मेसेन्जरमा कल गर्दा स्क्रिन शेयर यसरी गर्नुहोस् « Khabarhub

मेसेन्जरमा कल गर्दा स्क्रिन शेयर यसरी गर्नुहोस्


१८ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्लो समय फेसबुक र म्यासेन्जर नचलाउने मान्छे पाउन गाह्रै पर्ला । बाबुआमाले आफ्ना साना बालबालिकाका समेत फेसबुक आइडी बनाइदिएका हुन्छ ।  फेसबुकले आफ्नो मेसेन्जर प्रयोगकर्ताहरूलाई स्क्रिन शेयर फिचर उपलब्ध गराएको छ । यो फिचरबाट मेसेन्जरमा भिडियो तथा अडियो कल गर्दा आफ्नो डिभाइसको स्क्रिन शेयर गर्न सकिने छ ।

एन्ड्रोइड तथा आइफोनमा स्क्रिन शेयर गर्न 

– सबै भन्दा पहिला कसैलाई म्यासेन्जरमा कल गर्ने,
– कल गरिरहेको बेला कल कन्ट्राेलका अतिरिक्त फिचर देखाउनका लागि स्क्रिन स्वाइप गर्ने,
– त्यसपछि सेयर स्क्रिन भन्ने आइकनमा ट्याप गर्ने,
– त्यसपछि स्टार्ट  सेयर स्क्रिन सेयरमा टच गर्ने,
– यति गरेपछि तपाईँको स्क्रिन सेयर हुन्छ । तर  कतिपय डिभाइसमा निश्चित एप्लिकेसन विन्डो मात्रै शेयर गर्ने विकल्प दिएको हुन्छ त्यस्तो भएमा आफूलाई उपयुक्त हुने विकल्प छान्न सकिन्छ ।

– त्यसपछि मेसेन्जरलाई स्क्रिन रेकर्ड गर्ने अनुमति दिनुपर्ने हुनसक्छ । यसका लागि अलाे वा स्टार्ट  रेकडिङमा ट्याप गर्ने यति गरिसकेपछि तपाईँको स्क्रित सेयर हुन्छ ।
– अब हटाउने कसरी त ? स्क्रिन शेयर गर्ने बेलामा स्क्रिनको माथि वा तल्लो भागमा सानो कन्ट्रोल प्यानल हुन्छ यसबाट शेयरिङ बन्द गर्न, माइक्रोफोन म्युट गर्न तथा क्यामरा खोल्न वा बन्द गर्न सकिन्छ । र त्यसमा स्टप भन्ने बटनमा क्लिक गर्दा बन्द हुन्छ ।

प्रकाशित मिति : १८ असार २०८१, मंगलबार  ६ : ०९ बजे

प्रतिनिधिसभा बैठक : कसले के-के भने ?

काठमाडौं– सांसदले दैनिक उपभोग्य वस्तुमा अस्वभाविक मूल्य वृद्धि र कालोबजारी

बालेनको पहलले नबढेको सेयर बजार, स्वर्णिमको कार्ययोजनाले बढ्यो

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले अर्थतन्त्र चलायमान बनाउन श्रृंखलाबद्ध छलफल तथा

फ्रिज विस्फोट हुँदा कर्नाटकमा एकै परिवारका चार जनाको मृत्यु

नयाँ दिल्ली- भारतको दक्षिणपश्चिमी राज्य कर्नाटकमा फ्रिज विस्फोट हुँदा एकै परिवारका

कांग्रेस सभापतिको उम्मेदवारी शुल्क ४० हजार, उपसभापति र महामन्त्रीको ३० हजार

काठमाडौं– नेपाली कांग्रेसले पार्टीको निर्वाचनसम्बन्धी निर्देशिका जारी गर्दै विभिन्न पदका

बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

काठमाडौं– काठमाडौँ महानगरपालिका–३ स्थित गङ्गालाल अस्पताल नजिक बस र स्कुटर