समाचार

आजका समाचार : मन्त्रालय फुटाएपछि गण्डकी सरकारमा एमाले सहभागी, ओलीप्रति थप आक्रामक बालेन

By खबरहब

September 02, 2024

भारतीय रक्षा महाविद्यालयका शिक्षार्थीले भेटे प्रधानमन्त्री ओलीलाई

प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल अध्ययन भ्रमणमा रहेको भारतीय राष्ट्रिय रक्षा महाविद्यालय (एनडिसी) का शिक्षार्थीहरूको प्रतिनिधिमण्डलले सोमबार दिउँसो भेट गरेको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा ओलीले उक्त कलेजले रक्षा मामिलामा गर्दै आएको प्राज्ञिक योगदानको प्रशंसा गर्दै दक्षिण एसियाली राष्ट्रहरूको शान्ति र समृद्धिका लागि साझा प्रयास हुनुपर्नेमा जोड दिए ।

सञ्चारमन्त्री भन्छन्- प्रहरी प्रमुखको जिब्रो थुत्नुपर्छ भन्दा मलाई चर्को पर्‍यो, पाठ सिकेँ

सञ्चार तथा सूचना प्रविधिमन्त्री मन्त्री पृथ्वीसुब्बा गुरुङले प्रहरी प्रमुखको जिब्रो थुत्नुपर्ने भन्दै दिएको विवादास्पद अभिव्यक्तिबाट आफूले पाठ सिकेको बताएका छन् ।

प्रेस चौतारी नेपाल गण्डकीले पोखरामा गरेको पत्रकार सम्मेलनमा संघीय प्रहरी ऐन कार्यान्वयनमा प्रहरी प्रमुखले असहयोग गरेको आरोप लगाउँदै बोलेको उक्त कुराबाट आफूले सिकेको गुरुङले बताएका हुन् ।

सञ्चारमन्त्री भन्छन्- संघीय सरकारका अधिकारी तल अधिकार दिनै चाहँदैनन्

आईजीपीबारे विवादित भनाइपछि प्रधानमन्त्रीले सञ्चारमन्त्रीलाई सचेत गराए

नारायणगढ-बुटवल सडकको काम एक वर्षमा सक्ने गरी काम गर्छौँ : मन्त्री दाहाल

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नारायणगढ–बुटवल सडकको काम चाँडो सक्ने गरी सरकार अघि बढेको बताएका छन् । आज एक कार्यक्रममा उनले एक वर्षभित्र काम सम्पन्न गर्ने गरी सरकार अघि बढेको बताए ।

मन्त्री दाहालले एक वर्षभित्र काम सक्ने गरी निर्माण कम्पनीसँग सहमति भएकाले सोहीअनुसार काम हुने विश्वास व्यक्त गरे । ‘सडक निर्माणको काम सुरु भएको लामो समय भइसकेको छ तर प्रगति हेर्दा ५४/५५ प्रतिशत मात्र काम भएको पाइएको छ । हामीले एक वर्षको म्याद थपेका छौँ, अब सोही अवधिमा जसरी पनि काम सक्नुपर्छ’, उनले भने।

मन्त्रालय फुटाएपछि गण्डकी सरकारमा एमाले सहभागी, मनाङे र देवकोटा यथावत

गण्डकी प्रदेश सरकारमा नेकपा एमालेबाट चारजना सहभागी भएका छन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आइतबार दुईवटा मन्त्रालय फुटाएपछि सोमबार एमालेबाट चारजनाले मन्त्री पदको शपथ लिएका हुन् ।

गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टबाट सोमबार ती चार मन्त्रीलाई पद तथा गोपनीयताको शपथ दिलाएका हुन् ।

भौतिकबाट वनमा सरुवा गरिएपछि दीपक मनाङेले दिए राजीनामा

‘यो सरकार ०८४ सम्मै जान्छ, चुनावमा कांग्रेस र एमालेको प्रतिस्पर्धा हुन्छ’

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले वर्तमान सरकार ०८४ सम्मै जाने बताएका छन् ।

सोमबार राजधानीमा आयोजित ट्रेकिङ ऐजेन्सिज एशोशियसन अफ नेपाल (टान)को ४६ औं वार्षिक साधरणसभा समारोहलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले यसो भनेका हुन् ।

एकीकृत जाँचचौकी व्यवस्थित गर्न पहल गर्छु : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालगञ्ज एकीकृत जाँचचौकी (आईसीपी)लाई थप प्रभावकारी बनाउन आवश्यक पहल गर्ने बताएका छन् ।

माओवादी केन्द्रको लुम्बिनी प्रदेशस्तरीय आन्तरिक प्रशिक्षणका क्रममा नेपालगञ्जमा रहेका प्रचण्डले आज बिहान नेपालगञ्ज आईसीपीको स्थलगत अवलोकन गर्दै यसलाई प्रभावकारी बनाउन सबै लाग्नु पर्ने बताए । उनले गौरव गर्न लायक संरचना निर्माण भएको समेत बताए ।

वर्षमानको दाबी- वर्तमान सरकारका कारण जनता उकुसमुकुस भएका छन्

नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले आफ्नो दललाई सरकारमा जाने हतारो नभएको बताएका छन् ।

पार्टीनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको बाँके जिल्ला सम्मेलनलाई सोमबार नेपालगञ्जमा सम्बोधन गर्दै पुनले सदन र सडकबाट जनताको पक्षमा काम गर्न सरकारलाई खबरदारी गर्ने बताए ।

थप चारजना राजदूतको सुनुवाइ, कसले गरे कस्तो प्रतिबद्धता ?

