ढल्यो सुदूरपश्चिम प्रदेश सरकार, मुख्यमन्त्री सोडारीले दिए राजीनामा « Khabarhub

ढल्यो सुदूरपश्चिम प्रदेश सरकार, मुख्यमन्त्री सोडारीले दिए राजीनामा


१८ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


8.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले राजीनामा दिएका छन् । नेकपा एमालेले दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा परेको सोडारीले शुक्रबार प्रदेशसभा बैठक सम्बोधनका क्रममा राजीनामा दिएका हुन् ।

गत असार २० गते एमालेले सरकारको समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री सोडारी अल्पमतमा परेका थिए । उनले एमालेले समर्थन फिर्ता लिएको ३० औँ दिन विश्वासको मत लिने उदेश्यले प्रदेशसभा बैठक माग गरेका थिए ।

बैठकमा उनले भने, ‘विश्वासको मत मेरो पक्षमा छ भन्न त आएको हुँ । तर, यसो हेर्दा विश्वासको मत छ जस्तो छैन । मलाई मुख्यमन्त्री बनाएका माननीयजयूहरुले मार्गप्रस्तत गर्नु भनेको जस्तै मार्गप्रसस्त गर्ने घोषणा गर्छु ।’

प्रदेशसभामा कांग्रेसका १८, एमालेका ११, माओवादीका सभामुखसहित ११, नागरिक उन्मुक्ति पार्टीका ७, नेकपा एकीकृत समाजवादीका ४, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का १ र एक स्वतन्त्रसहित ५३ प्रदेशसभा सदस्य छन् ।

नयाँ सता समीकरणअनुसार सुदूरपश्चिम कांग्रेसको भागमा परेको छ । कांग्रेसबाट निवर्तमान मुख्यमन्त्री कमलबहादुर शाह, निवर्तमानमन्त्री प्रकाश देउवा, नेता बहादुर थापा, दिवानसिंह विष्ट मुख्यमन्त्रीको दौडमा छन् ।

प्रकाशित मिति : १८ श्रावण २०८१, शुक्रबार  ५ : १० बजे

बागमतीमा तैरिने फोहर पदार्थ सङ्कलन गर्न ‘ट्रास बेरियर’

काठमाडौं-  सहरी विकास मन्त्रालयअन्तर्गतको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले

कञ्चनपुर कारागारको घटना छानबिन गर्न समिति गठन

महेन्द्रनगर– दुई दिनअघि कञ्चनपुर कारागारभित्र कैदीबन्दी र नाइकेबीच भएको झडप

तिला लघुजलविद्युत् आयोजनाका उपकरण अलपत्र

जुम्ला– जिल्लाको तिला गाउँपालिका-२ स्थित तिला लघुजलविद्युत् आयोजनाका करोडौँ मूल्यका

चीनद्वारा नयाँ सञ्चार प्रविधि उपग्रह प्रक्षेपण

बेइजिङ- चीनले शनिबार दक्षिण चीनको हाइनान प्रान्तस्थित वेन्चाङ अन्तरिक्ष प्रक्षेपण

सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका