पोखरा र गौतम बुद्ध विमानस्थलको समस्याबारे प्रधानमन्त्रीले थाले छलफल | Khabarhub Khabarhub

पोखरा र गौतम बुद्ध विमानस्थलको समस्याबारे प्रधानमन्त्रीले थाले छलफल


१८ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- निर्माण सम्पन्न भएको लामो समय भइसक्दा पनि अन्तर्राष्ट्रिय उडान हुन नसकेका पोखरा र भैरहवास्थित गौतम बुद्ध विमानस्थलबारे प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बन्धित निकायसँसग छलफल थालेका छन् ।

पोखरा र गौतमबुद्धअन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका समस्या र समाधानबारे प्रधानमन्त्रीले शुक्रबार उच्चस्तरीय छलफल थालेका हुन् ।

चिनियाँ आर्थिक सहयोग र ऋणमा बनेको भनिएको पोखरा विमानस्थलमा अहिलेसम्म ठूला जहाजले उडान गरेका छैनन् ।

उता भैरहवामा पनि केही अन्तर्राष्ट्रिय उडान भएर अहिले बन्द रहेको अवस्था छ । दुवै विमानस्थल सरकारका लागि सेतो हात्ती जस्तै भएको अवस्थामा सरकारले छलफल अघि बढाएको हो ।

बिहीबार मात्रै नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले थाई एयर एसियालाई गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल भैरहवाबाट व्यावसायिक उडान गर्ने अनुमति दिएको छ।

प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीका अनुसार थाई एयरले एक हप्तामा सात उडानको अनुमति मागेको थियो । जसमध्ये चारवटा भैरहवा र तीन उडान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गर्न अनुमति दिएको उनले बताएका थिए ।

उता पोखरामा चिनियाँ हवाई उडान कम्पनीले नियमित जहाज पठाउनेबारेमा छलफल गरिरहेको जनाइएको छ ।

 

प्रकाशित मिति : १८ श्रावण २०८१, शुक्रबार  ६ : ०४ बजे

हिमानी र हृदयेन्द्रद्वारा जुम्लामा सिँचाइ पोखरीको उद्घाटन

जुम्ला – जुम्लामा पूर्व युवराज्ञी हिमानी शाह र पूर्व नवयुवराज

तनहुँमा चितुवाको आक्रमणबाट बालकको मृत्यु

पोखरा – तनहुँको बन्दिपुर गाउँपालिका–२ कुवादीमा चितुवाको आक्रमणबाट एक बालकको

नेपालको आर्थिक विकासबारे छलफल आवश्यक छ : देउवा

ललितपुर – नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सबैको

लगानी सहजीकरण र औपचारिक अर्थतन्त्र विस्तारमा उल्लेख्य सुधार : अध्यक्ष ढकाल

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले लगानी

कोशी प्रदेशले विपद् जोखिम न्यूनीकरणका लागि विपद् बिमा र बस्ती स्थानान्तरण गर्ने

मोरङ – कोशी प्रदेश सरकारले विपद्को क्षति न्यूनीकरणका लागि विपद्