‘यो सरकार ०८४ सम्मै जान्छ, चुनावमा कांग्रेस र एमालेको प्रतिस्पर्धा हुन्छ’ « Khabarhub

‘यो सरकार ०८४ सम्मै जान्छ, चुनावमा कांग्रेस र एमालेको प्रतिस्पर्धा हुन्छ’


१७ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले वर्तमान सरकार ०८४ सम्मै जाने बताएका छन् ।

सोमबार राजधानीमा आयोजित ट्रेकिङ ऐजेन्सिज एशोशियसन अफ नेपाल (टान)को ४६ औं वार्षिक साधरणसभा समारोहलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले यसो भनेका हुन् ।

उनले असार १७ गतेको समहतिअनुसार यो सरकारले आगामी चुनावसम्मै निरन्तरता पाउने बताए । ‘यो सरकार ८४ सम्म नै रहन्छ । सरकारलाई स्थायी रूपमा लिन चाहान्छौँ’, उनले भने, ‘आवश्यकताअनुसार अन्य दलहरूलाई समेत साथमा लिन सकिन्छ ।’

पाण्डेले चुनाव अघिसम्म यो सरकारले निरन्तरता पाएपछि ०८४ मा कांग्रेस र एमालेले प्रतिस्पर्धा गर्ने बताए । ‘०८४ को चुनावमा एमाले र कांग्रेसबीच प्रतिस्पर्धा हुन्छ’, उनले भने, ‘कांग्रेस-एमाले मिलेर आवश्यकता अनुसार जोखिम मोल्न चाहान्छौँ ।’

मन्त्री पाण्डेले पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको पनि उक्त कार्यक्रममा बताएका छन् ।

उनले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन क्षेत्रको विकास र प्रवर्द्धनका लागि निजी क्षेत्रको भूमिका अपरिहार्य रहेको बताए ।

‘मन्त्रालय निजी क्षेत्रसँग सहकार्य गरेर पर्यटन क्षेत्रको विकास गर्न तत्पर छ । पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्रको भूमिका महत्वपूर्ण छ’, उनले भने ।

मन्त्री पाण्डेले पर्यटन क्षेत्रको विकासमा नागरिक उड्डयनको क्षेत्र प्रभावकारी हुनु पर्नेमा जोड दिए। उनले उड्डयन क्षेत्रमा विश्वास दिलाउन सकेको अवस्थामा मात्रै विदेशी पर्यटक भित्र्याउन सकिने गरि विश्वास दिलाउनु पर्ने बताए ।

प्रकाशित मिति : १७ भाद्र २०८१, सोमबार  ३ : ०० बजे

बागमतीमा नयाँ सरकारको संकट उस्तै : राप्रपाको विवाद र नेकपाको असन्तुष्टिबीच बहिष्कार गर्न कांग्रेस ह्विप

हेटौँडा- बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले मंगलबार फेरि प्रदेशसभाबाट

नाडा अटो शोमा यामाहाका नयाँ भेरियन्ट सार्वजनिक हुँदै

काठमाडौं– यामाहाले नयाँ भेरियन्टहरू नाडा अटो शो २०२६ मा सार्वजनिक गर्ने

एक्सन दृश्य केन्द्रमा राखेर निखिलले सार्वजनिक गरे ‘आचार्य’को टिजर

काठमाडौं – नायक निखिल उप्रेतीको निर्देशनमा बनेको फिल्म ‘आचाय’को टिजर

गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय, नवलपरासी (बर्दघाट–सुस्ता–पश्चिम) मा

महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा

काठमाडौं– काठमाडौँको बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि हातपात गरेको आरोपमा