ढल्यो सुदूरपश्चिम प्रदेश सरकार, मुख्यमन्त्री सोडारीले दिए राजीनामा « Khabarhub

ढल्यो सुदूरपश्चिम प्रदेश सरकार, मुख्यमन्त्री सोडारीले दिए राजीनामा


१८ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


8.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले राजीनामा दिएका छन् । नेकपा एमालेले दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा परेको सोडारीले शुक्रबार प्रदेशसभा बैठक सम्बोधनका क्रममा राजीनामा दिएका हुन् ।

गत असार २० गते एमालेले सरकारको समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री सोडारी अल्पमतमा परेका थिए । उनले एमालेले समर्थन फिर्ता लिएको ३० औँ दिन विश्वासको मत लिने उदेश्यले प्रदेशसभा बैठक माग गरेका थिए ।

बैठकमा उनले भने, ‘विश्वासको मत मेरो पक्षमा छ भन्न त आएको हुँ । तर, यसो हेर्दा विश्वासको मत छ जस्तो छैन । मलाई मुख्यमन्त्री बनाएका माननीयजयूहरुले मार्गप्रस्तत गर्नु भनेको जस्तै मार्गप्रसस्त गर्ने घोषणा गर्छु ।’

प्रदेशसभामा कांग्रेसका १८, एमालेका ११, माओवादीका सभामुखसहित ११, नागरिक उन्मुक्ति पार्टीका ७, नेकपा एकीकृत समाजवादीका ४, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का १ र एक स्वतन्त्रसहित ५३ प्रदेशसभा सदस्य छन् ।

नयाँ सता समीकरणअनुसार सुदूरपश्चिम कांग्रेसको भागमा परेको छ । कांग्रेसबाट निवर्तमान मुख्यमन्त्री कमलबहादुर शाह, निवर्तमानमन्त्री प्रकाश देउवा, नेता बहादुर थापा, दिवानसिंह विष्ट मुख्यमन्त्रीको दौडमा छन् ।

प्रकाशित मिति : १८ श्रावण २०८१, शुक्रबार  ५ : १० बजे

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा निवासबाटै पक्राउ

काठमाडौँ – पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ। उनलाई

सप्तरीका पाँच सय घर डुबानमा : देशभर कहाँको अवस्था के छ ?

सप्तरी – लगातारको वर्षाका कारण जिल्लाको हनुमाननगर कङ्कालिनी नगरपालिका तिलाठी

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल असोज ११ गते आइतबार सन् २०२६

आज २०८३ साल असोज ११ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ११ गते आइतबार सन् २०२६