निर्धारित समयमा सडक नबन्दा स्थानीयलाई सास्ती | Khabarhub Khabarhub

निर्धारित समयमा सडक नबन्दा स्थानीयलाई सास्ती


१६ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– बाँकेको हुलाकी राजमार्गअन्तर्गत कम्दीस्थित राप्ती नदी नजिकको सडक निर्धारित समयमा निर्माण नहुँदा स्थानीयलाई आवतजावत गर्न कठिनाइ भएको छ । 

कम्दी मिलनचोकदेखि राप्ती पुलसम्मको करिब एक किलोमिटर सडक जीर्ण भएकाले आवतजावत गर्न अप्ठेरो भएको स्थानीय बताउँछन् । सडक समयमा नबनेका कारण स्थानीयले सास्ती खेप्नुपरेको कम्दीका भोला गुप्ता बताए। 

ठेक्का लिएको कम्पनीले सडक निर्धारित समयमा निर्माण नगर्दा वर्षाको समयमा सबैभन्दा बढी सास्ती झेल्नुपरेको उल्लेख गर्दै उनले सडक निर्माणको काम समयमा नहुँदा त्यस आसपासका स्थानीय बासिन्दा बढी प्रभावित भएको बताए । 

‘वर्षाको समयमा आवतजावत गर्न निकै कठिन भएको छ’, उनले भने । हुलाकी राजमार्गअन्तर्गत मिलन चोकदेखि राप्ती पुलसम्मको सो सडक निर्माणका लागि विगत लामो समयदेखि स्थानीय र जनप्रतिनिधिले माग गर्दै आएका थिए । 

नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले सडक जीर्ण भएका कारण सवारी साधन आवतजावत गर्न अप्ठेरो भएको र दुर्घटनाको जोखिम भएको उल्लेख गर्दै सात दिनभित्र सो सडक निर्माण नगरे हुलाकी सडकमा नै अनशन बस्ने चेतावनी दिएका छन् । उनले शीघ्र सडक निर्माणका लागि पटकपटक गरिएको आग्रहको बेवास्ता भएको जनाउँदै सात दिनभित्र सडक निर्माणको काम पूरा गर्न अनुरोध गरे। 

‘जीर्ण सडकको अवस्थाका कारण गाउँबाट अस्पताल उपचारमा गइरहेकी गर्भवतीलाई चोट लागेको छ’, उनले भने । 

हुलाकी राजमार्ग निर्देशनालय नेपालगञ्जका प्रमुख लीला भण्डारीले उक्त सडकलाई ग्राभेल गरी यात्रुलाई ओहोरदोहोर गर्न सहज बनाउनका लागि काम भइरहेको जानकारी दिए।

सडक डिभिजन कार्यालयका प्रमुख नरेन्द्र भट्टले राप्ती पुलको छेउमा हुलाकी सडक जीर्ण बनेपछि स्थानीयले सास्ती खेप्नुपरेको स्वीकार गर्दै राप्ती नदीको पूर्वी खण्डमा पर्ने निर्माणाधीन पुलको निर्माणका लागि ठेक्का पाएको लुम्बिनी–रौताहा वन्दना भगवती जेभी कन्स्ट्रक्सन प्रालिको ढिलासुस्तीका कारण सडक निर्माण हुन नसकेको जानकारी दिए। 

हुलाकी राजमार्ग निर्देशनालयसँग समन्वय गरी तीन दिनभित्र सो सडकको निर्माण गरिने उनको भनाइ छ । सो सडकबाट राप्तीसोनारी, नरैनापुर र डुडुवा गाउँपालिकाका स्थानीय आवतजावत गर्ने गर्छन् । 

प्रकाशित मिति : १६ आश्विन २०८१, बुधबार  १२ : ५३ बजे

बाढी पहिरोपछि सङ्क्रमण फैलन नदिन सर्वपक्षीय बैठक, सतर्कता अपनाउन आग्रह

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले बाढी पहिरो जस्ता

जुम्लाबाट पाँच हजार आठ सय मेट्रिकटन स्याउ निर्यात

जुम्ला– जुम्लाबाट चालु आर्थिक वर्षमा पाँच हजार आठ सय ६२

बाढीपहिरोबाट भएको क्षतिप्रति साउदी राजपरिवारद्वारा दुःख व्यक्त

काठमाडौ‌ं– साउदी अरेबियाका राजा सल्मान तथा प्रधानमन्त्रीसमेत रहेका साउदी राजकुमार

‘बेहुली फ्रम मेघौली’लाई इतिहासकै उच्च शो

काठमाडौं – फिल्म ‘बेहुली फ्रम मेघौली’ले हालसम्मकै उच्च शोसहित प्रदर्शन

अफगानिस्तानमा बाढीका कारण १३ जनाको मृत्यु , १६ घाइते

काबुल– अफगानिस्तानमा भारी वर्षाले नित्याएको आकस्मिक बाढीका कारण कम्तीमा १३