मेसेन्जरमा कल गर्दा स्क्रिन शेयर यसरी गर्नुहोस् | Khabarhub Khabarhub

मेसेन्जरमा कल गर्दा स्क्रिन शेयर यसरी गर्नुहोस्


१८ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्लो समय फेसबुक र म्यासेन्जर नचलाउने मान्छे पाउन गाह्रै पर्ला । बाबुआमाले आफ्ना साना बालबालिकाका समेत फेसबुक आइडी बनाइदिएका हुन्छ ।  फेसबुकले आफ्नो मेसेन्जर प्रयोगकर्ताहरूलाई स्क्रिन शेयर फिचर उपलब्ध गराएको छ । यो फिचरबाट मेसेन्जरमा भिडियो तथा अडियो कल गर्दा आफ्नो डिभाइसको स्क्रिन शेयर गर्न सकिने छ ।

एन्ड्रोइड तथा आइफोनमा स्क्रिन शेयर गर्न 

– सबै भन्दा पहिला कसैलाई म्यासेन्जरमा कल गर्ने,
– कल गरिरहेको बेला कल कन्ट्राेलका अतिरिक्त फिचर देखाउनका लागि स्क्रिन स्वाइप गर्ने,
– त्यसपछि सेयर स्क्रिन भन्ने आइकनमा ट्याप गर्ने,
– त्यसपछि स्टार्ट  सेयर स्क्रिन सेयरमा टच गर्ने,
– यति गरेपछि तपाईँको स्क्रिन सेयर हुन्छ । तर  कतिपय डिभाइसमा निश्चित एप्लिकेसन विन्डो मात्रै शेयर गर्ने विकल्प दिएको हुन्छ त्यस्तो भएमा आफूलाई उपयुक्त हुने विकल्प छान्न सकिन्छ ।

– त्यसपछि मेसेन्जरलाई स्क्रिन रेकर्ड गर्ने अनुमति दिनुपर्ने हुनसक्छ । यसका लागि अलाे वा स्टार्ट  रेकडिङमा ट्याप गर्ने यति गरिसकेपछि तपाईँको स्क्रित सेयर हुन्छ ।
– अब हटाउने कसरी त ? स्क्रिन शेयर गर्ने बेलामा स्क्रिनको माथि वा तल्लो भागमा सानो कन्ट्रोल प्यानल हुन्छ यसबाट शेयरिङ बन्द गर्न, माइक्रोफोन म्युट गर्न तथा क्यामरा खोल्न वा बन्द गर्न सकिन्छ । र त्यसमा स्टप भन्ने बटनमा क्लिक गर्दा बन्द हुन्छ ।

प्रकाशित मिति : १८ असार २०८१, मंगलबार  ६ : ०९ बजे

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद् अध्यक्ष साह पक्राउ

जनकपुरधाम – बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष शीतल साहलाई

तीन लाख घुससहित मर्चवारी-३ का वडाध्यक्ष पक्राउ

रुपन्देही – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देही मर्चवारी गाउँपालिका–३ का

एएफसी महिला एसियन कप छनोट : भुटानले सिंगापुरलाई हरायो

काठमाडौं – भुटानले एएफसी महिला एसियन कप २०२६ को छनोट

जापानको सेयर बजारमा गिरावट, ट्रम्पको भन्सार नीतिले लगानीकर्ता सतर्क

टोकियो – अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले केही देशहरूलाई नयाँ एकपक्षीय

भुम्लु गाउँपालिका अनिवार्य तथा निःशुल्क शिक्षायुक्त गाउँपालिका घोषणा

काठमाडौं – काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकामा आधारभूत तहको शिक्षा ‘अनिवार्य तथा