रोशीको बाढीले बगर बन्यो भूमेडाँडाको सुन्दर बस्ती (तस्बिरहरू) | Khabarhub Khabarhub

रोशीको बाढीले बगर बन्यो भूमेडाँडाको सुन्दर बस्ती (तस्बिरहरू)

अवैध दोहनले भएको थियो थिलथिलो


१६ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


759
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक- काठमाडौं नजिकका नदीहरूमा सबैभन्दा बढी दोहन गरिएको खोलो हो रोशी । सप्तकोशीको सहायकमध्ये एक यसले काभ्रेका कयौँ बस्ती खण्डहर बनाएर सुनकोशीमा मिसाएको छ।

बालुवा र रोडाखानी सञ्चालकहरूले रोशीको दायाँबायाँ गरेको अकल्पनीय विनाशको परिणाम शनिबारको बाढीबाट यहाँ सर्वसाधारणले ब्यहोर्नु परेको छ।

रोशीले सबैभन्दा विनाश पनौती नगरपालिकाको-१२ स्थित किनारमाको भूमेडाँडामा गरेको छ । शुक्रबार राति र शनिबारको बाढीले अहिले यो बस्ती खण्डहर बनेको छ ।

रोशीको तटीय क्षेत्रमा भएको अवैध उत्खननबाट निस्किएका रोडाढुंगा बाढीमा सोहोरिएर आउँदा ठूलो विनाश निम्तिएको हो । रोशी आसपासका डाँडालाई रोडा-बालुवा उत्खननका क्रममा गरिएको विनाशले पनौती क्षेत्रमा ठूलो क्षति भएको गुनासो स्थानीयको छ ।

भूमेडाँडाका अधिकांश घरहरू अहिले खण्डहर बनेका छन् । पक्की घरहरूलाई रोशीले बगरमै पल्टाइदिएको छ । यहँका हरियाली फाँटयुक्त बस्ती अहिले उराठ लाग्दा बगरमा परिणत भएका छन् ।

रोशीले बगर बनाएको यो बस्तीका बाँकी घर पनि बस्न नमिल्ने भएका छन् । बाढीले रोशी किनार र आसपासमा किसानले लगाएका धानसहितका अन्नबालीमा बालुवा र रोडाले पुरिदिएको छ ।

खोला छेउमा रहेका घर र स्कुल पनि अब बाँकी छैनन् । खोला दोहन गरेर बालुवा गिट्टी ओसार्न प्रयोग गरिएका टिप्परलाई पनि रोशीले बगाएको छ । कयौँ टिप्पर अहिले बगरमा बेवारिसे पल्टिएका छन् ।

यहाँका अधिकांश स्थानीयहरूले ज्यान त जोगाएका छन् तर रोशीले सर्वस्व बगाएर लगेको छ। यहाँका बासिन्दाको एकै चिन्ता छ, ‘अब कसरी उठ्ने ?’

विपद् निम्तिएको ६ दिन बितिसक्दा पनि देशमा रहेका तीनै तहका सरकारका कोही पनि प्रतिनिधि पीडा बुझ्न पुगेका छैनन् ।

गत साताको बिहीबारदेखिको अविरल वर्षाका कारण रोशी खोलामा आएको भिषण बाढीले पूरै गाउँ बगाएर लगेको छ । बडेमानका तीन तले, चार तले घर पनि अहिले बगरमा उत्तानो परेका छन् ।

रोशी खोलाको बाढीले पनौती बजारसम्म असर गरेको छ । पनौती नगरपालिकाका अनुसार हालसम्म नगर क्षेत्रभित्र २० जनाले बाढीबाट ज्यान गुमाएका छन् ।

अहिले त्यहाँ हजारभन्दा धेरै घर बाढी र पहिरोले क्षतिग्रस्त भएका छन् । कति सम्पत्ति क्षति भयो भन्ने आँकडा एकीन गर्न नसकिएको नगरपालिकाले जनाएको छ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १६ आश्विन २०८१, बुधबार  १२ : ५५ बजे

भिजिट भिसा प्रकरणमा हामीले ल्याएको प्रस्तावबाट रास्वपा पछि हट्यो : सचेतक घिमिरे

काठमाडौं– नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले भिजिट भिसा प्रकरणमा

भारतमा कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु, मृतकको संख्या ९७ पुग्यो 

काठमाडौं– भारतमा कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ

गण्डकीको बजेट : जलवायु संकटको सन्देश दिन माछापुच्छ्रे संवाद 

पोखरा– गण्डकी प्रदेश सरकारले संकटको सन्देश दिन माछापुच्छ्रे संवाद गर्ने

सासु भत्तामा किर्ते : नरैनापुरका पूर्वअध्यक्षसहित १७ विरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँकेको साविक नरैनापुर गाविसका

‘स्वच्छ, सुखी र समुन्नत प्रदेश’को नारामा ल्याएको कोशीको बजेटमा के छ ? (पूर्णपाठसहित)

काठमाडौं– कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि ‘स्वच्छ, सुखी