संसदीय सुनुवाइ समितिले विभिन्न १७ देशका लागि प्रस्तावित राजदूतहरूमध्ये थप चार जनाको सुनुवाइ गरेको छ ।

सिंहदरबारमा सोमबार बसेको बैठकले इजरायल, मलेसिया, पाकिस्तान र पोर्चुगलका लागि नेपाली राजदूत प्रस्तावित राजदूतहरूको सुनुवाइ गरेको हो ।

इजरायलका लागि प्रस्तावित राजदूत पण्डितले सुनाए कार्ययोजना

सहकारी छानबिन विशेष समितिको म्याद थप गर्ने तयारी

सहकारी संस्थाहरूको बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको समय अवधि थप हुने भएको छ।

अध्ययन अनुसन्धान र सोधबुझको कार्यक्रम बाँकी रहेकाले समयावदी थप्नु परेको समितिको भनाइ छ। समितिका कार्यवधि यही २३ गते सकिँदैछ।

तारा एयरले भोलिदेखि पुनः पोखरा-जोमसोम उडान गर्ने

तारा एयरले पोखरा–जोमसोम गन्तव्यमा भोलिदेखि पुनः उडान सुरु गर्ने भएको छ ।

प्रतिकूल मौसमका कारण उडान बन्द भएको उक्त गन्तव्यमा नियमित उडान गर्न लागिएको कम्पनीले विज्ञप्तिमार्फत जनाएको छ ।

ओलीप्रति थप आक्रामक बालेन, भने : कार्यकर्तालाई सामान्य ज्ञान दिएर राजनीतिमा लगाउनू

काठमाडौं महानगरका मेयर बालेन शाहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्ना कार्यकर्ताहरूलाई सामान्य ज्ञान दिएर राजनीतिमा लगाउन सुझाव दिएका छन् ।

एमालेबाट प्रदेश सांसद बनेकी सांसद रेखा शर्माले नाबालिकालाई घरेलु हिंसा गरेको विषयमा बालेन र एमाले कार्यकर्ताबीच विवाद बढेपछि सोमबार बालेनले एक पोष्ट गर्दै प्रधानमन्त्री ओलीलाई सो सुझाव दिएका हुन् ।

बालेन्द्रलाई अनेरास्ववियुको चेतावनी- एमालेविरूद्ध भ्रम फैल्याउने काम बन्द गर्नू

अर्थसंक्षेप : १२७ अंकले बढ्यो नेप्से, आठ प्रतिशतले बढे विदेशी पर्यटक

गोकर्णेश्वरमा दिवङ्गत बाबुको सम्झना (तस्बिरहरू)

भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन् ।

सनातन धर्मावलम्बीले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्दछन् ।

अन्तर्राष्ट्रिय…

भारतले सिरियालाई दियो १४ सय किलो क्यान्सरविरुद्धको औषधि

भारतीय प्रधानमन्त्री मोदी भन्छन्- वार्ता र कूटनीतिका माध्यमबाट द्वन्द्वको समाधान हुनुपर्छ

अफगानिस्तानको तामा खानी उत्खनन गर्दै चिनियाँ कम्पनी

रुसद्वारा किएभमा ड्रोन, क्रुज र ब्यालेस्टिक मिसाइल आक्रमण

बङ्गलादेशमा बाढीबाट ५९ जनाको मृत्यु, झण्डै ५३ लाख प्रभावित

मणिपुरमा भारतीय विद्रोहीद्वारा घातक ड्रोन आक्रमण

खेलकुद…

इन्ट्रा कप अमेरिकी फुटबलमा सांग्रिला विजयी

अमेरिकामा सम्पन्न इन्ट्रा कप फुटबलको ३० वर्ष मुनिका युवातर्फको उपाधि सांग्रिला फुटबल क्लबले हात पारेको छ । सो क्लबले १५ हजार अमेरिकी डलर र १० तोला सुनको रनिंग कप जितेको छ ।

त्यसैगरी ४० बर्षमुनिका सिनियर युथसमूहबाट एफसी रिभाइभल, ४० बर्षमाथिका भेटान्सतर्फ कोलम्बस भेटान्स र महिलातर्फ नर्थ डकोटा साइनिंग स्टार विजयी भएका छन् । उनीहरूले क्रमशः, १० हजार, १० हजार र ८ हजार अमेरिकी डलर प्राप्त गरेका छन् । उत्तर अमेरिकी क्षेत्रमा बसोबास गर्ने नेपाली मूल वा नेपाली जातिका खेलाडीहरूका लागि मात्र यी खेलहरू आयोजना गरिएको थियो ।

एन्फा महिला लिग : बागमतीको विजय सुरुवात

श्रीलंकाविरुद्धको टेस्ट सिरिजमा इंग्ल्याण्डको लगातार दोस्रो जित