश दिन जाँदा दुईजनाबीच खास के कुराकानी भएको थियो ? सरकारको सन्देश सुनेपछि पूर्वराजा ज्ञानेन्द्रले कस्तो प्रतिक्रिया दिएका थिए ? सरकारले ज्ञानेन्द्रलाई नारायाणहिटी छोड्नुभन्दा केही शर्त पो राखेका थिए कि ? तमाम प्रश्नहरू अनुत्तरित छन् ।

तर, मंगलबार राष्ट्रियसभामा नेपाली कांग्रेस संसदीय दलका नेताको भूमिकामा रहेका उनै सिटौलाले तत्कालीन परिदृश्यबारे केही कुरा खोलेका छन् ।

कांग्रेसका तत्कालीन सभापति तथा पूर्वप्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाको शताब्दीऔँ जन्म जयन्तीका अवसरमा सानेपामा आयोजित अन्तरसंवादमा उनले पूर्वराजा ज्ञानेन्द्रसँगको कुराकानीबारे मुख खोलेका हुन् ।

कांग्रेसको केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागले मंगलबार पार्टी कार्यालय सानेपामा आयोजित ‘क्रान्तिदेखि शान्तिसम्म ऐतिहासिक फोटो प्रदर्शनी’ समारोहका वक्ता सिटौलाले कार्यकर्ताको जिज्ञासा मेटाउने क्रममा उक्त कुराकानीबारे संक्षिप्त विवरण खोलेका छन् ।

‘राजा ज्ञानेन्द्रलाई बिदा गर्न जाँदा उहाँका धेरै प्रश्न थिएनन् । कुरा त लामै भयो, झण्डै ४५ मिनेट जति । एकदमै भद्र, राम्रो वातावरणमा संवाद भएको थियो । उहाँका केही माग थिए, आफ्नो निवासको, आफ्नी मुमाको निवासबारेमा,’ सिटौलाले भने, ‘उहाँले राखेका ती कुरा मिलाएर क्याबिनेटमा राखेँ । गिरिजाबाबुले मैले राखेका ती कुरालाई यस (हुन्छ) भन्नुभयो । अनि पास भयो ।’

तत्कालीन सरकारका प्रधानमन्त्री गिरिजाप्रसादको निर्णयअनुसार अहिले पनि ज्ञानेन्द्र शाहकी आमा दरबारभित्रै रहेको उनले खुलाए । ‘अहिले पनि उहाँ (ज्ञानेद्र शाह) को मुमा रत्ना त्यहीँ दरबारभित्रै बस्नुहुन्छ । महेन्द्र मञ्जिल भन्ने निवास छ, त्यहीँ हुनुहुन्छ’, उनले भने, ‘नागार्जुन दरबार उहाँ (ज्ञानेन्द्र शाह) लाई बस्नको लागि क्याबिनेटले दिएको छ अहिलेसम्म पनि ।’

सिटौला २०६२/६३ को जनआन्दोलनताका तत्कालीन अवस्थमा सशस्त्र संघर्ष गरिरहेको नेकपा माओवादीलाई पनि शान्ति प्रक्रियामा ल्याउने निर्णायक भूमिकामा थिए ।

माओवादीसँग शान्ति सम्झौताका लागि उनै सिटौलाले तत्कालीन अवस्थमा नेताहरू पुष्पकमल दाहाल प्रचण्ड र डा. बाबुराम भट्टराईसहितलाई कास्कीबाट हेलिकप्टरमा काठमाडौं ल्याएका थिए । सिटौलाले त्यसपछि पनि माओवादीलाई शान्ति प्रक्रियामा टिकाइरहन भूमिका खेले ।

प्रकाशित मिति : १८ असार २०८१, मंगलबार  ६ : १६ बजे

आज ६० बढी जिल्लामा फ्ल्यास फ्लडको जोखिम : कहाँ कति खतरा ?

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागले बिहीबार देशका ६०

काभ्रेका १२ स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन

काभ्रे– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत काभ्रेपलाञ्चोकका १२ स्थानीय तहमा पालिका

बेँसीसहर–चामे सडकमा राति गाडी चलाउन नपाइने

लमजुङ– बाढीपहिरोको जोखिमलाई दृष्टिगत गर्दै स्थानीय प्रशासनले बेँसीसहर–चामे सडकअन्तर्गत लमजुङ

जुफाल विमानस्थलमा सीता एयरको जहाज दुर्घटना, १३ यात्रु सकुशल

डोल्पा – नेपालगन्जबाट डोल्पाको जुफाल विमानस्थलका लागि उडेको सीता एयरको

परराष्ट्रमन्त्री खनाल र पाकिस्तानका उपप्रधानमन्त्री दारबीच न्युयोर्कमा भेटवार्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल र पाकिस्तानका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री