सर्पले डस्दा एक बालकको मृत्यु « Khabarhub

सर्पले डस्दा एक बालकको मृत्यु


१७ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

कैलाली– कैलालीमा सर्पले डसेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका– ९ वनदेवी टोल बस्ने माया विकको ५ वर्षीय छोरा अरुण रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार बालक विकलाई गए राति निजकै घरमा सुतिरहेको अवस्थामा सर्पले डस्दा घाइते भएको र उपचारको क्रममा राति १ः५० मा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।

त्यसै गरी गए राति नै सर्पले डसेर कैलालीको गोदावरी नगपालिका– ६ लालपुरका अन्दाजी ३३ वर्षीय सागर विष्ट घाइते भएका छन् ।

विष्टलाई निजकै किराना पसलको घर आँगनमा दाहिने खुट्टामा सर्पले डसी घाइते भई सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको छ । उनलाई कुन सर्पले डसेको हो भन्ने जानकारी नभएको र घाइते विष्टको अवस्था मध्यम रहेको जनाइएको छ ।

प्रकाशित मिति : १७ भाद्र २०८१, सोमबार  ३ : ४३ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु