पोखरा र गौतम बुद्ध विमानस्थलको समस्याबारे प्रधानमन्त्रीले थाले छलफल « Khabarhub

पोखरा र गौतम बुद्ध विमानस्थलको समस्याबारे प्रधानमन्त्रीले थाले छलफल


१८ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- निर्माण सम्पन्न भएको लामो समय भइसक्दा पनि अन्तर्राष्ट्रिय उडान हुन नसकेका पोखरा र भैरहवास्थित गौतम बुद्ध विमानस्थलबारे प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बन्धित निकायसँसग छलफल थालेका छन् ।

पोखरा र गौतमबुद्धअन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका समस्या र समाधानबारे प्रधानमन्त्रीले शुक्रबार उच्चस्तरीय छलफल थालेका हुन् ।

चिनियाँ आर्थिक सहयोग र ऋणमा बनेको भनिएको पोखरा विमानस्थलमा अहिलेसम्म ठूला जहाजले उडान गरेका छैनन् ।

उता भैरहवामा पनि केही अन्तर्राष्ट्रिय उडान भएर अहिले बन्द रहेको अवस्था छ । दुवै विमानस्थल सरकारका लागि सेतो हात्ती जस्तै भएको अवस्थामा सरकारले छलफल अघि बढाएको हो ।

बिहीबार मात्रै नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले थाई एयर एसियालाई गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल भैरहवाबाट व्यावसायिक उडान गर्ने अनुमति दिएको छ।

प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीका अनुसार थाई एयरले एक हप्तामा सात उडानको अनुमति मागेको थियो । जसमध्ये चारवटा भैरहवा र तीन उडान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गर्न अनुमति दिएको उनले बताएका थिए ।

उता पोखरामा चिनियाँ हवाई उडान कम्पनीले नियमित जहाज पठाउनेबारेमा छलफल गरिरहेको जनाइएको छ ।

 

प्रकाशित मिति : १८ श्रावण २०८१, शुक्रबार  ६ : ०४ बजे

प्रस्तावित राजदूत खरेलको सुनुवाइ प्रक्रिया लम्बियो, थप अध्ययन गरिने

काठमाडौँ- मलेसियाका लागि प्रस्तावित नेपाली राजदूत चुडामणि खरेलको संसदीय सुनुवाइ प्रक्रिया

संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद् सदस्यमा नेपाल सर्वाधिक मतसहित निर्वाचित

काठमाडौं– नेपाल संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को सन् २०२७–२०२९ कार्यकालका

सातै प्रदेशका मुख्यमन्त्रीको नौबुँदे प्रतिबद्धता : प्रशासनिक संरचना पुनरावलोकनदेखि खर्च कटौतीसम्म

विराटनगर- सातै प्रदेशका मुख्यमन्त्रीहरूले प्रादेशिक शासनलाई सक्षम, चुस्त, मितव्ययी र

महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको शव पाँच दिनपछि फेला

कञ्चनपुर- महाकाली नदीमा बेपत्ता भएका सशस्त्र प्रहरीका असई सागरराज थारूको

ढोरपाटनमा नाउर र झारलको गणना गरिँदै

बागलुङ– नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षमा नाउर र