शेयर बजारमा चलखेल आशंकापछि अर्थमन्त्रीको जवाफ- ‘इन्साइडर ट्रेडिङ’ हुन दिँदैनौँ « Khabarhub

शेयर बजारमा चलखेल आशंकापछि अर्थमन्त्रीको जवाफ- ‘इन्साइडर ट्रेडिङ’ हुन दिँदैनौँ


१८ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेलले शेयर बजारमा अवाञ्छित गतिविधि हुन नदिन आवश्यक निर्देशन दिएको बताएका छन् ।

शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको अर्थ समिति बैठकमा पौडेलले शेयरबजार अर्थतन्त्रको महत्वपूर्ण आधारस्तम्भ भएको भन्दै यसलाई प्रभाव पार्ने अवाञ्छित गतिविधि हुन नदिन आवश्यक निर्देशन दिएको बताएका हुन् । उनले शेयर किनबेचमा आएको समस्यालाई समेत अध्ययन गर्न निर्देशन दिएको जानकारी दिए ।

पौडेलले बजेट कार्यान्वयन गर्दा सुरु भएका र प्रतिफल दिने योजनमा विनियोजन हुनुपर्नेमा जोड दिए । मुलुकको आवश्यकताका आधारमा विदेशी सहायता लिएर त्यसको कार्यान्वयनमासमेत ध्यान दिनुपर्ने  बताए ।

उनले शेयर बजारमा लगानी गर्दा कम्पनीको वित्तीय अवस्था विश्लेषण गर्न पनि सुझाएका छन् ।

पौडेलले शेयर बजारमा लगानी गर्नुपूर्व सम्बन्धित कम्पनीबारे बुझेर मात्रै लगानी गर्न आग्रह गरेका हुन् । ‘‘इन्साइडर ट्रेडिङ’ नगर्ने वातावरण बनाउन निर्देशन दिइसकेको छु । शेयर बजारलाई परिपक्क ढंगले अगाडि बढाउन आग्रह गर्दछु’, उनले सांसदहरूलाई आश्वस्त बनाउँदै भने ।

बैठकमा समिति सदस्य डा. प्रकाशशरण महतले शेयरबजारमा देखापर्ने अराजक गतिविधिलाई नियन्त्रण गर्नुपर्ने बताएका छन् । उनले कमजोर कम्पनीको शेयर ह्वात्तै बढ्दा चलखेल भएको हुन सक्ने आशंका व्यक्त गरे ।

राष्ट्रिय अर्थतन्त्रका समसामयिक विषयमा छलफल गर्न समितिले अर्थमन्त्रीलाई बोलाएको थियो ।

प्रकाशित मिति : १८ श्रावण २०८१, शुक्रबार  ४ : १६ बजे

हाइटीमा ग्याङ आक्रमण, कम्तीमा ७० जनाको मृत्यु

रोयटर्स – हाइटीको प्रमुख अन्न भण्डार मानिने आर्टिबोनिट क्षेत्रको पेटिट–रिभिएर

अहिंसाको शिक्षाले सबैमा करुणा र दयाभाव राख्न प्रेरित गर्छ : उपराष्ट्रपति यादव

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवले जैन धर्मका २४औँ तीर्थङ्कर भगवान् महावीरको

आज महावीर जैनको २६२५औँ जन्मजयन्ती मनाइँदै

काठमाडौँ– जीवनभर सत्य, अहिंसा, अपरिग्रह, अस्तेय र ब्रह्मचर्यको सन्देश बाँडेका

चेन्नईमाथि राजस्थानको ८ विकेटको जित : १५ बलमै सूर्यवंशीको अर्धशतक

काठमाडौं – युवा ओपनर वैभव सूर्यवंशीको विष्फोटक ब्याटिङको मद्दतले राजस्थान

दैनिक उकालो लाग्दै डलर : आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर